नेभिगेशन
मुख्य समाचार

सौराहामा रास्वपाको विस्तारित बैठक: ५ सय बढी प्रतिनिधिको यसरी हुँदै छ व्यवस्थापन

खाना खाजा पार्टीको, बास आफ्नै खर्चमा

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को केन्द्रीय विस्तारित बैठक २१ गतेबाट चितवनको सौराहा हुँदै छ । केन्द्रीय सदस्य तथा पूर्व सांसद हरि ढकालको संयोजकत्वमा विस्तारित बैठक मूल आयोजक समिति बनाएको थियो । यस अन्तर्गत विभिन्न ७ उपसमिति बनाए काम भैरहेको छ ।

संयोजक ढकालका अनुसार विस्तारित बैठकको ७० प्रतिशत बढी तयारी सकिएको छ । हल व्यवस्थापन, लजिस्टिक व्यवस्थापन लगायतका कामहरू लगभग सकिएका छन् । बिहीबार बाटै प्रतिनिधिहरू चितवन आउने क्रममा सुरु भएको छ । रास्वपाका कार्यवाहक सभापति डिपी अर्याल लगायत केन्द्रीय प्रतिनिधिहरू दिउँसो चितवन पुग्ने छन् । 

CG

कति आउँदै छन् प्रतिनिधि:
असोज २४ गतेको रास्वपाको सचिवालय बैठकले पार्टीको केन्द्रीय विस्तारित बैठक सौराहामा गर्ने निर्णय गरेको थियो । त्यसका लागि केन्द्रीय सदस्य सहित प्रदेश तथा पालिका र क्षेत्रबाट प्रतिनिधिलाई आमन्त्रित सदस्यकारुपमा सहभागी गराउने निर्णय गरेको थियो । 

रास्वपाका प्रवक्ता मनिष झाका अनुसार केन्द्रीय सदस्य, प्रदेशका पदाधिकारी, जिल्ला सभापति, अधिवेशन भएका पालिकाका सभापतिहरू प्रतिनिधिकारुपमा सहभागी हुने छ । यस्तै सबै निर्वाचन क्षेत्रका क्षेत्रीय सभापतिहरू पनि प्रतिनिधिकारुपमा विस्तारित बैठकमा सहभागी हुन् छन् ।  ५ सय ५० भन्दा धेरै प्रतिनिधि सहभागी हुने झाले जानकारी दिए ।

लेबी नतिर्ने प्रतिनिधि हुन नपाउने 
रास्वपाका प्रवक्ता मनिष झाका अनुसार बैठकमा सहभागी हुनेहरूले सचिवालयमा १५ सय रुपैयाँ तिरेर प्रतिनिधि कार्ड लिनु पर्ने छ । कार्ड नलिनेले बैठकमा सहभागी हुन पाउने छैनन् । 

खाना खाजा पार्टीको, बास आफ्नै खर्चमा 
विस्तारित बैठकमा सहभागी हुन चितवन पुग्ने प्रतिनिधिहरूका लागि रास्वपाले खाना खाजाको व्यवस्थापन गरेको छ भने आवासका लागि सहजीकरण गरे पनि आफ्नै खर्चमा बस्नु पर्ने छ । 
मूल आयोजक समितिका संयोजक हरि ढकालका अनुसार बिहान देखि रातीसम्मको खाना तथा खाजा बैठक स्थलमै व्यवस्थापन गरिएको छ । सौराहाका ५० बढी होटेलमा प्रतिनिधहरुको बसोबासको व्यवस्था मिलाइएको छ । तर बासको खर्च भने प्रतिनिधि स्यमंले तिर्नुपर्ने छ । 

 र्‍याट र चितवन सदस्यहरू स्वयंसेवक
रास्वपाले बैठक अवधीभरका लागि २ सय सदस्य भएको स्वयंसेवक टिम बनाएको छ । पदाधिकारी तथा प्रतिनिधिहरूका आवागमन व्यवस्थापन देखि बैठक स्थल भित्र बाहिरको व्यवस्थापनका लागि रास्वपाको र्‍यापिड एक्सन टिम तथा चितवनका जिल्ला सदस्य तथा वडा अध्यक्षहरू स्वयंसेवकको भूमिकामा रहने छन् ।

विस्तारित बैठकमा मूल त कार्यवाहक सभापति डिपी अर्यालले राजनीतिक प्रतिवेदन, उपसभापति डा.स्वर्णिम वाग्लेले निर्वाचन लक्षित वाचा पत्र र सहमहामन्त्री विपिन कुमार आचार्यले उम्मेदवार छनोटको प्रक्रिया बारे जानकारी गराउने छन् । त्यसपछि छलफल सुरु हुने  रास्वपाले जनाएको छ । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
सरकारले रास्वपा, राप्रपा र जनमत पार्टीको कार्यालय अनुगमन गर्दै

सरकारले रास्वपा, राप्रपा र जनमत पार्टीको कार्यालय अनुगमन गर्दै

सरकारले गठन गरेको उच्चस्तरीय राजनीतिक संवाद समितिले बुधबार तीन दलका कार्यालयको अनुगमनका साथै वार्ता र संवाद गर्ने भएको हो । समितिले विहान ११ बजे जनमत पार्टीको कार्यालय, दिउँसो...
आवश्यक भएकालाई तत्कालै राहदानी उपलब्ध गराइने

आवश्यक भएकालाई तत्कालै राहदानी उपलब्ध गराइने

विभागका अनुसार यसअघि अन्तरिम अवधिका लागि सात लाख थान राहदानी पुस्तिका उपलब्ध गराउने निर्णय भएको थियो । राहदानी पुस्तिकाको आपूर्तिसँगै विभागले पूर्ण क्षमतामा राहदानी आपूर्ति भएको छ ।
कोरला नाका जोड्ने घमी खोला पुल अन्तिम चरणमा

कोरला नाका जोड्ने घमी खोला पुल अन्तिम चरणमा

कालीगण्डकी करिडोर (बेनी–जोमसोम–कोरला) सडक आयोजनाले यहाँ निर्माणाधीन घमी खोला पुलको भौतिक प्रगति ८० प्रतिशत पुगेको र चालु आर्थिक वर्षमै सक्नेगरी काम गरिरहेको जनाइएको छ ।
बुधबारका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

बुधबारका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

यस्तै, युरोपियन युरो एकको खरिददर १६८ रुपैयाँ ९० पैसा र बिक्रीदर १६९ रुपैयाँ ६१ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९३ रुपैयाँ ३७ पैसा र बिक्रीदर १९४ रुपैयाँ...