नेभिगेशन
समाज

भू–उपयोग नियमावली संशोधनको प्रक्रिया अघि बढाउने निर्णय

काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री अनिलकुमार सिन्हाले भूउपयोग नियमावली संशोधनको प्रक्रिया अघि बढाउने निर्णय गरेका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

मंगलबार मन्त्रालयमा पुगेर पदभार ग्रहण गर्दै मन्त्री सिन्हाले भूमि सुधारका कार्यक्रम लागू भएपनि अझै पनि केहि समस्या रहेको भन्दै त्यसलाई समाधान गर्न भूउपयोग नियमावली संशोधन गर्ने निर्णयमा हस्ताक्षर गरेका हुन । किताकाट रोकिएका कारणले बिकास सम्बन्धी बिषयमा कठिन भएकाले सहजीकरण गर्नका लागि नियमावली संशोधनको आवश्यकता देखिएको उनले बताए ।

Ncell
Extreme Energy

त्यस्तै मन्त्री सिन्हाले स्थानीय तहलाई दिइएको अधिकार प्रयाप्त नभएकाले केन्द्रबाट आवश्यक सहजीकरण गर्ने धारणा व्यक्त गरेका हुन । उनले भूमि बैंकको स्थापनाका गर्नका लागि प्रारम्भीक कदम चाल्ने निर्णयमा हस्ताक्षर गरिएको जानकारी दिए ।

मन्त्री सिन्हाले जेनजी आन्दोलनका क्रममा भएको आगजनीको घटनामा पनि आफ्नो कतव्र्य पुरा गरेको भन्दै कर्मचारीको प्रशंसा गरेका थिए । यसअघि मन्त्री सिन्हाले सोमबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा पुगेर पदभार ग्रहण गरेका थिए । सिन्हालाई भूमि व्यवस्था, उद्योगका साथै कानून मन्त्रालयको समेत जिम्मेवारी दिइएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
अर्थमन्त्री डा.स्वर्णिम वाग्लेद्धारा पूँजी बजार विकास र सुधारका उपाय पेस गर्न निर्देशन

अर्थमन्त्री डा.स्वर्णिम वाग्लेद्धारा पूँजी बजार विकास र सुधारका उपाय पेस गर्न निर्देशन

बैठकमा नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेल, नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा.गोपाल भट्ट, राष्ट्र बैंकका डेपुटी गभर्नर किरण पण्डित र नेपाल धितोपत्र बोर्डका उपकार्यकारी निर्देशक नारायण शर्मा...
बाढीपीडितको अपमान गरेर भिडियो बनाउने युवा पक्राउ

बाढीपीडितको अपमान गरेर भिडियो बनाउने युवा पक्राउ

ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक दिलिपकुमार गिरीले भोटेकोशीमा आएको बाढीबाट भएको क्षतिलाई लक्षित गरी विभिन्न जातजातिलाई होच्याउने, अपमान गर्ने र उक्त विपत्तिमा खुसी व्यक्त गर्ने आशयको भिडियो बनाएर सामाजिक...
अधिवेशन सार्न कांग्रेसले बोलायो निर्वाचन समिति बैठक

अधिवेशन सार्न कांग्रेसले बोलायो निर्वाचन समिति बैठक

केन्द्रीय कार्यसम्पादन समितिले वडा अधिवेशनको मिति कम्तीमा एक साता पर सार्ने निर्णय गरेपछि नयाँ तालिका बनाउन निर्वाचन समितिको बैठक बोलाइएको हो । निर्वाचन समितिको बैठक भोलि दिउँसो १...
कपिलवस्तुका ७३० परिवारले पाए लालपुर्जा

कपिलवस्तुका ७३० परिवारले पाए लालपुर्जा

नापी कार्यालय कपिलवस्तुले नाप जाँच भएको करिब १३ वर्षपछि कपिलवस्तुको बुद्बभूमि वडा  नं ७  का ३३८ र ८  का ३९२ गरी ७३० स्ववासी परिवारलाई जग्गाधनी पुर्जा वितरण गरेको...