नेभिगेशन
मुख्य समाचार

नागरिक अधिकारको प्रत्याभूति र जनजीवनलाई सामान्य गराउन आयोगको अपिल

काठमाडौँ । नागरिक अधिकारको प्रत्याभूति र जनजीवन सामान्य गराउन सरोकारवाल संग राष्ट्रिय मानवअधिकार आयोगले अपिल गरेको छ ।

हालै भएको जेनजी आन्दोलनका क्रममा सार्वजनिक सम्पत्ति, निजी सम्पत्ति तथा राज्यका विभिन्न संरचनामा भएको क्षतिले नेपालको लोकतान्त्रिक अभ्यास, मौलिक अधिकार, मानव अधिकारको प्रत्याभूति, कानूनको शासन र शान्तिसुरक्षामा गम्भीर चुनौती खडा गरेको भन्दै यस संवेदनशील घडीमा राष्ट्रिय मानव अधिकार आयोग संयमित आचरण, सहकार्य र एकीकृत योगदानका लागि सरोकारवालाहरूलाई आयोगले अपिल गरेको हो ।

त्यस्तै, आन्दोलनका क्रममा क्षति पुगेका सुरक्षा निकायका कार्यालयहरु, अदालतहरु, कारागारहरु, बाल सुधार गृहहरु, जिल्ला प्रशासन कार्यालयहरु तथा अन्य प्रमुख प्रशासनिक निकायहरूमा आवश्यक उपकरण, सहयोग, स्रोत–साधन, प्राविधिक दक्षता र अत्यावश्यक बजेटको व्यवस्था गरी आवश्यक आधारभूत पूर्वाधारको तत्काल पुनःसंरचना र मर्मतसम्भार आवश्यक रहेको आयोगले बताएको छ । आयोगले भनेको छ, ‘विकसित परिस्थितिमा सार्वजनिक सुरक्षा, कानूनको शासन र दैनिक अत्यावश्यक सार्वजनिक सेवा प्रवाह (न्याय, स्वास्थ्य, शिक्षा, सुरक्षा, सञ्चार, प्रशासनिक सेवासमेत) लाई प्रभावकारी बनाउन विशेष ध्यान दिनुपर्ने देखिन्छ ।’

साथै, सार्वजनिक सम्पत्ति र निजी सम्पत्तिमा भएको क्षतिको छिटो र निष्पक्ष मूल्यांकन गरी उचित क्षतिपूर्ति तथा पुनःस्थापनाको कार्यमा संघ, प्रदेश, स्थानीय तहका सरकार र सरोकारवाला सबैकोे तदारुकता आवश्यक रहने बताएको छ ।

आयोगको अपिलपत्रमा भनिएको छ, ‘मानव अधिकारको सम्मान, विवादहरुको न्यायसम्मत समाधान, रचनात्मक संवाद र जिम्मेवार सहकार्यद्वारा शान्ति, सुरक्षा, मौलिक हकको प्रत्याभुति, सुरक्षित एवम् न्यायपूर्ण तथा मानव अधिकारमैत्री समाज निर्माण र सामान्य जीवन सञ्चालनका लागि आवश्यक वातावरण निर्माणका लागि  नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह, राजनीतिक दल, निजी क्षेत्र, नागरिक समाज, सञ्चार माध्यम, युवापुस्ता, विभिन्न संघ संस्थाहरु, राष्ट्रसेवक पूर्व पदाधिकारीहरु एवम् सम्पूर्ण नागरिकलाई आयोग आग्रह गर्दछ ।’Screenshot-(63)-1758528981.png

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
सन्तोष परियारः भविष्य खोज्दै रास्वपा आए, अवसर लिए, बाटो लागे

सन्तोष परियारः भविष्य खोज्दै रास्वपा आए, अवसर लिए, बाटो लागे

ति व्यक्तिले सन्तोष परियार नाम गरेका व्यक्ति रास्वपामा जोडिन चाहेको खबर सुनाए । भर्खरै घोषणा भएको पार्टीमा राम्रा मान्छे भित्र्याउने हुटहुटीमा रहेका कबिन्द्रले ति साथीमार्फत सन्तोषसँग भेट गरे...
धनुषामा मृत्यु संस्कारमा विवाद हुँदा वडा अध्यक्षमाथि गोली प्रहार

धनुषामा मृत्यु संस्कारमा विवाद हुँदा वडा अध्यक्षमाथि गोली प्रहार

जिल्ला प्रहरी कार्यालय धुनषाका प्रहरी प्रवक्ता डिएसपी गणेश बमका अनुसार गम्भीर घाइते अवस्थामा प्रादेशिक अस्पताल पुर्याइएको थियो । अस्पतालले लगत्तै मृत घोषणा गरेको थियो ।
जेनजीहरूले प्रधानमन्त्री कार्कीलाई बुझाएको प्रस्तावित सम्झौताको मस्यौदामा के छ ?

जेनजीहरूले प्रधानमन्त्री कार्कीलाई बुझाएको प्रस्तावित सम्झौताको मस्यौदामा के छ ?

सो पत्रमा जेनजीका अगुवाहरू उपार्जुन चाम्लिङ, सामना लावती, रक्षा बम, साङकेन याम्फु राई, सुधन गुरुङ, पुरुषोत्तम यादव, खेमराज साउद, अफ्साना बानु, प्रदीप पाण्डे, आदित्य आचार्य, जनक चुँडाल पोखरेल,...
२ लाख ५७ हजार ५०५ जना थपिए नयाँ मतदाता

२ लाख ५७ हजार ५०५ जना थपिए नयाँ मतदाता

त्यस्तै आयोगले मतदाता नामावली दर्ताका लागि पाँच दिन समय थप गरेको छ । अब मंसिर ५ गतेसम्म मतदाता नामावली दर्ता गर्न सकिने निर्वाचन आयोगले जनाएको छ ।