नेभिगेशन
मुख्य समाचार

डिल्ली बजार कारागारमा फर्कीए टोपबहादुर रायमाझी

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा सुन्धारास्थित केन्द्रीय कारागार जगन्नाथदेवलबाट निस्केका एमालेका नेता टोपबहादुर रायमाझी कारागार फर्कीएका छन् । 

कारागार प्रशासनका अनुसार उनी आज कारागारमा हाजिर भएको तर केन्द्रीय कारागारमा बस्ने वातावरण नभएको भन्दै डिल्ली बजार कारागार बस्ने इच्छा राखेका थिए । सोहि अनुसार उनलाई  डिल्लीबजार कारागारमा नै बस्ने व्यवस्था मिलाइएको जनाईको छ । 

उनले भदौ २४ को तोडफोड र आगजनीका कारण केन्द्रीय कारागारमा रहेका आफ्ना सम्पूर्ण बन्दोबस्तीका सामान नष्ट भएको बताएका छन् । 

नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा परेका रायमाझी विघठित प्रतिनिधिसभामा अर्घाखाँचीबाट निर्वाचित सांसद पनि हुन् । कारागार व्यवस्थापन विभागले विभिन्न कारागारबाट निस्किएका कैदी, बन्दीलाई अनुकूल हुने कारागारमा आफैँ उपस्थित हुन सूचना निकालेको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
सन्तोष परियारः भविष्य खोज्दै रास्वपा आए, अवसर लिए, बाटो लागे

सन्तोष परियारः भविष्य खोज्दै रास्वपा आए, अवसर लिए, बाटो लागे

ति व्यक्तिले सन्तोष परियार नाम गरेका व्यक्ति रास्वपामा जोडिन चाहेको खबर सुनाए । भर्खरै घोषणा भएको पार्टीमा राम्रा मान्छे भित्र्याउने हुटहुटीमा रहेका कबिन्द्रले ति साथीमार्फत सन्तोषसँग भेट गरे...
धनुषामा मृत्यु संस्कारमा विवाद हुँदा वडा अध्यक्षमाथि गोली प्रहार

धनुषामा मृत्यु संस्कारमा विवाद हुँदा वडा अध्यक्षमाथि गोली प्रहार

जिल्ला प्रहरी कार्यालय धुनषाका प्रहरी प्रवक्ता डिएसपी गणेश बमका अनुसार गम्भीर घाइते अवस्थामा प्रादेशिक अस्पताल पुर्याइएको थियो । अस्पतालले लगत्तै मृत घोषणा गरेको थियो ।
जेनजीहरूले प्रधानमन्त्री कार्कीलाई बुझाएको प्रस्तावित सम्झौताको मस्यौदामा के छ ?

जेनजीहरूले प्रधानमन्त्री कार्कीलाई बुझाएको प्रस्तावित सम्झौताको मस्यौदामा के छ ?

सो पत्रमा जेनजीका अगुवाहरू उपार्जुन चाम्लिङ, सामना लावती, रक्षा बम, साङकेन याम्फु राई, सुधन गुरुङ, पुरुषोत्तम यादव, खेमराज साउद, अफ्साना बानु, प्रदीप पाण्डे, आदित्य आचार्य, जनक चुँडाल पोखरेल,...
२ लाख ५७ हजार ५०५ जना थपिए नयाँ मतदाता

२ लाख ५७ हजार ५०५ जना थपिए नयाँ मतदाता

त्यस्तै आयोगले मतदाता नामावली दर्ताका लागि पाँच दिन समय थप गरेको छ । अब मंसिर ५ गतेसम्म मतदाता नामावली दर्ता गर्न सकिने निर्वाचन आयोगले जनाएको छ ।