नेभिगेशन
समाज

अमेरिकी प्रतिबन्ध छल्दै रुस–भियतनामबीच गोप्य सम्झौता, ऊर्जा नाफाबाट हतियार सम्झौताको भुक्तानी

रुस र भियतनामले अमेरिकी तथा पश्चिमी प्रतिबन्धबाट जोगिन हतियार सम्झौताको भुक्तानी ऊर्जा नाफामार्फत लुकाउने संयन्त्र विकास गरेका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

एसोसिएटेड प्रेसले प्राप्त गरेको आन्तरिक भियतनामी कागजातअनुसार संयुक्त तेल–ग्यास उद्यमको नाफा प्रयोग गरेर ऋण तिर्ने र हतियार खरिद गर्ने व्यवस्था बनेको छ, जसले विश्वव्यापी बैंकिङ प्रणालीलाई बाइपास गर्छ । यस योजनाअन्तर्गत भियतनामले मस्कोबाट लडाकू विमान, ट्याङ्क र जहाज ऋणमा लिएको छ र साइबेरियास्थित संयुक्त तेल कम्पनीको नाफाबाट किस्ता बुझाएको छ । लेनदेन नगद बिना तर गोप्य ढङ्गले प्रवाह हुनेगरी डिजाइन गरिएको हो ।

Extreme Energy

अमेरिकाले दक्षिणपूर्व एसियामा भियतनामसँग सम्बन्ध बलियो बनाउन खोजिरहेको तर ट्रम्प प्रशासनले रुसमाथि कडा प्रतिबन्धको धम्की दिइरहेको बेला यो खुलासा भएको हो । ह्वाइट हाउसले हनोईसँग व्यापारमा २०  प्रतिशत भन्सार शुल्क लगाएर वार्ता जारी राखेको छ ।

संयन्त्रको काम गर्ने तरिका

सन् २०२४ मा तयार गरिएको मेमोअनुसार भियतनामको नाफा रूस पठाइन्छ । त्यसपछि रूसी राज्य स्वामित्वको कम्पनी जारुबेझनेफ्ट मार्फत फेरि भियतनामको पेट्रोभियतनाममा फिर्ता हुन्छ । यसरी रकम रूस र भियतनामभित्र मात्रै सर्छ र स्विफ्ट प्रणालीबाट जोगिन्छ ।

रणनीतिक सन्देश

विश्लेषकहरूले यसलाई सामान्य व्यापारिक ‘अफसेट’ भन्दा निकै माथिको व्यवस्था भनेका छन् । भियतनामले चीनसँगको दक्षिण चीन सागर विवादलाई ध्यानमा राख्दै आफ्नो सेनालाई बलियो बनाउन रुसी हतियारमा निर्भर रहेको देखिन्छ । अमेरिकाले भने यसलाई चीनविरुद्ध साझेदारको रूपमा हेर्छ ।

राजनीतिक संवेदनशीलता

आन्तरिक कागजात चुहाउने भियतनामी अधिकारीले वासिङ्टनसँगको सम्बन्ध जोखिममा पार्ने डर औँल्याएका छन् । अमेरिकाले प्रत्यक्ष प्रतिक्रिया नदिए पनि ‘प्रतिबन्ध यथावत् रहने’ चेतावनी दिएको छ । यसबीच, रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको हनोई भ्रमण (सन् २०२४) मा नयाँ ऊर्जा सम्झौताहरू भएको थियो भने सन् २०२६–२०३० को रक्षा–रणनीतिक साझेदारीमा पनि हस्ताक्षर भएको छ । 

त्यस्तै, विशेषज्ञहरूका अनुसार युरोप र अमेरिकाबाट दबाब बढेसँगै भियतनामको यो दोहोरो खेल कूटनीतिक चुनौती बन्न सक्छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
एनपीएलमा लुम्बिनीको प्रभावशाली सुरुवात, सुदूरपश्चिममाथि ७ विकेटको जित

एनपीएलमा लुम्बिनीको प्रभावशाली सुरुवात, सुदूरपश्चिममाथि ७ विकेटको जित

पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले १७.२ ओभरमा सबै विकेट गुमाउँदै ८७ रन बनाएको थियो । ८८ रनको लक्ष्य लुम्बिनीले ९.५ ओभरमै भेट्टायो ।
एनपीएल सुरू भएसँगै रवि लामिछानेले भने– हामी सक्छौँ

एनपीएल सुरू भएसँगै रवि लामिछानेले भने– हामी सक्छौँ

शुभकामना सन्देशमा सभापति लामिछानेले भनेका छन्– ‘यो सफलता नेपाली खेलकुदमा हाम्रो शक्ति र सम्भावनाको बलियो उदाहरण हो। यो सफलताले  एउटै कुरा भन्छ की हामी सक्छौं।’