नेभिगेशन
समाज

‘कोरोनापछि हामी नेपालसँग कुनै सहकार्य भएको छैन' : इन्फिनिटी होल्डिङ्स र शंकर ग्रुप

काठमाण्डौँ । इन्फिनीटि होल्डिङ्स र शंकर ग्रुपले आफूहरुलाई लक्षित गरी भ्रामक प्रचार भएको भन्दै त्यसप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । एक विज्ञप्ती जारी गर्दै जेन जेडका अगुवा सुदन गुरुङ, इन्फिनिटी होल्डिङ्सका अध्यक्ष दिपक भट्ट र शंकर ग्रुपका संचालक साहिल अग्रवालका बारेमा आएका बिभिन्न समाचारप्रति ध्यानाकर्षण भएको बताइएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनीहरूका अनुसार, कोभिड महामारीका समयमा ‘हामी नेपाल’ नामक संस्थामार्फत् मानवीय सेवामा संलग्न भइएको थियो, जहाँ सुदन गुरुङ नेतृत्वको संस्थासँग अल्पकालीन सहकार्य भएको थियो। तर सो अवधि यता कुनैपनि प्रकारको सहकार्य नभएको स्पष्ट पारिएको छ।

CG

‘त्यसबेला हामीले सामाजिक उत्तरदायित्व अन्तर्गत गरिएको सहयोग पारदर्शी ढंगले सार्वजनिक गरेका थियौं। अहिले त्यो सहकार्यको आधारमा हालको आन्दोलनसँग हाम्रो सम्बन्ध जोड्न खोज्नु दुर्भाग्यपूर्ण र भ्रामक हो ।’ प्रेस विज्ञप्तिमा भनिएको छ।

व्यवसायिक क्षेत्र पनि आन्दोलनको चपेटामा परेको उल्लेख गर्दै, उनीहरूले हालै सञ्चालनमा ल्याइएको होटल हिल्टन, जगदम्बा हस्पिटालिटी समूह अन्तर्गतको अन्तर्राष्ट्रिय चेन होटेल रहेको र आन्दोलनका क्रममा आगजनीको शिकार बनेको जानकारी दिइएको छ । 

‘हामीले धेरै मेहनत, लगानी र सपनासँग यो होटल बनाएका थियौं। तर अहिले त्यो सपना खरानी बनेको छ। यो केवल भौतिक क्षति होइन, नेपालकै व्यापार, पर्यटन र लगानी वातावरणमाथिको गम्भीर प्रहार हो ।’ विज्ञप्तिमा भनिएको छ।

उनीहरूले आगजनीजस्ता हिंसात्मक गतिविधिले नेपाललाई अन्तर्राष्ट्रिय जगतमा नकारात्मक छविमा प्रस्तुत गरेको भन्दै खेद व्यक्त गरेका छन्।

यद्यपि उनीहरूले आफूहरू विचलित नभएको र पुनः व्यवसायिक पुनर्निर्माणमा जुट्ने प्रतिबद्धता जनाएका छन्। ‘नेपालमै केही गर्ने सोचका साथ हामी अघि बढेका थियौं। अहिले पनि हामीसँग त्यही उत्साह र दृढ विश्वास बाँकी छ’ उनीहरूले उल्लेख गरेका छन्।

दीपक भट्ट (अध्यक्ष, इन्फिनिटी होल्डिङ्स) र साहिल अग्रवाल (संचालक, शंकर ग्रुप) ले आम नेपाली दाजुभाइ, दिदीबहिनीहरूलाई सामाजिक सञ्जाल र सञ्चारमाध्यममा फैलिरहेका भ्रामक खबरहरूप्रति सचेत रहन र तथ्य बुझी मात्र प्रतिक्रिया दिन अपिल गरेका छन्।

यस्ताे छ पुरा विज्ञप्ती: 

