नेभिगेशन
समाज

काठमाडौँ सहित बुटवल, भैरहवा र इटहरीमा कफ्यु

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय रुपन्देहीले यहाँको भैरहवा र बुटवलमा निषेधाज्ञा आदेश जारी गरेको छ । आज अपराह्न ४ः०० बजेदेखि रातिको १०ः०० बजेसम्म निषेधाज्ञा जारी गरिएको हो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

जेनजीहरूको प्रदर्शन उग्र बन्दै गएपछि भैरहवाको पूर्वमा रोहिणी खोला पुल, पश्चिममा बेथरी पुल, उत्तरमा बुद्धचोक र दक्षिणमा मेउडिहवासम्म निषेधाज्ञा लगाइएको प्रमुख जिल्ला अधिकारी टोकराज पाण्डेद्वारा जारी आदेशमा उल्लेख छ । 

Ncell
Extreme Energy

यसैगरी बुटवलमा पूर्वतर्फ पेट्रोलपम्प धागो कारखाना, पश्चिममा बेलबास चोक, उत्तरमा चिडिया खोला र दक्षिणमा मङ्गलापुर तथा बुटवल भैरहवा सडकको दाँयाबाँया १०० मिटरसम्म निषेधाज्ञा लगाइएको आदेशमा उल्लेख छ । 

उल्लेखित निषेधाज्ञा लगाइएको क्षेत्रमा कुनै पनि प्रकारको आवातजावत, भेला, जुलुस प्रदर्शन, बैठक, घेराउ गर्न प्रतिबन्ध लगाइएको छ ।

जिल्ला प्रशासन कार्यालय सुनसरीले आज अर्को सूचना जारी नहुञ्जेलसम्मका लागि इटहरी उपमहानगरपालिकामा निषेधाज्ञा (कफ्र्यु) आदेश जारी गरेको छ ।  

स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम कफ्र्यु आदेश जारी गरिएको  सुनसरीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले जानकारी दिए । 

उत्तरतर्फ इटहरीस्थित नेपाली सेनाको ब्यारेकदेखि पारुहाङ चोकसम्म, पूर्वमा मिलन चोकदेखि जुट विकाससम्म, दक्षिणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय,  यातायात व्यवस्था कार्यालय, साथी पेट्रोलपम्प र पुष्पलाल चोक हुँदै बसपार्क क्षेत्रसम्म र पश्चिमतर्फ कलङ्की मोडदेखि जनताबस्तीसम्मका क्षेत्रमा निषेधाज्ञा आदेश जारी गरिएको जिल्ला प्रशासन कार्यालयले स्पष्ट गरेको छ । 

कफ्र्यु जारी गरिएका क्षेत्रमा कुनै पनि किसिमका सभा, जुलुस, भेला, बैठक, प्रदर्शन, घेराउ गर्न नपाइने कानुनी व्यवस्था छ । इटहरी उपमहानगरपालिकामा भ्रष्टाचार भएको भन्दै नाराबाजीसहित प्रदर्शनमा उत्रिएका जेन–जी पुस्ता र प्रहरीबीच यसअघि झडप भएको थियो । 

प्रदर्शनले उग्ररुप लिन थालेपछि स्थिति नियन्त्रण लिनका लागि प्रहरीले हवाइफायर र अश्रुग्यास प्रहार गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीका सहायक प्रवक्ता तथा प्रहरी निरीक्षक दिनेश अधिकारीले जानकारी दिए ।  
 
झडपमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका छ जना र प्रदर्शनकारीतर्फ केही व्यक्ति घाइते भएको सहायक प्रवक्ता अधिकारीले जानकारी दिए । भ्रष्टाचारविरुद्ध नाराबाजी गर्दै बिहान ११ः०० बजेदेखि यहाँ सुरु भएको प्रदर्शन अनियन्त्रित भएपछि बाध्य भई केही संवेदनशील क्षेत्रमा कफ्र्यु आदेश जारी गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
मानव अधिकार आयोगको प्रतिवेदनमा रवि लामिछानेलाई छैन कारवाही सिफारिस

मानव अधिकार आयोगको प्रतिवेदनमा रवि लामिछानेलाई छैन कारवाही सिफारिस

साथै जिम्मेवार राजनीतिक व्यक्तिलाइ समेत मानव अधिकार परिपालनमा जिम्मेवार बनाउनु पर्दछ र बन्नु पर्दछ भन्ने अवधारण बमोजिम कारगार र बाल सुधार गृहमा रहेका कैदीबन्दी तथा बालबिझ्याइकर्तालाई कारागार बाहिर...
सार्वजनिक संस्थान : २७ नाफा र १६ घाटामा सञ्चालित, २ बन्द

सार्वजनिक संस्थान : २७ नाफा र १६ घाटामा सञ्चालित, २ बन्द

आर्थिक वर्ष २०८१/८२ मा सार्वजनिक संस्थानहरूको कुल सम्पत्ति नौ दशमलव ४९ प्रतिशतले वृद्धि भई रु ३२ खर्ब ६ अर्ब ९१ करोड पुगेको प्रतिवेदनमा उल्लेख छ । अघिल्लो वर्षको...
देउवा दम्पतीविरुद्धको पक्राउ पुर्जी खारेजीले उठायो सरकारमाथि प्रश्न

देउवा दम्पतीविरुद्धको पक्राउ पुर्जी खारेजीले उठायो सरकारमाथि प्रश्न

हाल विदेशमा रहेका देउवाले आफूलाई प्रहरीले पक्राउ गर्न खोजेको भन्दै सर्वोच्चमा रिट दिएका थिए । सर्वोच्चले रिट जारी गर्यो, सँगै सरकारले प्रक्रिया नै पूरा नगरेको समेत बतायो ।
नासाको चन्द्र आधार योजना अघि बढ्यो

नासाको चन्द्र आधार योजना अघि बढ्यो

अमेरिकी अन्तरिक्ष एजेन्सीले मङ्गलबार सार्वजनिक गरेको योजनाअनुसार चन्द्र आधार विकासको प्रारम्भिक चरणमा चन्द्र सतहमा ल्यान्डर, रोभर र ड्रोन जस्ता उपकरणहरू पठाइनेछ, जसले भविष्यको मानव बसोबास र अनुसन्धानका लागि...