नेभिगेशन
समाज
शेखर गोल्छा

सर्वोच्चको आदेशपछि पनि यसकारण छुटेनन् शेखर गाेल्छा

काठमाडौँ । सर्वोच्च अदालतले केन्द्रीय अनुसन्धान ब्युरोको थुनामा रहेका व्यवसायी शेखर गोल्छालाई सर्वोच्च अदालतले धितोपत्र सम्बन्धी मुद्दामा धरौटी वा जमानतमा छाड्न आदेश दिए पनि उनी छुटेका छैनन् । यसको कारण हो सर्वोच्चले उनलाई वीमासम्बन्धी मुद्दामा भने केही बोलेको छैन । 

गोल्छामाथि दुई अलग अलग धतोपत्र र वीमा सम्बन्धी अलग अलग कसुरमा अनुसन्धान भैरहेको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

त्यसमध्ये सोमबार सर्वोच्च अदालतले धितोपत्र सम्बन्धी मुद्दामा मात्रै रिहा गर्न भनेकोले गोल्छा नछुटेका हुन् । वीमासम्बन्धी मुद्दामा केही भनिएको छैन ।

Ncell
Extreme Energy

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) का प्रवक्ता एसएसपी शिव श्रेष्ठले उनलाई विमासम्बन्धी मुद्दामा हिरासतमा राखिएको बताए । 


न्यायाधीशद्वय महेश शर्मा पौडेल र श्रीकान्त पौडेलको संयुक्त इजलासले हिजो केन्द्रीय अनुसन्धान ब्युरो लाजिम्पाटमा थुनामा रहेका व्यवसायी गोल्छाकी पत्नी सीमा गोल्छाले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिट निवेदनमाथि सुनुवाइ गर्दै धरौटी वा जमानतमा छाड्न आदेश गरेको थियो ।

व्यवसायी गोल्छा वैशाख ११ पक्राउ परेका थिए । नेपाल धितोपत्र बोर्डको छानबिन प्रतिवेदनका आधारमा थप अनुसन्धान गर्न भन्दै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले उनलाई पक्राउ गरेको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
आज इन्द्रजात्रा पर्व मनाइँदै, उपत्यकामा सार्वजनिक विदा

आज इन्द्रजात्रा पर्व मनाइँदै, उपत्यकामा सार्वजनिक विदा

वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा–आराधना गरी आज परम्परागत रुपमा इन्द्रजात्रा पर्व मनाइँदैछ ।
एडिबीले बाढीपछिको वैज्ञानिक तथा प्राविधिक अध्ययनमा सघाउने

एडिबीले बाढीपछिको वैज्ञानिक तथा प्राविधिक अध्ययनमा सघाउने

एसियाली विकास बैंक (एडीबी)का नेपाल राष्ट्रिय निर्देशक आर्नो कोशवाले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठसँग भेट गरेका छन् ।
भारी वर्षाको सम्भावना: गण्डकी बेसिनका जलविद्युत आयोजनामा उच्च सतर्कता

भारी वर्षाको सम्भावना: गण्डकी बेसिनका जलविद्युत आयोजनामा उच्च सतर्कता

असोज ९-११ गतेसम्मको भारी वर्षाको प्रक्षेपणपछि गण्डकी बेसिनमा पर्ने जलविद्युत आयोजनाहरुमा उच्च सतर्कता अपनाइएको छ ।
प्रधानमन्त्री बालेनले यूएन महासभामा उठाएका ८ वटा महत्त्वपूर्ण विषय (पूर्णपाठ)

प्रधानमन्त्री बालेनले यूएन महासभामा उठाएका ८ वटा महत्त्वपूर्ण विषय (पूर्णपाठ)

प्रधानमन्त्री वालेन्द्र शाहले संयुक्त राष्ट्रसंघ महासभामा ८ वटा महत्त्वपूर्ण विषय उठाएका छन् ।