नेभिगेशन
समाज

ललितपुरकाे भैँसेपाटी, सानेपा र च्यासल क्षेत्रमा कफ्र्यू आदेश जारी

ललितपुर । ललितपुर जिल्ला प्रशासन कार्यालयले ललितपुर  महानगरपालिकाका केही क्षेत्रमा कफ्र्यू आदेश जारी गरेको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम आज बिहान ७ः०० देखि राति १२ः०० बजेसम्मका लागि कफ्र्यू आदेश जारी गरेका हुन् ।

Ncell
Extreme Energy

कफ्र्यू आदेशअनुसार ललितपुर महानगरपालिकाका वडा नं २, ४, ९, १८ र २५ भित्रका केही क्षेत्रलाई चारकिल्ला तोकी सो सीमाभित्र कुनै व्यक्तिले आवतजावत गर्न, भेला, जुलुस, प्रदर्शन, सभा, बैठक वा घेराउजस्ता गतिविधि गर्न नपाइने व्यवस्था गरिएको छ । 
कफ्र्यू आदेश जारी भएका क्षेत्र

भैँसेपाटी क्षेत्र (वडा नं ४, १८ र २५)ः पूर्वमा भैँसेपाटीबाट बुङ्गमती जाने सडक, पश्चिममा सिजी हाउजिङ तथा चोभार गल्छी सडक, उत्तरमा गायत्री पेट्रोलपम्पभन्दा तलको विष्णुदेवी मन्दिर, दक्षिणमा इटनी जाने ओह्रालोसम्म ।

सानेपा क्षेत्र (वडा नं २)ः पूर्वमा सानेपा चोकबाट इन्द्रायणी मन्दिरसम्मको पक्की सडक, पश्चिममा बल्खु पुलदेखि मनमोहन पार्कसम्म बागमती करिडोर सडक, उत्तरमा बल्खु पुलदेखि सानेपा चोकसम्मको चक्रपथ सर्भिस लेन, दक्षिणमा इन्द्रायणी मन्दिरबाट बागमती करिडोर जाने पक्की सडकसम्म ।

च्यासल क्षेत्र (वडा नं ९)ः पूर्वमा मनोहरा खोला करिडोरको झोलुङ्गे पुल, पश्चिममा च्यासल रङ्गशाला, उत्तरमा मनोहरा खोला, दक्षिणमा मल पोखरी जाने बाटोसम्म । 

प्रमुख जिल्ला अधिकारी घिमिरेले शान्ति, सुरक्षा कायम गर्न र सम्भावित अप्रिय गतिविधि नियन्त्रण गर्न कफ्र्यू आदेश जारी गरिएको जनाइएकाे छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
यी स्थानमा आज स्थानमा भारी वर्षा हुने

यी स्थानमा आज स्थानमा भारी वर्षा हुने

आज मंगलबार देशभर साधारणतया बदली रहनेछ।
भेडीगोठमा लालबिरका सात दशक

भेडीगोठमा लालबिरका सात दशक

शिरमा ढाका टोपी । इस्टकोटको बाहिर सेतो भाङ्ग्रा भिरेर ट्याक पाइन्ट लगाएका । खुट्टामा घुँडासम्म छोपिने गमबुट । भेडाबाख्राका हुलको पछिपछि दौडिरहेका ८१ वर्षीय लालबिर तिलिजाको सक्रियता युवा...
आज ‘जेन्जी’ सहिद दिवस : सार्वजनिक बिदा

आज ‘जेन्जी’ सहिद दिवस : सार्वजनिक बिदा

मंगलबार ‘जेन्जी’ सहिद दिवस मनाइँदै छ ।
कृष्णभीरको अवरोधले काठमाडौँ यात्रा बन्यो कष्टकर

कृष्णभीरको अवरोधले काठमाडौँ यात्रा बन्यो कष्टकर

'वैकल्पिक बाटो निकै लामो र थकाइलाग्दो रहेछ। वर्षाका कारण बाटो चिप्लो हुने र ठाउँठाउँमा पहिरोको जोखिमसमेत रहेकाले डर लाग्छ', उनले बताइन्।