नेभिगेशन
समाज

१९ अक्टोबरदेखि बुध्द एयरले काठमाण्डौ–कोलकाता सिधा उडान भर्ने

काठमाण्डाै । वायुसेवा प्रदायक कम्पनि बुध्द एयरले अन्तर्राष्ट्रियतर्फको दोश्रो उडान भारतको पश्चिम बंगालको राजधानी कोलकाता पुन सुरु गर्न लागेकाे छ । अक्टोबार १९ बाट पुनः शुरु हुँदैछ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

कोलकाता–काठमाण्डौको सिधा हवाई सेवा सञ्चालन गर्ने बुध्द एयर एकमात्र नेपाली विमान सेवा कम्पनि हो । शुरुमा साताको तीन दिन आइतवार, मंगलवार र बिहिवार उडान सञ्चालन गर्नेछ । काठमाडौंबाट बिहान ७ बजे र कोलकाताबाट स्थानीय समय ०९:२० बजे उडान हुनेछ । कोलकाता उडान एटीआर–७२ जहाजबाट गर्नेछ । यस रुटको उडान अवधि लगभग एक घण्टा ३५ मिनेटको हुनेछ ।

Ncell
Extreme Energy

बुध्द एयरले नेपालबाट भारतका विभिन्न धार्मिक तथा सांस्कृतिक स्थलहरु भ्रमणको लागि आउटबाउन्ड तथा भारतबाट नेपालका विभिन्न स्थानहरुको भ्रमणको लागि इनबाउन्ड होलिडे प्याकेजहरु पनि सञ्चालन गरिरहेको छ । नेपाली यात्रुहरुलाई कोलकाता उडानसँगै जग्गन्नाथपुरी दर्शन, सुन्दरवन, गंगासागरलगायतका भ्रमण प्याकेज सञ्चालनमा आउने छन् । यी प्याकेजहरु बुध्द एयरको भगिनी संस्था बुध्द होलिडेजले सञ्चालन गरिरहेको छ ।

व्यापार, कामकाज वा पारिवारिक भ्रमण जेसुकै भएपनि कोलकाता उडानमार्फत् भारतको पर्यटन बजारलाई नेपाल भित्र्याउने लक्ष्य बुध्द एयरले लिएको छ । उडान तथा होलिडे प्याकेजमार्फत् भारतीय धार्मिक तथा पर्यटकीय यात्रुलाई नेपाल भित्र्याई पर्यटन प्रवद्र्धनमा टेवा पुर्याउने विश्वास बुध्द एयरको रहेको छ ।

बुध्द एयरले देशका विभिन्न भागमा दिनहुँ ६ दर्जनभन्दा बढी उडान भरिरहेको छ । अन्तर्राष्ट्रियतर्फ बुध्द एयर भारतको वाराणसीमा साताको सोमबार, बुधबार र शुक्रवार उडान भरिरहेको छ ।
यसअघि बुध्द एयरले वि.सं. २०७६ को वैसाख २ बाट कोलकाता उडान भरेको थियो । पछि कोभिड महामारीका कारण मंसिर १६ बाट उडान तत्कालको लागि स्थगन गरेको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
बागमतीका मुख्यमन्त्री थापाले पाए विश्वासको मत, पक्षमा ५७ मत

बागमतीका मुख्यमन्त्री थापाले पाए विश्वासको मत, पक्षमा ५७ मत

बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले प्रदेशसभाबाट विश्वासको मत पाएका छन्।
ओलीबारे प्रतिवेदनमार्फत के भनेका छन् शंकर पोखरेलले ?

ओलीबारे प्रतिवेदनमार्फत के भनेका छन् शंकर पोखरेलले ?

नेकपा एमालेका महासचिव शंकर पोखरेलले कार्यदलको प्रतिवेदनमार्फत पार्टी नेतृत्वको खुलेर आलोचना गरेका छन् र सुधारको माग गरेका छन् ।
यस्तो छ शंकर पोखरेलको एमाले सुधारको रोडम्याप (पूर्णपाठ)

यस्तो छ शंकर पोखरेलको एमाले सुधारको रोडम्याप (पूर्णपाठ)

नेकपा एमालेका महासचिव शंकर पोखरेलले भदौ २३ को आन्दोलनपछि पार्टी रक्षात्मक अवस्थामा पुगेका बेला पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई नै प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेर जाँदा थप क्षति भएको...
यी हुन् बानेश्वरमा ड्युटीमा खटिएकी महिला प्रहरीमाथि हातपात गर्ने व्यक्ति

यी हुन् बानेश्वरमा ड्युटीमा खटिएकी महिला प्रहरीमाथि हातपात गर्ने व्यक्ति

पीक आवरमा ड्युटीमा खटिएका प्रहरीले पैदल यात्रुलाई आकाशे पुलबाट बाटो काट्न आग्रह गरेका थिए । त्यसक्रममा कठायतले प्रहरीको आग्रह अटेर गर्नुका साथै प्रहरी कर्मचारीलाई गालीगलौज र हातपात गरेको...