नेभिगेशन
समाज

रातिमा पनि बानेश्वर क्षेत्रमा प्रहरीको आतंक, सर्वसाधारणका घरघरमा छिरेर धरपकड

काठमाडौँ । जेनजीको प्रदर्शनमा सहभागीको शंकामा प्रहरीले रातमा घरघरमा पसेर ‘सर्च अपरेशन’ चलाएको छ। सामाजिक सञ्जालमा पोस्ट भएका भिडियो अनुसार बानेश्वर, शान्तिनगर, तीनकुने क्षेत्रका घरहरुमा दंगा प्रहरी छिरेको छ । स्थानीयका अनुसार केही युवाहरुलाई प्रदर्शनमा सहभागी भएको आरोपमा धरपकड गरेको छ । घर र पसलभित्रै छिरेर धरपकड गर्न लागेपछि सर्वसाधारण आतंकित बनेका छन् । 
प्रहरीले अनुसन्धानका लागि सोधपुछ भन्दै धरपकड गरिरहेको छ । चोक चोकमा ठुलो संख्यामा प्रहरी खटिएका छन् भने केहि प्रहरी घर घरमा ढोका ढकढकाउँदै छिरेको स्थानीयले गुनासो गरेको छ । 
सोमबार बानेश्वरमा भएको प्रदर्शनमा प्रहरी दमनपछि १९ जनाले ज्यान गुमाएका छन् भने ३ सय बढी घाइते भएका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
मानव अधिकार आयोगको प्रतिवेदनमा रवि लामिछानेलाई छैन कारवाही सिफारिस

मानव अधिकार आयोगको प्रतिवेदनमा रवि लामिछानेलाई छैन कारवाही सिफारिस

साथै जिम्मेवार राजनीतिक व्यक्तिलाइ समेत मानव अधिकार परिपालनमा जिम्मेवार बनाउनु पर्दछ र बन्नु पर्दछ भन्ने अवधारण बमोजिम कारगार र बाल सुधार गृहमा रहेका कैदीबन्दी तथा बालबिझ्याइकर्तालाई कारागार बाहिर...
सार्वजनिक संस्थान : २७ नाफा र १६ घाटामा सञ्चालित, २ बन्द

सार्वजनिक संस्थान : २७ नाफा र १६ घाटामा सञ्चालित, २ बन्द

आर्थिक वर्ष २०८१/८२ मा सार्वजनिक संस्थानहरूको कुल सम्पत्ति नौ दशमलव ४९ प्रतिशतले वृद्धि भई रु ३२ खर्ब ६ अर्ब ९१ करोड पुगेको प्रतिवेदनमा उल्लेख छ । अघिल्लो वर्षको...
देउवा दम्पतीविरुद्धको पक्राउ पुर्जी खारेजीले उठायो सरकारमाथि प्रश्न

देउवा दम्पतीविरुद्धको पक्राउ पुर्जी खारेजीले उठायो सरकारमाथि प्रश्न

हाल विदेशमा रहेका देउवाले आफूलाई प्रहरीले पक्राउ गर्न खोजेको भन्दै सर्वोच्चमा रिट दिएका थिए । सर्वोच्चले रिट जारी गर्यो, सँगै सरकारले प्रक्रिया नै पूरा नगरेको समेत बतायो ।
नासाको चन्द्र आधार योजना अघि बढ्यो

नासाको चन्द्र आधार योजना अघि बढ्यो

अमेरिकी अन्तरिक्ष एजेन्सीले मङ्गलबार सार्वजनिक गरेको योजनाअनुसार चन्द्र आधार विकासको प्रारम्भिक चरणमा चन्द्र सतहमा ल्यान्डर, रोभर र ड्रोन जस्ता उपकरणहरू पठाइनेछ, जसले भविष्यको मानव बसोबास र अनुसन्धानका लागि...