नेभिगेशन
समाज

नागरिक अधिकारको प्रत्याभूति र जनजीवनलाई सामान्य गराउन आयोगको अपिल

काठमाडौँ । नागरिक अधिकारको प्रत्याभूति र जनजीवन सामान्य गराउन सरोकारवाल संग राष्ट्रिय मानवअधिकार आयोगले अपिल गरेको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

हालै भएको जेनजी आन्दोलनका क्रममा सार्वजनिक सम्पत्ति, निजी सम्पत्ति तथा राज्यका विभिन्न संरचनामा भएको क्षतिले नेपालको लोकतान्त्रिक अभ्यास, मौलिक अधिकार, मानव अधिकारको प्रत्याभूति, कानूनको शासन र शान्तिसुरक्षामा गम्भीर चुनौती खडा गरेको भन्दै यस संवेदनशील घडीमा राष्ट्रिय मानव अधिकार आयोग संयमित आचरण, सहकार्य र एकीकृत योगदानका लागि सरोकारवालाहरूलाई आयोगले अपिल गरेको हो ।

Ncell
Extreme Energy

त्यस्तै, आन्दोलनका क्रममा क्षति पुगेका सुरक्षा निकायका कार्यालयहरु, अदालतहरु, कारागारहरु, बाल सुधार गृहहरु, जिल्ला प्रशासन कार्यालयहरु तथा अन्य प्रमुख प्रशासनिक निकायहरूमा आवश्यक उपकरण, सहयोग, स्रोत–साधन, प्राविधिक दक्षता र अत्यावश्यक बजेटको व्यवस्था गरी आवश्यक आधारभूत पूर्वाधारको तत्काल पुनःसंरचना र मर्मतसम्भार आवश्यक रहेको आयोगले बताएको छ । आयोगले भनेको छ, ‘विकसित परिस्थितिमा सार्वजनिक सुरक्षा, कानूनको शासन र दैनिक अत्यावश्यक सार्वजनिक सेवा प्रवाह (न्याय, स्वास्थ्य, शिक्षा, सुरक्षा, सञ्चार, प्रशासनिक सेवासमेत) लाई प्रभावकारी बनाउन विशेष ध्यान दिनुपर्ने देखिन्छ ।’

साथै, सार्वजनिक सम्पत्ति र निजी सम्पत्तिमा भएको क्षतिको छिटो र निष्पक्ष मूल्यांकन गरी उचित क्षतिपूर्ति तथा पुनःस्थापनाको कार्यमा संघ, प्रदेश, स्थानीय तहका सरकार र सरोकारवाला सबैकोे तदारुकता आवश्यक रहने बताएको छ ।

आयोगको अपिलपत्रमा भनिएको छ, ‘मानव अधिकारको सम्मान, विवादहरुको न्यायसम्मत समाधान, रचनात्मक संवाद र जिम्मेवार सहकार्यद्वारा शान्ति, सुरक्षा, मौलिक हकको प्रत्याभुति, सुरक्षित एवम् न्यायपूर्ण तथा मानव अधिकारमैत्री समाज निर्माण र सामान्य जीवन सञ्चालनका लागि आवश्यक वातावरण निर्माणका लागि  नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह, राजनीतिक दल, निजी क्षेत्र, नागरिक समाज, सञ्चार माध्यम, युवापुस्ता, विभिन्न संघ संस्थाहरु, राष्ट्रसेवक पूर्व पदाधिकारीहरु एवम् सम्पूर्ण नागरिकलाई आयोग आग्रह गर्दछ ।’Screenshot-(63)-1758528981.png

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
अर्थमन्त्री डा.स्वर्णिम वाग्लेद्धारा पूँजी बजार विकास र सुधारका उपाय पेस गर्न निर्देशन

अर्थमन्त्री डा.स्वर्णिम वाग्लेद्धारा पूँजी बजार विकास र सुधारका उपाय पेस गर्न निर्देशन

बैठकमा नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेल, नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा.गोपाल भट्ट, राष्ट्र बैंकका डेपुटी गभर्नर किरण पण्डित र नेपाल धितोपत्र बोर्डका उपकार्यकारी निर्देशक नारायण शर्मा...
बाढीपीडितको अपमान गरेर भिडियो बनाउने युवा पक्राउ

बाढीपीडितको अपमान गरेर भिडियो बनाउने युवा पक्राउ

ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक दिलिपकुमार गिरीले भोटेकोशीमा आएको बाढीबाट भएको क्षतिलाई लक्षित गरी विभिन्न जातजातिलाई होच्याउने, अपमान गर्ने र उक्त विपत्तिमा खुसी व्यक्त गर्ने आशयको भिडियो बनाएर सामाजिक...
अधिवेशन सार्न कांग्रेसले बोलायो निर्वाचन समिति बैठक

अधिवेशन सार्न कांग्रेसले बोलायो निर्वाचन समिति बैठक

केन्द्रीय कार्यसम्पादन समितिले वडा अधिवेशनको मिति कम्तीमा एक साता पर सार्ने निर्णय गरेपछि नयाँ तालिका बनाउन निर्वाचन समितिको बैठक बोलाइएको हो । निर्वाचन समितिको बैठक भोलि दिउँसो १...
कपिलवस्तुका ७३० परिवारले पाए लालपुर्जा

कपिलवस्तुका ७३० परिवारले पाए लालपुर्जा

नापी कार्यालय कपिलवस्तुले नाप जाँच भएको करिब १३ वर्षपछि कपिलवस्तुको बुद्बभूमि वडा  नं ७  का ३३८ र ८  का ३९२ गरी ७३० स्ववासी परिवारलाई जग्गाधनी पुर्जा वितरण गरेको...