नेभिगेशन
समाज

‘प्रदर्शनकारीमाथि अत्यधिक बल प्रयोग गर्ने कार्य बन्द गर, पछिल्लो पुस्ताको आवाजप्रति गम्भीर बन’: मानव अधिकार आयोग

काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले प्रदर्शनकारीमाथि अत्यधिक बल प्रयोग गर्ने कार्य बन्द गर्न निर्देशन दिएको छ । आयोगले पछिल्लो पुस्ताको आवाजप्रति गम्भीर बन्न पनि आग्रह गरेको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

आयोगले विज्ञप्ती जारी गर्दै देशका विभिन्न शहरहरुमा आयोजना भएको प्रदर्शन र सो क्रममा हुनसक्ने मानव अधिकार उल्लंघनको जोखिमप्रति आयोगको गम्भीर ध्यानाकर्षण भई प्रदर्शनको आयोगले अनुगमन टोलीहरु गठन गरी अनुगमन गरेको जनाएको छ । अनुगमनका क्रममा हिँडेको आयोगको सवारी साधन र अनुगमन टोलीमाथि समेत हिंसात्मक आक्रमण भएको छ ।

Extreme Energy
Everest cinsult

आयोगले यस प्रकारका प्रदर्शनहरु तोडफोड र आगजनीमा बदलिनु र सुरक्षा निकायले अत्यधिक बल प्रयोग गर्नु दुःखद भएको जनाएको छ । 

यस्तो छ आयोगले जारी गरेको विज्ञप्तीको व्यहोरा:

नेपाल सरकारले फेसबुक, ट्वीटर, युट्युुबलगायतका सामाजिक सञ्जालहरुमाथि लगाएको प्रतिबन्ध र भ्रष्टाचार विरुद्ध जेनजी नामक समूहको आह्वानमा आज काठमाडौँ लगायत देशका विभिन्न शहरहरुमा आयोजना भएको प्रदर्शन र सो क्रममा हुनसक्ने मानव अधिकार उल्लंघनको जोखिमप्रति आयोगको गम्भीर ध्यानाकर्षण भई प्रदर्शनको आयोगले अनुगमन टोलीहरु गठन गरी अनुगमन गरेको छ । अनुगमनका क्रममा हिँडेको आयोगको सवारी साधन र अनुगमन टोलीमाथि समेत हिंसात्मक आक्रमण भएको छ ।

काठमाडौँ, पोखरा, बुटवल, चितवन, बिराटनगर, रौतहट, सुनसरी, झापा, दाङलगायतका देशका विभिन्न शहरहरुमा प्रदर्शन भएको आयोगको जानकारीमा आएको छ । काठमाडौँको माइतीघरबाट शुरु भई बबरमहल हुँदै वानेश्वर पुगेका प्रदर्शनकारीहरु संसदभवन प्रवेश गर्न खोजेको भन्दै प्रहरीले लाठीचार्ज, पानीको फोहोरा, अश्रुग्याँस र गोली प्रहार गरेको अनुगमनको क्रममा पाइएको छ । प्रहरीको गोली लागी दर्जनभन्दा बढी व्यक्तिको मृत्यु भएको र दर्जनौँ व्यक्तिहरु घाइते भएको जानकारी प्राप्त भएको छ । आयोग मृतकहरुप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरुको निःशुल्क उपचार र शीघ्र स्वास्थ्य लाभको कामना गर्दछ । 
नेपालको संविधान र अन्तर्राष्ट्रिय मानव अधिकार कानून बमोजिम कुनै पनि व्यक्ति वा समूहलाई संयमित रुपमा आफ्ना विमति राख्ने अधिकार छ । लोकतान्त्रिक सरकारले नागरिकका उचित आवाजहरुलाई समयमै पहिचान गरी त्यसप्रकारका विमतिका आवाजहरुको समयमै यथोचित संवोधन गर्नुपर्दछ । यस प्रकारका प्रदर्शनहरु तोडफोड र आगजनीमा बदलिनु र सुरक्षा निकायले अत्यधिक बल प्रयोग गर्नु दुःखद छ ।

अतः यस प्रकारका प्रदर्शनपूर्व नै उच्च सुरक्षा व्यवस्था तयार गरी थप क्षति हुन नदिन, प्रदर्शनमा अत्यधिक बल प्रयोग नगर्न, पछिल्लो पुस्ताले उठाएका आवाजहरुको यथोचित रुपमा समयमै संवोधन गर्न, मृतकका परिवारलाई तत्काल राहत र क्षतिपूर्ति उपलब्ध गराउन, घाइतेहरुको निशुल्क उपचार गर्न, घटनाको निष्पक्ष, विश्वसनीय र सूक्ष्म अनुसन्धान गरी घटनाका दोषीलाई कडा कारवाही गर्न आयोग नेपाल सरकारलाई निर्देशन गर्दछ । साथै, आफ्ना प्रदर्शनलाई शान्तिपूर्ण, मर्यादित र संयमित बनाउने जिम्मेवारी प्रदर्शनरत पक्षको समेत हुने कुरा मनन गर्न आयोग प्रदर्शनरत पक्षलाई समेत अनुरोध गर्दछ ।

डा. टीकाराम पोखरेल
सहसचिव/प्रवक्ता

manab-adhikar-aayog-1757331889.jpg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
रिहाइपछि ओलीले भने, ‘मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः आफू रिहा भए’

रिहाइपछि ओलीले भने, ‘मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः आफू रिहा भए’

मेरो रिहाइका लागि आवाज उठाउनुहुने सम्पूर्ण न्यायप्रेमी दिदीबहिनी तथा दाजुभाइहरू, कानुनी लडाइँमा अहोरात्र साथ दिनुहुने कानुन व्यवसायी मित्रहरू, न्यायकर्मीहरु, न्यायको पक्षमा वकालत गर्ने विभिन्न राजनीतिक दल, नेताहरू र...
हाजिरी जमानीमा छुटेका एमाले अध्यक्ष ओली केही दिन अस्पतालमै रहने

हाजिरी जमानीमा छुटेका एमाले अध्यक्ष ओली केही दिन अस्पतालमै रहने

जेनजी आन्दोलन घटनाको छानबिन गर्न गठित उच्चस्तरीय आयोगको प्रतिवेदनका आधारमा अनुसन्धानका क्रममा प्रहरी हिरासतमा रहेका ओली बिहीबार रिहा भएका हुन्।
१४ दिनमै किन कारबाहीमा परे श्रममन्त्री साह ?

१४ दिनमै किन कारबाहीमा परे श्रममन्त्री साह ?

रास्वपाका अनुशासन विभागले मन्त्री साहले आचारणविपरीत काम गरेको प्रमाण प्राप्त भएको भन्दै पदबाट फिर्ता गराउन प्रधानमन्त्री बालेन शाहलाई सिफारिस गरेको थियो ।
उपसभामुखमा श्रम संस्कृति पार्टीकातर्फबाट रुबी कुमारीको उम्मेदवारी दर्ता(तस्बिरहरु)

उपसभामुखमा श्रम संस्कृति पार्टीकातर्फबाट रुबी कुमारीको उम्मेदवारी दर्ता(तस्बिरहरु)

उपसभामुखमा श्रम संस्कृतिबाट रुवि कुमारी ठाकुरले उम्मेदवारी दर्ता गरेकी छन् । रुविको समर्थकमा रास्वपाका सांसद अशोक चौधरी छन् ।

भर्खरै