नेभिगेशन
मुख्य समाचार

सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा शय्या पाउनै मुस्किल

बाँके । बाँकेको खजुरा गाउँपालिका–७ स्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा भौतिक पूर्वाधार अभाव हुँदा सेवा प्रवाहमा समस्या देखिएको छ ।

किमोथेरापी सेवा लिँदै आएका क्यान्सरका बिरामीले शय्या अभावमा दिनभर पालो कुर्नपर्ने बाध्यता छ । दिनभर कुर्दा पनि किमोथेरापीका लागि शय्या पाउन मुस्किल हुने गरेको बिरामीहरुको गुनासो छ । 

CG

शय्या नपाउँदा किमोथेरापीका लागि दुई दिनसम्म पालो पर्खिनुपर्ने बाध्यता रहेको नेपालगञ्ज–२१ का किमोथेरापी सेवाग्राही बिरामी डिगम्बर रानाले बताए ।

बुधबार दिनभर पर्खिंदा पनि पालो नपाएपछि बिहीवार अपराह्न मात्र किमोथेरापीका लागि शय्या मिलेको उनको भनाइ छ । अस्पतालमा बिरामीको चाप दैनिक रुपमा बढ्दो छ ।

बिरामीको सङ्ख्या बढेपछि अहिले अस्पतालले एउटै शय्यामा दुई बिरामी राखेरसमेत किमोथेरापी सेवा प्रवाह गर्दै आएको छ । अस्पतालमा सञ्चालनमा रहेको ‘डे केयर वार्ड’ मा शय्या अभाव हुँदा सेवा प्रवाहमा समस्या देखिएको अस्पतालको सूचना अधिकारी डा प्रवीणकुमार गुप्ताले बताए ।

उनका अनुसार, अस्पतालमा हाल करिब ५५ शय्या मात्र सञ्चालनमा छन्, त्यसमध्ये किमोथेरापी सेवा प्रवाहका लागि सञ्चालित डे केयर वार्डमा करिव २० शय्या मात्रै रहेका छन् ।

किमोथेरापी सेवा लिने बिरामीको सङ्ख्या भने दैनिक करिब ५० हुने गरेको छ । अस्पतालमा पन्ध्र शय्याको डे केयर वार्ड भवन निर्माण भए पनि हस्तान्तरण नहुँदा थप समस्या भएको छ ।

डे केयर वार्ड भवन हस्तान्तरण भए किमोथेरापी सेवा लिने बिरामीलाई सेवा प्रवाह गर्न सहज हुने सूचना अधिकारी डा गुप्ताको भनाइ छ । उनका अनुसार, केमोथेरापी एक क्यान्सर उपचार हो जसले क्यान्सर कोषहरूलाई त तिनीहरूको वृद्धि रोकेर वा विभाजन गरेर मार्न औषधिहरू प्रयोग गर्दछ । यो सेवा मुखबाट वा नशाबाट  विभिन्न तरिकाले प्रदान गर्न सकिन्छ ।

पश्चिम नेपालको एक मात्र सरकारी क्यान्सर अस्पतालमा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका बिरामी उपचारका लागि आउने गरेका छन् । गत आर्थिक वर्ष २०८१/८२ मा मात्र यस अस्पतालबाट ३६ हजार ९३२ बिरामीले बहिरङ्ग विभागबाट सेवा लिएका थिए ।

त्यसमध्ये ७०८ बिरामीलाई शल्यक्रिया सेवा प्रवाह भएको सूचना अधिकारी गुप्ताले जानकारी दिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
नेपाल बीमा प्राधिकरण सञ्चालक समितिको कार्यवाहक अध्यक्षको जिम्मेवारी सचिव पौडेललाई

नेपाल बीमा प्राधिकरण सञ्चालक समितिको कार्यवाहक अध्यक्षको जिम्मेवारी सचिव पौडेललाई

प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयकी सचिव पौडेललाई अर्को व्यवस्था नभएसम्मका लागि बीमा प्राधिकरणको सञ्चालक समितिको अध्यक्ष पदमा कामकाज गर्नेगरि तोक्ने...
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न

समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न

जनक शिक्षा सामग्री केन्द्र लिमिटेड सानोठिमीमा सोमबार समानुपातिकतर्फको दुई करोड आठ लाख ५० हजार प्रति मतपत्र छपाइकार्य सम्पन्न भएको केन्द्रका प्रबन्ध निर्देशक यदुनाथ पौडेलले जानकारी दिए ।
राष्ट्रियसभा सदस्यको निर्वाचनः लुम्बिलीमा १६ जनप्रतिनिधिको मत बदर

राष्ट्रियसभा सदस्यको निर्वाचनः लुम्बिलीमा १६ जनप्रतिनिधिको मत बदर

यसैगरी नगरपालिका प्रमुख तथा उपप्रमुख र गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्षसमेत गरी २१७ मध्ये २०८ जना प्रतिनिधिले राष्ट्रियसभा सदस्यका लागि मतदान गरेका थिए । जसमा १० मत बदर भएको...