नेभिगेशन
समाज

कोशी प्रदेश सरकारद्वारा मृत्यु भएका परिवारलाई राहत वितरण

झापा । कोशी प्रदेश सरकारले बाढीपहिरोमा परी ज्यान गुमाउनेहरूका परिवारलाई राहतस्वरुप रु ३४ लाख ५० हजार वितरण गरेको छ । प्रदेश सरकारले बाढीपहिरोबाट मानवीय क्षति भएका इलाम, पाँचथर, झापा सुनसरी, उदयपुर र खोटाङका परिवारलाई राहत वितरण गरेको हो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

आन्तरिक मालिम तथा कानुन मन्त्रालयका विपद् शाखा प्रमुख षडानन्द भट्टराईका अनुसार सबैभन्दा बढी रु २१ लाख ५० हजार राहतस्वरुप इलाममा वितरण गरिएको छ ।

Ncell
Extreme Energy

गत असोज १८ देखि २० गतेसम्म परेको अविरल वर्षाका कारण इलाममा बाढीपहिरोले ठूलो जनधनको क्षति भएको थियो । सरकारले इलामलाई तीन महिनाका लागि विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरिसकेको छ ।

विपद्बाट भएको खोज–अनुसन्धान तथा राहत वितरणसम्बन्धी २०७६ को दफा ९ बमोजिम विपद्मा परेको जिल्लामा राहत वितरण गरेको उनले बताए ।

विपद् शाखा प्रमुख भट्टराईले पाँचथरमा रु चार लाख ५० हजार, भोजपुरमा रु एक लाख, उदयपुरमा रु दुई लाख, खोटाङमा रु एक लाख, झापामा रु दुई लाख ५० हजार र सुनसरीमा रु दुई लाख विपद्मा परी ज्यान गुमाउनेका परिवारलाई राहतस्वरुप वितरण गरिएको जानकारी दिए ।

विपद्मा परी ज्याने गुमाउनेको परिवारलाई रु एक लाख र सोही परिवारको थप सदस्यको मुत्यु भएमा प्रतिव्यक्ति रु ५० हजारका दरले थपेर राहत विरण गरिएको उनको भनाइ छ ।

उनले प्रदेश सरकारले विपद्मा परेका परिवारलाई चामल, दाल, तेल, नुन, बेसार, आलु, ज्याकेट, ब्लाङ्केट, म्याट्रेसलगायत सामग्री राहतस्वरुप वितरण गरेको बताए ।

प्रदेश सरकारले इलाममा पहिरोमा परी ध्वस्त भएका घर निर्माण गर्ने घोषणा गरेको छ । हाल सरकारले जिल्ला प्रशासन इलाममार्फत क्षतिग्रस्त भएका घरको विवरण सङ्कलन गरिरहेको उहाँले जानकारी दिए ।

प्रदेशकै सबैभन्दा बढी क्षति भएको जिल्ला इलामलाई विपद् प्रतिकार्य र न्यूनीकरण, राहत विरणका लागि थप रु १० लाख जिल्ला प्रशासनमार्फत पठाइएको उनले बताए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
बाढी प्रभावित क्षेत्रमा खटिने सुरक्षाकर्मीलाई प्रधानमन्त्रीको सन्देशः तपाईंहरुको यो योगदानको उच्च कदर हुनेछ

बाढी प्रभावित क्षेत्रमा खटिने सुरक्षाकर्मीलाई प्रधानमन्त्रीको सन्देशः तपाईंहरुको यो योगदानको उच्च कदर हुनेछ

“तपाईंहरूकै त्याग, निष्ठा र अदम्य साहसका कारण नै आज सङ्कटका बेला लाखौँ मानिसले सुरक्षित महसुस गर्न पाउनुभएको छ । कार्यक्षेत्रमा खटिनुहुने तपाईंहरु प्रत्येक सुरक्षाकर्मीको यो योगदानको उच्च कदर...
हाइड्रोपावरको टनेलमा उद्धार प्रयासः त्रिशुली–१ मा थर्मल क्यामेराको प्रयोग, ३‘बी’मा अडिट–२ बाट उद्धारकर्ता प्रवेश

हाइड्रोपावरको टनेलमा उद्धार प्रयासः त्रिशुली–१ मा थर्मल क्यामेराको प्रयोग, ३‘बी’मा अडिट–२ बाट उद्धारकर्ता प्रवेश

त्रिशूली–३‘बी’मा अडिट–२ बाट उद्धारकर्ता प्रवेश गरी अडिट–१ बाट निस्किएका छन् । अडिट २ टनेलबाट ‘एक्साभेटर’ जानसक्ने गरी बाटो सफा भइरहेको र हालसम्म केही फेला नपरेको सेनाले जनाएको छ...
मदन पुरस्कार राजभण्डारी र जगदम्बाश्री खरेललाई

मदन पुरस्कार राजभण्डारी र जगदम्बाश्री खरेललाई

मदन पुरस्कार गुठीले २०८२ सालको ‘मदन पुरस्कार’ नेवार समुदायका परम्परागत ‘मुकुण्डोनाच’ (नेवाः समुदायया परम्परागत ख्वापाः प्याख)का लागि लेखक वीणा जोशी (राजभण्डारी)लाई दिने भएको छ ।
नारायणगढ–मुग्लिन सडक सोमबारदेखि किन हुँदैछ आंशिक बन्द ?

नारायणगढ–मुग्लिन सडक सोमबारदेखि किन हुँदैछ आंशिक बन्द ?

स्थानीय प्रशासनले नारायणगढ–मुग्लिन सडक सोमबार बिहानदेखि आंशिक बन्द गर्नेभएको छ ।

भर्खरै