नेभिगेशन
मुख्य समाचार

ललितपुरका केही स्थानमा सभा, जुलस, धर्ना गर्न निषेध

काठमाडौँ । ललितपुर जिल्ला प्रशासन कार्यालयले आज साँझ ६ः०० बजेदेखि लागू हुनेगरी केही स्थानमा सभा, जुलुस, धर्ना गर्न निषेध गरेको छ । 

जिल्ला प्रशासन कार्यालय एक सूचना जारी गर्दै विभिन्न समूह र पक्षहरूबाट आआफ्ना माग राखी उपत्यका क्षेत्रमा प्रदर्शन भएको र सो क्रममा हिंसात्मक गतिविधिलगायत हुलदङ्गा वा अशान्ति हुनसक्ने र सार्वजनिक शान्ति सुरक्षामा असर पर्न सक्ने भएको उल्लेख गर्दै विभिन्न स्थानमा सभा, जुलुस, धर्ना गर्न निषेध गरेको हो । 

कार्यालयले पुलचोकस्थित युएन हाउस र न्यायाधीश निवासको २०० मिटर क्षेत्र पूर्वतर्फ इरानमोड जाने मूलबाटो, पश्चिम राष्ट्रिय किताबखाना (निजामती), उत्तरतर्फ आन्तरिक राजस्व कार्यालय र दक्षिणतर्फ राष्ट्रिय मानवअधिकार आयोग, राष्ट्रिय सहकारी विकास बोर्डको चौहद्धीभित्र, भैँसेपाटीस्थित नयाँ मन्त्री निवास क्षेत्र, पूर्वमा भैँसेपार्टीबाट बुङमती जाने सडक, पश्चिमतर्फ सिजी हाउजिङ, उत्तरतर्फ भैँसेपाटी आवास गेट र दक्षिणतर्फ इटनी जाने ओरालो सीमा कायम गरी सोभित्र र सानेपास्थित नेपाली कांग्रेस पार्टीको केन्द्रीय कार्यालय क्षेत्र पूर्वमा सानेपा चोकबाट इन्द्रायणी मन्दिर पक्की सडक०को क्षेत्रमा अर्को आदेश नभएसम्मका लागि उल्लेखित कार्य गर्न निषेध गरेको हो ।

“आज साँझ ६ः०० बजेदेखि लागू हुनेगरी अर्को सूचना नभएसम्मका लागि सर्वसाधारण र सवारीसाधन आवतजावतबाहेक कुनै पनि किसिमको सभा, जुलुस, भेला, धर्नाजस्ता कार्यहरू गर्न निषेध गरिएको छ, यो आदेश उल्लङ्घन गर्नेलाई प्रचलित कानुनबमोजिम कारबाही हुनेछ”, जारी सूचनामा भनिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
काठमाडौँमा एमालेको जनप्रदर्शन (तस्बिरहरु)

काठमाडौँमा एमालेको जनप्रदर्शन (तस्बिरहरु)

नेकपा (एमाले) बागमती प्रदेश कमिटीले प्रतिनिधिसभाको पुनर्स्थापना र गणतन्त्रको रक्षाको लागि प्रतिगमन बिरुद्ध आज जनप्रदर्शन गरेको छ। सो र्याली भृकुटीमण्डपबाट सुरू भई भद्रकाली, सुन्धारा, रत्नपार्क हुँदै पुनः भृकुटीमण्डप...
मुग्लिन–पोखरा सडक दैनिक चार घण्टा बन्द गरेर  विजयपुरमा ‘ग्रीडर लन्चिङ’

मुग्लिन–पोखरा सडक दैनिक चार घण्टा बन्द गरेर  विजयपुरमा ‘ग्रीडर लन्चिङ’

मुग्लिन–पोखरा सडक योजना पश्चिम खण्डले विहान ०६ बजेदेखि ८ बजेसम्म र दिउसो १२ बजेदेखी २ बजेसम्म सडक बन्द हुने जनाएको छ ।
घरको ताला फोरेर सुनका गहना चोरी गर्ने पक्राउ

घरको ताला फोरेर सुनका गहना चोरी गर्ने पक्राउ

प्रहरी वृत्त बानेश्वरको प्रहरी टोलीले काठमाडौँ महानगरपालिका–३१ मध्ये बानेश्वरस्थित एक घरको कोठाको ताला फोरेर सुनका गरगहनासहित सामान चोरी गर्ने सिन्धुपाल्चोक घर भएका २० वर्षीय सागर विश्वकर्मालाई पक्राउ गरी...
मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु, दुई जना गम्भीर घाइते

मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु, दुई जना गम्भीर घाइते

गए राति १०ः०० बजेको समयमा डण्डाबाट कावासोतीतर्फ जाँदै गरेको ना४३प ३४३६ नंको  मोटरसाइकललाई नम्बर नखुलेको सवारीसाधनले ठक्कर दिँदा तीन जना गम्भीर घाइते भएकोमा एक जनाको उपचारको क्रममा मृत्यु...