नेभिगेशन
समाज

माटोका पाला बनाउन व्यस्त भक्तपुरका प्रजापति समुदाय

काठमाडौँ । तिहार नजिकिएसँगै भक्तपुरका स्थानीय प्रजापति समुदाय माटोका पाला बनाउन व्यस्त छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

भक्तपुरको पोर्टरी स्क्वायर स्क्वाएरमा माटाको भाँडा बनाउँदै आएका स्थानीय प्रजापति समुदाय तिहारमा माटोका पाला लगाएतका भाँडा बनाउन व्यस्त रहेका हुन् । तिहारमा माटोको पालाको माग धेरै हुने भएकाले पाला बनाउन भ्याइनभ्याई भएको स्थानीय बिनोद कुमार प्रजापतिले बताए ।

Ncell
Extreme Energy

उनले माटोको पालाको माग अनुसारको बनाउन नसकिएको उल्लेख गरे । भक्तपुरमा उत्पादन भएका पाला उपत्यकाका साथै काभ्रे, चितवन धादिङ, नुवाकोट, पोखरा लगाएतका स्थानबाट लिन आउने गरेको प्रजापतिले बताए ।

अहिले बजारमा प्लाष्टिकका दियोहरु आएपनि माटोको पालाको मागमा भने कुनै कमि नआएको उनको भनाइ छ । पहिलेको बर्षका तुलनामा यस बर्ष माटोको पालाको भाउमा कुनै तलमाथि नभएको उनीहरुले जनाएका छन् । भक्तपुरका स्थानीय प्रजापतिले अन्य समयमा पनि गमला, खुत्रुके लगाएत माटोका सामानहरु बनाउदै बिक्रिबितरण गर्दै आएका छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
मादीबाट मकालु चिहाउँदा...

मादीबाट मकालु चिहाउँदा...

मादीका विभिन्न डाँडाकाँडा, घुमाउरा पाखा र गाउँबस्तीहरूबाट खिचिएका यी फ्रेमहरूले केवल हिमालको भव्यता मात्र दर्शाएका छैनन्, तिनले पहाडी भूगोल, हरियाली खेतबारी, पारम्परिक वास्तुकला र प्रकृतिको सजीव क्यानभासलाई एकै...
यस्ताे छ पृथ्वी राजमार्गमा सवारी आवागमनकाे अवस्था

यस्ताे छ पृथ्वी राजमार्गमा सवारी आवागमनकाे अवस्था

ठूला सवारी साधनहरू सुरूङमार्गको प्रयोग गरेकाले सुरुङमार्गको माथिल्लो सडक अर्थात नागढुंगा क्षेत्रमा सवारीसाधनको आउजाउ पातलो छ भने नागढुंगा सुरुङ प्रवेशद्वारदेखि मलेखु मुग्लिन खण्डमा सवारीको आउजाउ साविकभन्दा बढी छ...
हप्ता दिनदेखि बन्द बेनी–दरवाङ सडक सञ्चालन

हप्ता दिनदेखि बन्द बेनी–दरवाङ सडक सञ्चालन

पूर्वाधार विकास कार्यालय म्याग्दीले पहिरो पन्छाउने मेसिन प्रयोग गरी तत्कालका लागि बाटो खुलाएको हो । पहिरो पन्छाउने जिम्मा लिएको मङ्गला कन्ट्रक्सनका प्रतिनिधि राजु पाण्डेले दसैँ पर्वलाई दृष्टिगत गरी...
स्कुटर चालक गुरुङको घटनास्थलमै मृत्यु

स्कुटर चालक गुरुङको घटनास्थलमै मृत्यु

आज दिउँसो २ः३० बजेको समयमा राङखोला–बिरुवा सडक खण्डको बिरुवा–३ ठाँटीमा स्कुटर अनियन्त्रित भई सोही गाउँपालिकाकी ३९ वर्षीया रेवती गुरुङको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी...