नेभिगेशन
सबै कुरा

२३ पालिकाले बुझाएनन् बजेट विवरण, विवरण नबुझाउनेमा मधेश प्रदेशका मात्रै २१ पालिका

काठमाडौँ । चालु आर्थिक वर्ष २०८०/८१ को चार महिना बितिसक्दा पनि २३ पालिकाले वार्षिक बजेट ल्याएको विवरण पेस गर्न सकेका छैनन् । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ७१ अनुसार गाउँसभा तथा नगरसभामा पेस भएको बजेट असार मसान्तसभित्रमा पारित गरिसक्नुपर्ने हुन्छ ।

यसरी गाउँसभा तथा नगरसभामा पेस भएको तथा पारित भएको विवरण सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको पोर्टलमा अद्यावधिक गराउनुपर्ने हुन्छ । तर हालसम्म मधेश प्रदेशका २१ सहित २३ पालिकाले वार्षिक बजेट ल्याएको विवरण मन्त्रालयलाई बुझाएका छैनन् ।

Dish Home
Global Ime Bank

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तयार पारेको ‘स्थानीय तहको आर्थिक वर्ष २०८०/८१ को बजेट अपडेट’ विवरणअनुसार हालसम्म सात सय ३० पालिकाले मात्रै आफ्नो वार्षिक बजेट ल्याएको विवरण बुझाएका छन् । मन्त्रालयको विवरणअनुसार सबैभन्दा धेरै मधेश प्रदेशमा २१ पालिकाले बजेट ल्याएको विवरण बुझाएका छैनन् । त्यस्तै, कोशी प्रदेशको एउटा र बागमती प्रदेशको एउटा पालिकाले यस्तो जानकारी मन्त्रालयलाई गराएका छैनन् ।

बजेटको विवरण प्रविष्ट नगरेका पालिकालाई त्यस्तो विवरण बुझाउन मन्त्रालयले पटक–पटक परिपत्रसमेत गरेको छ । सङ्घीय मामिला मन्त्रालयले पहिलो पटक गत असार ३० गतै सबै पालिका तथा जिल्ला समन्वय समितिलाई पत्र पठाउँदै चालु आर्थिक वर्ष २०८०/८१ को बजेट पेस भई सम्बन्धित नगरसभा तथा गाउँसभाबाट स्वीकृत भएको विवरण अद्यावधिक गर्न भनेको थियो । केही पालिकाले बजेट पारित गरिसकेर पनि विवरण बुझाउन बाँकी रहेको, केही पालिकामा बजेट पेस भएको तर गाउँसभा तथा नगरसभाबाट पारित हुन नसकेकोलगायत कारण हालसम्म सबै पालिकाको विवरण अद्यावधिक हुन सकेको छैन ।

चितवनको राप्ती नगरपालिका प्रमुख प्रशासकीय अधिकृत निलमकुमार न्यौपानेले नगरसभाबाट बजेट पारित भइसकेको तर बजेट स्वीकृत भएको विवरण मन्त्रालयको पोर्टलमा प्रविष्ट हुन नसकेको बताए । त्यस्तै तेह्रथुमको आठराई गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत नीराज शर्माले बजेट ल्याइसकेको भए पनि मन्त्रालयको वेभसाइटमा विवरण प्रविष्ट नभएको बताए । 

मन्त्रालयको विवरणअनुसार हालसम्म सप्तरीको कञ्चनरुप नगरपालिका, छिन्नमस्ता गाउँपालिका, महादेवा गाउँपालिका, रुपनी गाउँपालिका, औरही गाउँपालिका र भगवानपुर गाउँपालिकाले आफ्नो वार्षिक बजेट पेस गरेको विवरण बुझाएका छैनन् । धनुषाको औरही गाउँपालिका, कमला नगरपालिका, सर्लाहीको बलरा नगरपालिका, हरिपुर्वा नगरपालिका, चन्द्रनगर गाउँपालिका, रौतहटको गरुडा नगरपालिका, कटहरिया नगरपालिका, गढीमाई नगरपालिका, फतुवा विजयपुर नगरपालिका, माधवनारायण नगरपालिका र मौलापुर नगरपालिका, यमुनामाई गाउँपालिकाको बजेट पेस गरेको विवरण मन्त्रालयको पोर्टलमा देखिँदैन । बाराको सिम्रौनगढ नगरपालिका, आदर्श कोतवाल गाउँपालिका र पर्साको सखुवा प्रसौनी गाउँपालिले पनि बजेट पेस गरेको विवरण बुझाउन सकेका छैनन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
सरकारको कार्यशैली प्रति कांग्रेसकै सांसदहरु असन्तुष्ट, खोजे संयुक्त सरकारमा कांग्रेसको पोजिसन

सरकारको कार्यशैली प्रति कांग्रेसकै सांसदहरु असन्तुष्ट, खोजे संयुक्त सरकारमा कांग्रेसको पोजिसन

संयुक्त सरकारमा कांग्रेसको पोजिसनका बिषयमा पनि सांसदहरुले कुरा राखेको उनले बताए ।
रेमिट्यान्सका नाममा अवैध पैसा भित्रिएको कारण गभर्नर नियुक्तिमा चलखेल भएको हुनसक्ने शेखर कोइरालाको आशंका

रेमिट्यान्सका नाममा अवैध पैसा भित्रिएको कारण गभर्नर नियुक्तिमा चलखेल भएको हुनसक्ने शेखर कोइरालाको आशंका

उनले पैसाको लेनदेन गर्ने व्यक्ति जेल जाने र पैसा लिने प्रदेशको सांसदले उन्मुक्ति पाउनु दण्डहिनताको पराकाष्ट भएको बताए ।
बिचार मिल्नेहरुसंग सहकार्य गर्ने र सम्भव भए पार्टी एकता गर्ने माधव नेपालको अभिव्यक्ति

बिचार मिल्नेहरुसंग सहकार्य गर्ने र सम्भव भए पार्टी एकता गर्ने माधव नेपालको अभिव्यक्ति

३२ औँ मदन–आश्रित स्मृति दिवसको सन्दर्भमा शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा अध्यक्ष नेपालले दुई नेताको मृत्युका बिषयमा बिभिन्न चर्चा हुने गरेको भन्दै त्यसलाई उजागर गर्न सरकारको ध्यानाकर्षण गराएका हुन्...
गृहमन्त्री लेखक र पर्यटनमन्त्री पाण्डेद्वारा सगरमाथा आधार शिविरको भ्रमण

गृहमन्त्री लेखक र पर्यटनमन्त्री पाण्डेद्वारा सगरमाथा आधार शिविरको भ्रमण

पर्यटकीय यामका सन्दर्भमा आरोहीहरुको अवस्थाबारे प्रत्यक्ष जानकारी लिन र शान्ति सुरक्षासम्बन्धी अवस्था अवलोकन गर्न आज उनीहरु खुम्बु पासाङल्हामु गाउँपालिका–४ स्थित सगरमाथा आधार शिविर पुगेका हुन् । दुवै मन्त्रीलाई...

भर्खरै