नेभिगेशन
समाज

मिथिलामा आजदेखि औपचारिक रूपमा छठ सुरु

धनुषा । मिथिलामा आजदेखि औपचारिक रूपमा छठ सुरु भएको छ । मिथिलाको सबैभन्दा ठूलो पर्वको रूपमा रहेको छठका लागि जनकपुरधामका घाटहरूलाई सिँगार्ने काम भइरहेको छ । यहाँ रहेका गङ्गासागर, अरगजा सर, दशरथ तलाउ, धनुष सागर, मटकोरर्वा पोखरीलगायतमा सजावटको काम भइरहेको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

गङ्गासागर छठ समितिका अध्यक्ष हरिनारायण गुप्ताले विगतजस्तै यो वर्षपछि गङ्गासागरको आधा भागमा सजावटको काम गरिरहेको बताए। उनले घाटको सरसफाइ, सजावटदेखि घाटमा विगतभन्दा पनि राम्रो व्यवस्था गरिरहेको बताए ।

Ncell
Extreme Energy

गुप्ताले यो वर्ष प्रतिअघ्र्य रु ६०० निर्धारण गरिएको बताए । उनले भने, “सबैले दिँदैनन् । नदिनेले पनि यहाँ अघ्र्य राख्छन् । प्रत्येक वर्ष रु ३००÷३५० पुर्जा काट्ने गरेको छ । श्रद्धालु भक्तजनहरूबाट आएको रुपैयाँले यसको व्यवस्थापनमा लाग्ने खर्च निस्किहाल्छ ।”

गङ्गासागरको घाटमा अहिले पण्डाल लगाउने काम अन्तिम चरणमा रहेकोे छ भने झिलीमिली बत्तीको काम बाँकी रहेको छ । गङ्गासागरमा तीन वटा समितिले सजावटको काम गर्ने गरेको छ ।

यस्तै, अरगजासरमा छठको घाटको निर्माण गरिरहेका समितिका सचिव वीरेन्द्र कर्णले दसैँ सकिएपछि आफूहरू तयारीमा जुटिसकेको बताए । उनले सजावट तथा सफाइका लागि अहिले काम भइरहेको जानकारी दिए ।

कर्णले यस पोखरीमा हिन्दूहरू मात्र नभई मुस्लिम समुदायका पनि केही व्यक्तिहरू रहने गरेको बताए । “कर्णले घाटमा अघ्र्य राख्नेहरूबाट सहयोगस्वरूप रकम लिने गरिएको र अघ्र्य राख्नेसँग कुनै दबाव हुँदैन, हामीले सहयोगस्वरूप आर्थिक सहयोग गरिदिन आग्रह गर्छौँ”, उनले भने ।

शान्ति सुरक्षाका लागि प्रहरीसँग पनि समन्वय गरिएको छ । यस पोखरीमा पाँच हजारभन्दा बढी अघ्र्य रहने गरेको र यो प्रत्येक वर्ष बढ्ने गरेको छ । मिथिलाञ्चल क्षेत्रमा मनाइने पर्वहरू पूर्ण रूपले घरेलु उत्पादनमा निर्भर रहेकाले आफ्नै खेतबारीमा उत्पादन गरेको गहुँ, चामललगायतको व्यवस्था गरेर त्यसलाई धोइ पखालेर आफ्नै घरमा रहेको जाँतोमा पिसेर त्यसको पिठोबाट छठको सामग्रीहरू बनाउने गरिन्छ । 

त्यस्तै, यस पर्वमा प्रयोग हुने विभिन्न सामग्री किन्नेहरूको बजारमा भीड लागेको छ । जनकपुरधामको बजारहरूमा बाँसबाट र माटोबाट बनेको सामग्रीहरू जताततै बिक्री भइरहेको छ । छठपर्वमा बाँस तथा माटोबाट बनेको सामानहरू शुद्ध मानिने भएकोले यसको माग अहिले बजारमा बढेको छ । मिथिलानीहरू अहिले माटोबाट बनेको घैँटो, हात्ती त्यस्तै बाँसबाट बनेको छिट्टी (टोकरी), नाङ्लो, कन्सुपतीलगायतको सामान किन्नमा व्यस्त छन् ।

चारदिनसम्म मनाइने छठपर्व भोलिदेखि औपचारिक रूपमा सुरु हुँदैछ । चार दिनको यस पर्वमा बर्तालुले दुई दिन बिना अन्नपानीको भोकै बस्नुपर्दछ । यस पर्वअन्तर्गत पहिलो दिन आज ‘नहाय–खाए’ हुनेछ । दोस्रो दिन आइतबार दिनभरि उपवास बसी रातिमा ‘खीर’ बनाई देउतालाई चढाएर खानेछन् । यस विधिलाई ‘खरना’ भनिन्छ ।

त्यस्तै, मूल दिन सोमबार ठेकुवा, भुसवालगायत कृषिजन्य अन्नको पिठोबाट बनाइएका पकवानहरूसँगै केराको घरी, माटोको हात्ती, सूप, कनसुपती, कलशसहितको घैँटोलगायत सामग्रीको स्वच्छता र पवित्रतापूर्वक व्यवस्था गरिन्छ र साँझतिर अस्ताउने सूर्यको नमन गर्दै अघ्र्य दिइन्छ । यस्तै, छठपर्वको अन्तिम दिन मङ्गलबार बिहानपख उदाउँदै गरेको सूर्यलाई अघ्र्य दिएर पर्वको समापन गरिनेछ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
पायक पर्ने विक्रेताबाटै ग्यास किन्न निगमको आग्रह

पायक पर्ने विक्रेताबाटै ग्यास किन्न निगमको आग्रह

नेपाल आयल निगमले उपभोक्तालाई आफूलाई पायक पर्ने ग्यास विक्रेतामार्फत खाना पकाउने एलपी ग्यास खरिद गर्न आग्रह गरेको छ ।
उपत्यकामा ९ हजार ५६८ ग्यास सिलिन्डर वितरण

उपत्यकामा ९ हजार ५६८ ग्यास सिलिन्डर वितरण

निगमका अनुसार विभिन्न ग्यास उद्योगका सिलिन्डर निगमले तोकेका सात बिक्री केन्द्रमार्फत जिल्ला प्रशासन कार्यालय, स्थानीय प्रहरी र निगमका कर्मचारीको सहयोगमा वितरण गरिएको हो।
उपसभापति डा. वाग्लेसँग नागरिक, नीति र नेतृत्वबारे छलफल गर्दै रास्वपा

उपसभापति डा. वाग्लेसँग नागरिक, नीति र नेतृत्वबारे छलफल गर्दै रास्वपा

राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभापति तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँग नीति सम्वाद गर्ने भएको छ ।
जाजरकोट पहिरोमा सेनाद्वारा ३०० जनाभन्दा बढीको उद्धार

जाजरकोट पहिरोमा सेनाद्वारा ३०० जनाभन्दा बढीको उद्धार

नेपाली सेनाले जाजरकोटको भेरी नगरपालिका–२, रिसाङमा गएको पहिरोबाट प्रभावित ३०० जनाभन्दा बढीको उद्धार गरेको छ।