नेभिगेशन
मुख्य समाचार

कारगारबाट रवि लामिछानेको सन्देशः Gen z सहितको अन्तरिम नागरिक सरकार गठन होस्

यी आततायीहरुलाई अब कुनै माफी दिन सकिँदैन, न अब बाँकी एक मिनेट पनि यिनलाई सत्तामा झेल्न सकिन्छ ।

काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले कुशासन र भ्रष्टाचारका नाइकेहरुले १९ भन्दा बढी कलिला विद्यार्थीको रगत पिए र सयौँलाई घाइते बनाएको भन्दै अब उनीहरुलाई कुनै माफी दिन नसकिने बताएका छन् । उनले न अब बाँकी एक मिनेट पनि यिनलाई सत्तामा झेल्न नसकिने बताएका छन् । 

जेनजी आन्दालन चर्किएपछि माथिको आदेश भन्दै उनीसँग कबसैलाई पनि भेट्न दिइएको थिएन । यसअघि नै तय भएका भेटघाट पनि रोकिएको उनको सचवालयले जनाएको छ । उनले सन्देशमा ४ ओटा बुँदामा समाधान सुझाएका छन् । 
यस्ता छन् उनले सुझाएका ४ बुँदाहरुः 

१) सकेसम्म छिटो Gen z सहितको अन्तरिम नागरिक सरकार गठन होस् । 
२) ०४६ सालपछिका सबै नीतिगत निर्णयको समीक्षा होस् । त्यसयताका सबै उच्चपदस्थ र तीनका परिवारको सम्पत्तिको छानबिन गर्ने गरी आयोग गठन  होस् । 
३) आगामी संसदबाट अनुमोदन हुने गरी संविधान संशोधन, परिमार्जन वा पुर्नलेखन लागि विज्ञहरुको उच्चस्तरीय समिति बनोस् । 
४) आजको हत्याकाण्डको छानबिनका लागि न्यायिक आयोग बनोस् र त्यसले प्रधानमन्त्रीदेखि गृहमन्त्रीसम्मका अपराधहरुको अनुसन्धान गरोस् ।

उनले लेखेका छन्, ‘देश आन्दोलन होइन, क्रान्तिमा प्रवेश गर्दैछ भनेर हामीले शान्तिपूर्ण रुपमा उपस्थिति जनाएका थियौँ। यिनले सुनेनन् , टेरेनन् बरु उल्टो नागरिक आवाज बन्द गर्नतिर लागे । अझै पनि  क्रान्तिलाई संयमित र शान्तिपूर्ण बनाउन सकिन्छ र म सबैलाई संयमित हुन हार्दिक अपिल गर्दछु । यो क्रान्ति केवल यी आततायीहरुलाई दण्डित गर्न मात्र होइन, देश बदल्ने तहमा पुग्नुपर्छ । नत्र Gen z को बलिदान खेर जानेछ । मेरो हातमा हत्कडी लागे पनि तपाईँहरुका हातले यिनका हातबाट तस्करले दिएको घडी खोस्नुहोला । यिनले जोगाएका आफ्ना पार्टीका अपराधीहरू र यिनले बन्द गरेका फाइलहरूको धुलो टक्टक्याउनु होला। गृह मन्त्रालयको एउटा दराजमा मैले अनुसन्धान गर्ने भनी संसदमा प्रण गरेको २५ वटा काण्डको लिस्ट छ। खोज्नु होला, खोस्नु होला। नबिर्सनु होला, ममाथि लागेका सबै मुद्दाहरु रमेश लेखक गृहमन्त्री भएपछि मात्रका हुन् ।’ 

उनले उल्लेखित मागहरू पूरा नभए संसदबाट राजीनामा दिन पर्ने हुनसक्छ भन्दै तयार रहन रास्वपा सांसदहरुलाई आग्रह गरेका छन् । 

02d5f056-6592-40cc-a90f-b439b04f5029-1757350397.jpg
 

3410bdeb-505f-4d61-8595-76247c8c6dd0-1757350397.jpg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
ठगी आरोपमा नेपाल ट्रष्टका पूर्वसहसचिव पक्राउ

ठगी आरोपमा नेपाल ट्रष्टका पूर्वसहसचिव पक्राउ

नेपाल ट्रष्टका नाममा दर्ता कायम रहेको काठमाडौँको जग्गा बद्नीयत राखेर हानिनोक्सानी हुनेगरी भाडा सम्झौता दिएको पाइएपछि उक्त घटनाको अनुसन्धानका लागि कार्कीलाई पक्राउ गरिएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)का...
हङकङ इन्टरनेशनल सिक्सेसः नेपालद्वारा भारत ९२ रनले पराजित

हङकङ इन्टरनेशनल सिक्सेसः नेपालद्वारा भारत ९२ रनले पराजित

जितका लागि नेपालले दिएको १३८ रनको लक्ष्य पछ्याएको भारत तीन ओभरमा अलआउट हुँदै ४५ रनमा समेटियो । उसका लागि भरत चिप्ली र प्रियांक पञ्चालले १२र१२ रन बनाए भने...
रविमाथि भएको राजनीतिक प्रतिशोधविरुद्ध चलाइएको हस्ताक्षर अभियानको खर्च विवरण सार्वजनिक

रविमाथि भएको राजनीतिक प्रतिशोधविरुद्ध चलाइएको हस्ताक्षर अभियानको खर्च विवरण सार्वजनिक

अभियानका संयोजक बोहराका अनुसार अभियानका लागि कुल ६७ लाख ५९ हजार ५ सय २२ रुपैयाँ सहयोग प्राप्त भएको छ । जसमा केन्द्रीय कार्यालयमा रसिदबाट नगद  ११ लाख १३...
भासिएको ८ वर्षसम्म पनि पुनःनिर्माण हुन सकेन जब्दिघाट पुल

भासिएको ८ वर्षसम्म पनि पुनःनिर्माण हुन सकेन जब्दिघाट पुल

पुल्चोक इन्जिनियरिङ क्याम्पस अन्तर्गत इन्स्टिच्युट अफ इन्जिनियरिङ्ग कन्सल्टेन्सी सर्भिसेजको प्रतिबेदन अनुसार जमीनमुनि १६ मीटरसम्म पाइल राख्नु पर्नेमा ५ मीटरसम्म मात्र राखिएको भेटिएको प्रतिबेदन उल्लेख गरिएको छ । जसका...