नेभिगेशन
मुख्य समाचार

इलामका बाढी प्रभावितलाई पाकिस्तानी दूतावासको सहयोग

काठमाडौँ । नेपालका लागि पाकिस्तानी दूतावासले ‘नेपाल–पाकिस्तान युवा परिषद्’सँगको सहकार्यमा इलामका बाढी प्रभावित परिवारलाई राहत सामग्री उपलब्ध गराएको छ ।

नेपालका लागि पाकिस्तानी राजदूत अब्रार एच हाशमीसहितले इलामको माङसेबुङ र फाकफोकथुम नगरपालिकाका बाढी प्रभावित परिवारलाई राहत सामग्री वितरण गरिएको दूतावासले जनाएको छ । माङसेबुङ गाउँपालिकाको गजुरमुखी धाम पुगी उनले प्रभावित परिवारलाई सामग्री हस्तान्तरण गरिएको हो । गत असोज १७ र १८ गतेको अविरल वर्षाका कारण इलाममा पहिरो जाँदा ३७ जनाको मृत्यु भएको थियो ।

CG

इलामका प्रमुख जिल्ला अधिकारीसहित स्थानीय तहका कार्यक्रममा राजदूत हाशमीले प्रभावित परिवारप्रति सहानुभूति र ऐक्यबद्धता व्यक्त गर्दै दुई देशबीचको मित्रता र सहयोगलाई बढाउन जोड दिए । यसअघि, राजदूत हशमीले कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीलाई विराटनगरमा भेट गरी विपद्का समयमा ऐक्यबद्धता व्यक्त गरेका थिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
पोखरा र भैरहवा विमानस्थल भ्रष्टाचारबारे राजन दाहालको भित्री खुलासा

पोखरा र भैरहवा विमानस्थल भ्रष्टाचारबारे राजन दाहालको भित्री खुलासा

लेखनाथ दाहाल (राजन) विघटित प्रतिनिधिसभा सदस्य हुन् । उनी तत्कालीन माओवादीका केन्द्रका तर्फबाट २०७९ मा सिन्धुलीबाट निर्वाचित भएका थिए ।  भ्रष्टाचार, अनियमितता, मुलुकको फितलो कूटनीति, अर्थराजनीति देखि भू(राजनीतिसम्म...
एमाले महाधिवेशनमा मतदान सुरू हुँदै (तस्बिरहरू)

एमाले महाधिवेशनमा मतदान सुरू हुँदै (तस्बिरहरू)

भृकुटीमण्डपमा महाधिवेशन प्रतिनिधिहरु मतदानका लागि लाइन बस्न थालेपनि मतदान भने केहीबेरमा सुरु हुने जनाइएको छ । केहीबेरमा मतदान हुँदैछ। महाधिवेशनमा देशभरबाट २२ सय ६२ जना प्रतिनिधि सहभागी छन्।
हर्क साम्पाङको  श्रम, संस्कृति पार्टीका उपाध्यक्ष देवराज पक्राउ

हर्क साम्पाङको  श्रम, संस्कृति पार्टीका उपाध्यक्ष देवराज पक्राउ

२०८१ भदौ १४ गते भएको बम विस्फोटको घटनामा एक बालिकाको मृत्यु भएको थियो भने २ जना घाइते भएका थिए । उक्त घटनामा लामाको संलग्नता रहेको भन्दै उनीविरुद्ध विस्फोटक...
जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ

जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ

कैलालीको जानकी गाउँपालिकाले मंगलबार आयोजना गरेको विकास निर्माणसम्बन्धी सरोकारवालासँग भेटघाट तथा छलफल कार्यक्रममा मन्त्री घिसिङले जनताले तत्काल कामको नतिजा खोजेको बताएका हुन । उनले भने, “हामी अहिले जनताको...