नेभिगेशन
सबै कुरा
टिकटक संवाद :

टिकटकबाट करोडपति बनेका अंश वर्मा भन्छन् : टिकटकमा विकृति छ, बन्द हैन नियमन गरौँ

महेन्द्रनगर : समाजमा अराजकता फैलाएको भन्दै सरकारले नेपालमा टिकटक प्रतिबन्ध गरेपछि अहिले टिकटकका पक्ष विपक्षमा बहस भैरहेको छ ।

छोटो समयमै धेरै नेपालीको पहुँचमा पुगेको टिकटकलाई मनोरञ्जन, व्यापार व्यवसाय प्रबद्र्धन गर्न तथा टिकटकको सुविधा प्रयोग गरेर पैसा आर्जन समेत प्रयोग भैरहेको थियो ।

CG

तर केही प्रयोगकर्ताहरूले भने लाइभमा गिफ्ट पाउने आशामा अश्लिल हर्कत समेत गर्ने गरेका थिए । टिकटकमा सजिलै भिडियो बनाउन सकिने भएपछि पछिल्लो समय सरकार तथा राजनीतिक दलका नेताहरु प्रति वितृष्णा समेत टिकटकमा पोखिने गरेको थियो ।

यो बिचमा सरकारले टिकटक बन्द गरेपछि टिकटकमा ३ वर्षसम्म लाइव बसेर तथा कन्टेन्ट बनाएर घर, गाडी तथा व्यवसाय समेत सुरु गर्न सफल भएका चर्चीत टिकटकर अंश वर्माले असन्तुष्टी जनाएका छन् । टिकटकमा लाखाैँले पछ्याएका उनी सरकारको टिकटक बन्द गर्ने निर्णयसँग असहमत छन् । 

पछिल्लो समय टिकटकमा विकृति बढेको बताउने उनी आजभन्दा ३ वर्षअघि परिवारसँग बसेर टिकटक  हेर्ने वातावरण भएपनि अहिले विकृत भएको बताउँछन् । 

कानुनका विद्यार्थीसमेत रहेका वर्माले टिकटकमा विकृति भएकाले नियमन जरुरी भएपनि प्रतिबन्ध गलत भएको बताएका छन् ।

‘टिकटक विकृत भएपछि आज टिकटक बन्द गर्ने, भोलिका दिनमा फेसबुक, युट्युब सबै बन्द गरेर समस्या समाधान हुन्छ’, उनी प्रश्न गर्छन् ।  टिकटकबाट भएकाे आम्दानीबाट ५० लाख बढी समाजसेवामा खर्चेकाे दावी गर्ने वर्माले  सिधाकुरासँग  टिकटक अनुभाव बाँडेका छन् । 

 सिधाकुराका सुदूरपश्चिम संवाददाता ईश्वर जैशीले टिकटकर वर्मासँग गरेको टिकटक संवाद प्रस्तुत छ । 



प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
विहान ५ बजे किन चल्यो हेटौंडाका घर टहरामा डोजर ?

विहान ५ बजे किन चल्यो हेटौंडाका घर टहरामा डोजर ?

सडक डिभिजन कार्यालय हेटौंडाले सडकको दायाँबायाँ २५/२५ मिटर विस्तारका लागि घरटहरा हटाउन २०७६, २०८०, २०८२ मा पटकपटक सूचना जारी गर्ने गरेको थियो । तर स्थानीय घरधनीहरुले त्यस विरुद्ध...
राजनीतिको नयाँ इपिसेन्टर नख्खु कारागार !

राजनीतिको नयाँ इपिसेन्टर नख्खु कारागार !

जेनजी आन्दोलन पछिको राजनीतिक संक्रमणका बेला पुराना दलहरुमा ठूलो बिग्रह र पुस्तान्तरणको क्रम चलिरहेको छ । केही दलहरु तिब्र एकीकरण र खारेजीमा गइरहँदा रवि नेतृत्वको रास्वपा भने एकढिक्का...
भारतीय ट्रकको ब्रेक फेल हुँदा धादिङको धुनिबेसीमा एकै ठाउँमा ७ सवारी ठोक्किए

भारतीय ट्रकको ब्रेक फेल हुँदा धादिङको धुनिबेसीमा एकै ठाउँमा ७ सवारी ठोक्किए

जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक प्रकाश दाहालका अनुसार भारतीय नम्बर प्लेटको ट्रकको ब्रेक फेल भएपछि अन्य सवारीलाई ठक्कर दिँदा दुर्घटना भएको हो ।
रोसिङटनको अर्धशतकमा पोखरा ८ विकेटले विजयी

रोसिङटनको अर्धशतकमा पोखरा ८ विकेटले विजयी

पोखराको जीतमा रोसिङटनले ४८ बल खेल्ने क्रममा पाँच छक्का र चार चौकाको सहयोगमा ६५ रन बनाए । प्रतियोगितामा पहिलो पटक अवसर पाएका अर्जुन कुमालले अविजित ४३ रन जोडे...