प्रेस वक्तव्य

जन–जेड समूहको अगुवाइमा भाद्र २३ र २४ गते भएको आन्दोलनले देशमा नयाँ परिवर्तन ल्याएको छ । यस आन्दोलनका क्रममा दर्जनौं नेपाली नागरिकहरूले शहादत प्राप्त गर्नुभयो, उहाँहरू सबैमा हाम्रो श्रद्धा सुमनसहित भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछौं । साथै, आन्दोलनका क्रममा घाइते हुनुभएका सम्पूर्णमा शीघ्र स्वास्थ्य लाभको कामना गर्दछौं । 
यस परिवर्तनपछि केही दिनयता जेन जेडका अगुवा सुदन गुरुङ, इन्फिनिटी होल्डिङ्सका अध्यक्ष दिपक भट्ट र शंकर ग्रुपका संचालक साहिल अग्रवालका विषयमा विभिन्न अनलाइन, छापा एवं सामाजिक सञ्जालमा आएका भ्रामक र काल्पनिक समाचार सामग्रीहरूप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।
विश्वव्यापी रूपमा फैलिएको कोभिड महामारीको समयमा हामीले व्यावसायिक धर्मबाट माथि उठेर मानव सेवामा पुण्य कर्म गर्नु पर्दछ भन्ने उद्देश्यले ‘हामी नेपाल’ नामक संस्थासँग हातेमालो गरेका थियौं ।
त्यस क्रममा हजारौं विपत्तिमा पर्नुभएका आमा, बुबा, दाजुभाइ, दिदीबहिनीहरूको उपचार र पुनस्र्थापनामा सहयोगी हात बढाएका थियौं, जसका कारण हजारौंको ज्यान जोगिन पुग्यो र त्यसमा हामीलाई गर्व पनि छ । उक्त महामारीका समयमा ‘हामी नेपाल’ संस्था र त्यसका नेतृत्वकर्ता सुदन गुरुङसँग चिनजान भएको थियो । त्यही क्रममा हामीले कोरोना प्रभावित नेपालीहरुलाई सहयोग गर्न उहाँहरुलाई परिचालन पार्टनर छनौट गरेका थियौं । त्यसयता उक्त संस्थासँग हाम्रो कुनै सहकार्य नभएको समेत स्पष्ट पार्न चाहन्छौं ।
हामीले उक्त सहयोग पारदर्शीरुपमा सामाजिक उत्तरदायित्व(सीएसआर) अन्तरगत गरेका थियौं र त्यतिबेलै हामीले सार्वजनिकरुपमा प्रेस बक्तब्यमार्फत् जानकारी गराएका थियौं । उक्त संस्थाले आफ्नो वेबसाइटमा पनि हामीले गरेको सहयोगलाई पारदर्शीरुपमै उल्लेख गरेर हाम्रो संस्थाका लोगोहरु प्रयोग गरेको रहेछ । 
त्यसयता निज सुदन गुरुङ र उनको संस्थासँग हामीले कुनै पनि सहकार्य गरेका छैनौं । उनी र उनको समूहको राजनीति र संस्थागत गतिविधिसँग हाम्रो कुनै सरोकार र सम्बन्ध छैन ।  
तथापि, पछिल्लो समयमा केही सञ्चारमाध्यमले शंकर ग्रुप र इन्फिनिटी होल्डिङ तथा यसका सञ्चालकहरुसँग सुदन गुरुङका अहिलेका गतिविधिलाई जोडने र भ्रामक खवरहरु प्रकाशन गरेको देख्दा हामीलाई दुःख लागेको छ । यस सन्दर्भमा कुनै पनि सञ्चारमाध्यमले हामीसँग सोधखोज गरेका छैनन्, सत्यतथ्य नखोजी अनुमानका भरमा समाचार प्रकाशन÷प्रसारण गरेको देखिएको छ । 
यस आन्दोलनका क्रममा थुप्रै व्यावसायिक संस्थाहरूमा समेत आगजनी, तोडफोड तथा लुटपाट भएको छ । यसैको चपेटमा हामीद्वारा प्रर्बद्धित भर्खरै सञ्चालनमा आएको होटल हिल्टन समेत परेको छ । विभिन्न बाधा व्यवधानका बाबजुद हाम्रो अथक मिहिनेत र परिश्रमपछि जगदम्बा हस्पिटालिटी समूहको ब्यानरमा सञ्चालनमा आएको यो अन्तर्राष्ट्रिय चेन होटल खरानीमा परिणत भएको छ । 
यसबाट भौतिक क्षति मात्र भएको छैन, नेपालको व्यापारिक क्षेत्र, पर्यटन क्षेत्र र आर्थिक क्षेत्र समेतमा गम्भीर असर परेको छ । यतिबेला हामी गहिरो शोकमा छौं । नेपालमा यति ठूलो जोखिम मोलेर लगानी गर्नु के हाम्रो गल्ती थियो? हाम्रो सारा मिहिनेत र सपनाहरूसँगै यस विशाल धरोहर खरानी भएबाट हामी विक्षिप्त भएका छौं । 
प्रत्यक्ष रूपमा हामी लगानीकर्ता भए पनि यसमा आम नेपाल र नेपालीजनको गौरव जोडिएको हामीले महसुस गरेका थियौं । यसको स्थापनादेखि नै केही कुत्सित मनसाय भएकाहरूले यस होटलको विषयमा अत्यन्त घृणित र भ्रामक समाचार जसरी फैलाए, त्यसैको शिकार अहिले यो होटल हुन पुग्यो । जुन बर्बरतापूर्ण घटना (आगो लगाउने कार्य) बाट विदेशी पर्यटक मात्र होइन सारा संसारलाई नेपालको दारुण चित्र प्रस्तुत गरेको छ ।
तर, साथै हामी विचलित पनि भएका छैनौं, हामीले होश गुमाएका छैनौं । किनकि हामीले थुप्रै राम्रा अवसरहरूलाई तिलाञ्जलि दिएर देशमै केही गरौं भनेर आफ्नो उद्यमशीलता शुरू गरेका थियौं । यस संकटको घडीमा हामी फेरि आफूलाई सम्हालेर आफ्नो व्यवसायलाई नयाँ शिराबाट शुरु गर्नेछौं र नेपाल र नेपालीको लागि केही न केही योगदान गर्न सक्छौं भन्ने दृढ विश्वास समेत राखेका छौं ।
साथै, सामाजिक सञ्जाल र विभिन्न अनलाइन छापाहरूमा आएका भ्रामक र गलत कपोलकल्पित समाचारको पछाडि नलाग्न समेत हामी सम्पूर्ण नेपाली दाजुभाइ, दिदीबहिनी, आमा, बुबामा हार्दिक अपिल गर्दछौं ।
दीपक भट्ट 
अध्यक्ष
इन्फिनीटि होल्डिङ्स
साहिल अग्रवाल
संचालक
शंकर ग्रुप


