नेभिगेशन
मुख्य समाचार

यस वर्षको हेम–सुनिल जोखिमपूर्ण टेलिभिजन पत्रकारिता पुरस्कार स्व. पत्रकार सुरेश रजकलाई

काठमाडौँ । यस वर्षको हेम–सुनिल जोखिमपूर्ण टेलिभिजन पत्रकारिता पुरस्कार एभिन्यूज टेलिभिजनका क्यामरापर्शन सुरेश रजकलाई मरणोपरान्त प्रदान गरिएको छ । 

नेपाल पत्रकार महासंघ नेपाल टेलिभिजन प्रतिष्ठान शाखाले मंगलबार सिंहदरबारमा आयोजना गरेको कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलले स्वर्गीय सुरेश रजकका परिवारलाई हेम–सुनिल जोखिमपूर्ण टेलिभिजन पत्रकारिता पुरस्कार प्रदान हस्तान्तरण गरे । 

गत २०८० चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको प्रदर्शनको समाचार संकलन गर्ने क्रममा आगजनीमा परेर सुरेशको निधन भएको थियो ।

कार्यक्रममा सञ्चारमन्त्री खरेलले अरुको अधिकारका लागि लड्ने पत्रकार आफैँ जोखिममा रहेर काम गर्नुपर्ने अवस्था रहेको बताए । उनले आफ्नो कर्म गर्दा गर्दै ज्यान गुमाउनुपरेका सुरेशलाई न्याय दिने गरि सरकारले काम गर्ने प्रतिवद्धता जनाए । मन्त्री खरेलले सुशासनका सन्दर्भमा सरकार गम्भीर भएर लाग्ने बताए । 

विसं २०६३ असोज ७ गते समाचार संकलनका क्रममा ताप्लेजुङ्गको घुन्सामा हवाई दुर्घटनामा नेपाल टेलिभिजनका हेम भण्डारी र सुनिल सिंहको निधन भएको स्मृतिमा हरेक वर्ष नेपाल टेलिभिजन प्रतिष्ठान शाखाले एक लाख रुपैया राशीको उक्त पुरस्कार प्रदान गर्दै आएको छ । उक्त दुर्घटनामा तत्कालीन वन राज्यमन्त्री गोपाल राई, उनकी धर्मपत्नी मीना राई तथा संरक्षणविद् हर्क राईसहित २४ जनाको निधन भएको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
सन्तोष परियारः भविष्य खोज्दै रास्वपा आए, अवसर लिए, बाटो लागे

सन्तोष परियारः भविष्य खोज्दै रास्वपा आए, अवसर लिए, बाटो लागे

ति व्यक्तिले सन्तोष परियार नाम गरेका व्यक्ति रास्वपामा जोडिन चाहेको खबर सुनाए । भर्खरै घोषणा भएको पार्टीमा राम्रा मान्छे भित्र्याउने हुटहुटीमा रहेका कबिन्द्रले ति साथीमार्फत सन्तोषसँग भेट गरे...
धनुषामा मृत्यु संस्कारमा विवाद हुँदा वडा अध्यक्षमाथि गोली प्रहार

धनुषामा मृत्यु संस्कारमा विवाद हुँदा वडा अध्यक्षमाथि गोली प्रहार

जिल्ला प्रहरी कार्यालय धुनषाका प्रहरी प्रवक्ता डिएसपी गणेश बमका अनुसार गम्भीर घाइते अवस्थामा प्रादेशिक अस्पताल पुर्याइएको थियो । अस्पतालले लगत्तै मृत घोषणा गरेको थियो ।
जेनजीहरूले प्रधानमन्त्री कार्कीलाई बुझाएको प्रस्तावित सम्झौताको मस्यौदामा के छ ?

जेनजीहरूले प्रधानमन्त्री कार्कीलाई बुझाएको प्रस्तावित सम्झौताको मस्यौदामा के छ ?

सो पत्रमा जेनजीका अगुवाहरू उपार्जुन चाम्लिङ, सामना लावती, रक्षा बम, साङकेन याम्फु राई, सुधन गुरुङ, पुरुषोत्तम यादव, खेमराज साउद, अफ्साना बानु, प्रदीप पाण्डे, आदित्य आचार्य, जनक चुँडाल पोखरेल,...
२ लाख ५७ हजार ५०५ जना थपिए नयाँ मतदाता

२ लाख ५७ हजार ५०५ जना थपिए नयाँ मतदाता

त्यस्तै आयोगले मतदाता नामावली दर्ताका लागि पाँच दिन समय थप गरेको छ । अब मंसिर ५ गतेसम्म मतदाता नामावली दर्ता गर्न सकिने निर्वाचन आयोगले जनाएको छ ।