नेभिगेशन
समाज

अनिश्चितकालका लागि बन्द गरियो मुग्लिन-नारायणगढ सडक

भारी वर्षासँगै बाढी र पहिरोको जोखिम बढेपछि मुग्लिन नारायणगढ सडक खण्ड बन्द गरिएको छ । साँझ ६ बजे देखि लागू हुनेगरि सो सडक खण्डमा दोहोरो सवारी आवागमनका लागि रोक लगाइएको सडक डिभिजन भरतपुरले जनाएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

'सडक खण्डको तुइन खोला लगायत अन्य स्थानहरूमा पनि पहिरोको जोखिम उच्च रहेकोले  सुरक्षाको दृष्टिकोणलाई मध्यनजर गरि सम्भावित दुर्घटना नहोस् भन्ने उद्देश्यले सुरक्षा निकायको समन्वयमा आज साँझ ६ बजेदेखि सम्पूर्ण यातायातका सवारीसाधनहरूलाई आवागमनमा रोक लगाइएको जानकारी गराइन्छ,' सडक डिभिजनले भनेको छ ।

Ncell
Extreme Energy

अत्यावश्यकका सवारीसाधनहरू यात्रा गर्नुपर्ने भए सम्बन्धित सुरक्षा निकायसँग समन्वय गर्न पनि सडक डिभिजनले सर्वसाधारणलाई आग्रह गरेको छ । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
शनिबारसम्म वर्षा, त्यसपछि मौसम खुल्दै जाने सम्भावना

शनिबारसम्म वर्षा, त्यसपछि मौसम खुल्दै जाने सम्भावना

उनका अनुसार शनिबारसम्म वर्षाको क्रम जारी रहनेछ। त्यसपछि एक–दुई स्थानमा छिटपुट वर्षा भए पनि अधिकांश ठाउँमा मौसम खुल्दै जाने र दसैँको अनुभूति हुने सम्भावना छ।
मालढुङ्गामा पुल छ बाटो छैन, बिलखबन्दमा मानिसहरू

मालढुङ्गामा पुल छ बाटो छैन, बिलखबन्दमा मानिसहरू

असोज ११ गते कालीगण्डकीमा आएको भीषण लेदोसहितको बाढीले बागलुङ र पर्वत जोड्ने मालढुङ्गा पुलको पर्वततर्फको पहुँचमार्ग बगाइदिएपछि पुल भएर पनि बागलुङको सडक सम्पर्क विच्छेद भएको छ।
विपद्पछिको पुनःनिर्माण र पुनःस्थापनाका लागि ५ खर्ब ५९ अर्ब स्वीकृतिका लागि अर्थ मन्त्रालयमा सिफारिस गर्ने निर्णय

विपद्पछिको पुनःनिर्माण र पुनःस्थापनाका लागि ५ खर्ब ५९ अर्ब स्वीकृतिका लागि अर्थ मन्त्रालयमा सिफारिस गर्ने निर्णय

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को २१औँ बैठकले विभिन्न मन्त्रालय र निकायहरूबाट प्राप्त ५०४ वटा योजना...
नुवाकोट र रसुवा जोड्ने वेत्रावतीस्थित फलाखु खोलामा बेलीब्रिज जडान सुरु

नुवाकोट र रसुवा जोड्ने वेत्रावतीस्थित फलाखु खोलामा बेलीब्रिज जडान सुरु

नेपाली सेनाका सेनानी चिरञ्जीवी चौलागाईंका अनुसार पुल निर्माणका लागि आवश्यक सामग्री नेपाली सेनाले मौज्दात राखेको धादिङको बैरेनी र बाराबाट  ल्याउने काम भइरहेको छ । आजसम्म सबै सामग्री वेत्रावती...

भर्खरै