 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
एमालेको झण्डा जलाउने व्यक्ति पक्राउ

एमालेको झण्डा जलाउने व्यक्ति पक्राउ

बिहीबार दाङको तुलसीपुर उपमहानगरपालिका–५ वीरेन्द्र चोकमा रास्वपाका सभापति रवि लामिछानेलाई स्वागत गर्न उपस्थित भिडमा नेकपा (एमाले) को चुनाव चिन्ह अंकित झण्डा जलाएको आरोपमा उनी पक्राउ गरि थप अनुसन्धान...
कांग्रेस केन्द्रीय अनुशासन समितिको कार्यविधि–२०८२ पारित

कांग्रेस केन्द्रीय अनुशासन समितिको कार्यविधि–२०८२ पारित

समितिका संयोजक तारामान गुरुङको संयोजकत्वमा पार्टी केन्द्रीय कार्यालय सानेपामा आज बसेको बैठकले सो कार्यविधि पारित गरेको कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए ।
गृहमन्त्रीसहितको टोलीद्वारा धरहरा क्षेत्रको अनुगमन

गृहमन्त्रीसहितको टोलीद्वारा धरहरा क्षेत्रको अनुगमन

सो टोलीले धरहराको अन्डरग्राउन्ड पार्किङ क्षेत्रको समेत स्थलगत निरीक्षण गरेका हुन । अनुगमन टोलीमा क्रममा काठमाडौँ महानगरपाकिलाकी कार्यवाहक नगरप्रमुख सुनिता डङ्गोल, गृहसचिव, सहरी विकास मन्त्रालयका सचिव र काठमाडौँ...
दाङ ३ का रास्वपा उम्मेदवार कमल सुवेदीको कार्यालय तोडफोड

दाङ ३ का रास्वपा उम्मेदवार कमल सुवेदीको कार्यालय तोडफोड

रास्वपाका उम्मेदवार सुवेदीले कार्यालय तोडफोड भएको खबर पाएकाले चुनावी प्रचारबाट फर्कीएर कार्यालय जाँदै गरेको सिधाकुरालाई बताए ।