नेभिगेशन
मुख्य समाचार

उद्योग–व्यवसाय चलायमान बनाउन बूढानीलकण्ठ नगरपालिकाद्वारा पहल

काठमाडौँ । जेनजी आन्दोलनपछिको अवस्थामा उद्योग–व्यवसाय चलायमान बनाउने विषयमा बूढानीलकण्ठ नगरपालिकाले उद्योगी–व्यवसायीसँग अन्तरक्रिया गरेको छ ।

नगरपालिकाले उद्योग–व्यावसायीले हाल भोगिरहेका समस्याबारे जानकारी लिएर आफ्नोतर्फबाट गर्नुपर्ने सहजीकरणका लागि परामर्श गरेको नगरप्रमुख मीठाराम अधिकारीले जानकारी दिए । भदौ २४ गतेको तोडफोड र आगजनीको घटनाले उद्योग–व्यावसायलाई प्रतिकूल असर परेको उनको भनाइ छ ।

CG

नगरपालिका उपप्रमुख अनिता लामाले लगानी गर्ने श्रम, समय र पैसाले अर्थतन्त्रको विकास हुने भएकाले  सबैले उत्पादन र रोजगारीसँग जोडिन आवश्यक भएको बताइन । प्रमुख प्रशासकीय अधिकृत अजय बर्तौलाले उद्योगी व्यवसायीलाई पारदर्शी र मर्यादित भएर व्यवसाय गर्न सुझाव दिए ।

उद्योगी सुन्दरबहादुर खड्काले सार्वजनिक क्षेत्रको संरक्षणलाई थप प्राथमिकतामा राख्न आग्रह गरेका थिए । पश्मिना उद्योगी गणेशकुमार खड्काले नगरस्तरीय औद्योगिक क्षेत्र बनाइदिन माग गरेका थिए । कपनकी होमस्टे व्यवसायी शारदा आचार्यले यातायातको समस्या समाधानका लागि आग्रह गरेकी थिइन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
मौसम बदलीः यी जिल्लामा भए वर्षा र हिमपात

मौसम बदलीः यी जिल्लामा भए वर्षा र हिमपात

विभागका अनुसार बागलुङ, म्याग्दी, रुकुमपूर्व, रोल्पा, दाङ बाँके, बर्दिया, सुर्खेत, गुल्मीलगायत जिल्लामा पनि हल्का वर्षा र हिमपात भएको छ ।
नेपालद्वारा जिम्बाब्वे पराजित

नेपालद्वारा जिम्बाब्वे पराजित

जिम्बाब्वेले दिएको १३० रनको लक्ष्य पछ्याएको नेपालले १९.३ ओभरमा चार विकेट गुमाउँदै पूरा ग¥यो । नेपालको जितमा पूजाले सर्वाधिक ५२ रनको योगदान दिइन् । उनले  ५० बलमा चार...
काठमाडौँमा सहजै जित्थेँ, आँट गरेर सर्लाही गएँः गगन थापा

काठमाडौँमा सहजै जित्थेँ, आँट गरेर सर्लाही गएँः गगन थापा

काठमाडौं–४ का मतदाताप्रति आफु जीवनभर ऋणी रहने र यस ठाउको निरन्तर सेवा गरिरहने उनको भनाइ छ । सभापति थापाले काठमाडौँ बाहिर निर्वाचन लड्ने विचार यसअघिको निर्वाचनमा गरेपनि आँट...
एयरपोर्टमा सुन तस्करीझैँ चेकजाँच गरेको भन्दै आन्दोलनमा उत्रिने अवस्था आउनसक्ने ओलीको चेतावनी

एयरपोर्टमा सुन तस्करीझैँ चेकजाँच गरेको भन्दै आन्दोलनमा उत्रिने अवस्था आउनसक्ने ओलीको चेतावनी

ध्यक्ष ओलीले शुक्रबार आफु झापाबाट काठमाडौं फर्कदा बिमानस्थलमा अपमानित हुनपरेको बताए ।