नेभिगेशन
सबै कुरा
टिकटक संवाद :

टिकटकबाट करोडपति बनेका अंश वर्मा भन्छन् : टिकटकमा विकृति छ, बन्द हैन नियमन गरौँ

महेन्द्रनगर : समाजमा अराजकता फैलाएको भन्दै सरकारले नेपालमा टिकटक प्रतिबन्ध गरेपछि अहिले टिकटकका पक्ष विपक्षमा बहस भैरहेको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

छोटो समयमै धेरै नेपालीको पहुँचमा पुगेको टिकटकलाई मनोरञ्जन, व्यापार व्यवसाय प्रबद्र्धन गर्न तथा टिकटकको सुविधा प्रयोग गरेर पैसा आर्जन समेत प्रयोग भैरहेको थियो ।

Ncell
Extreme Energy

तर केही प्रयोगकर्ताहरूले भने लाइभमा गिफ्ट पाउने आशामा अश्लिल हर्कत समेत गर्ने गरेका थिए । टिकटकमा सजिलै भिडियो बनाउन सकिने भएपछि पछिल्लो समय सरकार तथा राजनीतिक दलका नेताहरु प्रति वितृष्णा समेत टिकटकमा पोखिने गरेको थियो ।

यो बिचमा सरकारले टिकटक बन्द गरेपछि टिकटकमा ३ वर्षसम्म लाइव बसेर तथा कन्टेन्ट बनाएर घर, गाडी तथा व्यवसाय समेत सुरु गर्न सफल भएका चर्चीत टिकटकर अंश वर्माले असन्तुष्टी जनाएका छन् । टिकटकमा लाखाैँले पछ्याएका उनी सरकारको टिकटक बन्द गर्ने निर्णयसँग असहमत छन् । 

पछिल्लो समय टिकटकमा विकृति बढेको बताउने उनी आजभन्दा ३ वर्षअघि परिवारसँग बसेर टिकटक  हेर्ने वातावरण भएपनि अहिले विकृत भएको बताउँछन् । 

कानुनका विद्यार्थीसमेत रहेका वर्माले टिकटकमा विकृति भएकाले नियमन जरुरी भएपनि प्रतिबन्ध गलत भएको बताएका छन् ।

‘टिकटक विकृत भएपछि आज टिकटक बन्द गर्ने, भोलिका दिनमा फेसबुक, युट्युब सबै बन्द गरेर समस्या समाधान हुन्छ’, उनी प्रश्न गर्छन् ।  टिकटकबाट भएकाे आम्दानीबाट ५० लाख बढी समाजसेवामा खर्चेकाे दावी गर्ने वर्माले  सिधाकुरासँग  टिकटक अनुभाव बाँडेका छन् । 

 सिधाकुराका सुदूरपश्चिम संवाददाता ईश्वर जैशीले टिकटकर वर्मासँग गरेको टिकटक संवाद प्रस्तुत छ । 



प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
नेपालमा थप २०० अर्ब लगानी गर्ने बहुराष्ट्रिय कम्पनीको प्रतिबद्धता

नेपालमा थप २०० अर्ब लगानी गर्ने बहुराष्ट्रिय कम्पनीको प्रतिबद्धता

अर्थमन्त्री वाग्लेले नेपालमा नयाँ लगानी भित्र्याउन, सञ्चालनमा रहेका उद्योगको क्षमता विस्तार गर्न तथा नयाँ रोजगारी सिर्जना गर्न कम्पनीहरूलाई आग्रह गरेका थिए । “नेपालमा अझ ठूलो लगानी गर्नुहोस्, भइरहेको...
सरकार र मृतक मेहताको परिवारबीच सातबुँदे सहमति

सरकार र मृतक मेहताको परिवारबीच सातबुँदे सहमति

मेहताका अभिभावक र नेपाल सरकारका गृहमन्त्री सुधन गुरुङबीच आज भएको सहमतिअनुसार मेहतालाई शहीद घोषणा गर्ने प्रक्रिया तत्काल अघि बढाउने सहमति भएको छ ।
बहुराष्ट्रिय कम्पनीका प्रतिनिधिलाई अर्थमन्त्रीले के भने ?

बहुराष्ट्रिय कम्पनीका प्रतिनिधिलाई अर्थमन्त्रीले के भने ?

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमा अझ ठूलो लगानी गरेर उद्यो विस्तार गर्न र नयाँ प्रविधि भित्र्याउँदै रोजगारी सिर्जना गर्न नेपालस्थित बहुराष्ट्रिय कम्पनीका प्रतिनिधिहरुलाई आग्रह गरेका छन् । आज...
यलुङ रि हिमालमा बेपत्ता ५ जनाको ९ महिनापछि शव भेटियो

यलुङ रि हिमालमा बेपत्ता ५ जनाको ९ महिनापछि शव भेटियो

गत कार्तिकमा हिमाल आरोहणका लागि गएका नेपाली र विदेशी नागरिकसहितको १५ जनाको टोली हिमपहिरोमा परेका थिए।  त्यतिबेला ८ जनाको सकुशल उद्दार गरिएको थियो भने २ जना मृत भेटिएका...