नेभिगेशन
समाज

अमेरिकी प्रतिबन्ध छल्दै रुस–भियतनामबीच गोप्य सम्झौता, ऊर्जा नाफाबाट हतियार सम्झौताको भुक्तानी

रुस र भियतनामले अमेरिकी तथा पश्चिमी प्रतिबन्धबाट जोगिन हतियार सम्झौताको भुक्तानी ऊर्जा नाफामार्फत लुकाउने संयन्त्र विकास गरेका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

एसोसिएटेड प्रेसले प्राप्त गरेको आन्तरिक भियतनामी कागजातअनुसार संयुक्त तेल–ग्यास उद्यमको नाफा प्रयोग गरेर ऋण तिर्ने र हतियार खरिद गर्ने व्यवस्था बनेको छ, जसले विश्वव्यापी बैंकिङ प्रणालीलाई बाइपास गर्छ । यस योजनाअन्तर्गत भियतनामले मस्कोबाट लडाकू विमान, ट्याङ्क र जहाज ऋणमा लिएको छ र साइबेरियास्थित संयुक्त तेल कम्पनीको नाफाबाट किस्ता बुझाएको छ । लेनदेन नगद बिना तर गोप्य ढङ्गले प्रवाह हुनेगरी डिजाइन गरिएको हो ।

Ncell
Extreme Energy

अमेरिकाले दक्षिणपूर्व एसियामा भियतनामसँग सम्बन्ध बलियो बनाउन खोजिरहेको तर ट्रम्प प्रशासनले रुसमाथि कडा प्रतिबन्धको धम्की दिइरहेको बेला यो खुलासा भएको हो । ह्वाइट हाउसले हनोईसँग व्यापारमा २०  प्रतिशत भन्सार शुल्क लगाएर वार्ता जारी राखेको छ ।

संयन्त्रको काम गर्ने तरिका

सन् २०२४ मा तयार गरिएको मेमोअनुसार भियतनामको नाफा रूस पठाइन्छ । त्यसपछि रूसी राज्य स्वामित्वको कम्पनी जारुबेझनेफ्ट मार्फत फेरि भियतनामको पेट्रोभियतनाममा फिर्ता हुन्छ । यसरी रकम रूस र भियतनामभित्र मात्रै सर्छ र स्विफ्ट प्रणालीबाट जोगिन्छ ।

रणनीतिक सन्देश

विश्लेषकहरूले यसलाई सामान्य व्यापारिक ‘अफसेट’ भन्दा निकै माथिको व्यवस्था भनेका छन् । भियतनामले चीनसँगको दक्षिण चीन सागर विवादलाई ध्यानमा राख्दै आफ्नो सेनालाई बलियो बनाउन रुसी हतियारमा निर्भर रहेको देखिन्छ । अमेरिकाले भने यसलाई चीनविरुद्ध साझेदारको रूपमा हेर्छ ।

राजनीतिक संवेदनशीलता

आन्तरिक कागजात चुहाउने भियतनामी अधिकारीले वासिङ्टनसँगको सम्बन्ध जोखिममा पार्ने डर औँल्याएका छन् । अमेरिकाले प्रत्यक्ष प्रतिक्रिया नदिए पनि ‘प्रतिबन्ध यथावत् रहने’ चेतावनी दिएको छ । यसबीच, रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको हनोई भ्रमण (सन् २०२४) मा नयाँ ऊर्जा सम्झौताहरू भएको थियो भने सन् २०२६–२०३० को रक्षा–रणनीतिक साझेदारीमा पनि हस्ताक्षर भएको छ । 

त्यस्तै, विशेषज्ञहरूका अनुसार युरोप र अमेरिकाबाट दबाब बढेसँगै भियतनामको यो दोहोरो खेल कूटनीतिक चुनौती बन्न सक्छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
अर्थमन्त्री डा.स्वर्णिम वाग्लेद्धारा पूँजी बजार विकास र सुधारका उपाय पेस गर्न निर्देशन

अर्थमन्त्री डा.स्वर्णिम वाग्लेद्धारा पूँजी बजार विकास र सुधारका उपाय पेस गर्न निर्देशन

बैठकमा नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेल, नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा.गोपाल भट्ट, राष्ट्र बैंकका डेपुटी गभर्नर किरण पण्डित र नेपाल धितोपत्र बोर्डका उपकार्यकारी निर्देशक नारायण शर्मा...
बाढीपीडितको अपमान गरेर भिडियो बनाउने युवा पक्राउ

बाढीपीडितको अपमान गरेर भिडियो बनाउने युवा पक्राउ

ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक दिलिपकुमार गिरीले भोटेकोशीमा आएको बाढीबाट भएको क्षतिलाई लक्षित गरी विभिन्न जातजातिलाई होच्याउने, अपमान गर्ने र उक्त विपत्तिमा खुसी व्यक्त गर्ने आशयको भिडियो बनाएर सामाजिक...
अधिवेशन सार्न कांग्रेसले बोलायो निर्वाचन समिति बैठक

अधिवेशन सार्न कांग्रेसले बोलायो निर्वाचन समिति बैठक

केन्द्रीय कार्यसम्पादन समितिले वडा अधिवेशनको मिति कम्तीमा एक साता पर सार्ने निर्णय गरेपछि नयाँ तालिका बनाउन निर्वाचन समितिको बैठक बोलाइएको हो । निर्वाचन समितिको बैठक भोलि दिउँसो १...
कपिलवस्तुका ७३० परिवारले पाए लालपुर्जा

कपिलवस्तुका ७३० परिवारले पाए लालपुर्जा

नापी कार्यालय कपिलवस्तुले नाप जाँच भएको करिब १३ वर्षपछि कपिलवस्तुको बुद्बभूमि वडा  नं ७  का ३३८ र ८  का ३९२ गरी ७३० स्ववासी परिवारलाई जग्गाधनी पुर्जा वितरण गरेको...