नेभिगेशन
समाज

सौराहामा रास्वपाको विस्तारित बैठक: ५ सय बढी प्रतिनिधिको यसरी हुँदै छ व्यवस्थापन

खाना खाजा पार्टीको, बास आफ्नै खर्चमा

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को केन्द्रीय विस्तारित बैठक २१ गतेबाट चितवनको सौराहा हुँदै छ । केन्द्रीय सदस्य तथा पूर्व सांसद हरि ढकालको संयोजकत्वमा विस्तारित बैठक मूल आयोजक समिति बनाएको थियो । यस अन्तर्गत विभिन्न ७ उपसमिति बनाए काम भैरहेको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

संयोजक ढकालका अनुसार विस्तारित बैठकको ७० प्रतिशत बढी तयारी सकिएको छ । हल व्यवस्थापन, लजिस्टिक व्यवस्थापन लगायतका कामहरू लगभग सकिएका छन् । बिहीबार बाटै प्रतिनिधिहरू चितवन आउने क्रममा सुरु भएको छ । रास्वपाका कार्यवाहक सभापति डिपी अर्याल लगायत केन्द्रीय प्रतिनिधिहरू दिउँसो चितवन पुग्ने छन् । 

Ncell
Extreme Energy

कति आउँदै छन् प्रतिनिधि:
असोज २४ गतेको रास्वपाको सचिवालय बैठकले पार्टीको केन्द्रीय विस्तारित बैठक सौराहामा गर्ने निर्णय गरेको थियो । त्यसका लागि केन्द्रीय सदस्य सहित प्रदेश तथा पालिका र क्षेत्रबाट प्रतिनिधिलाई आमन्त्रित सदस्यकारुपमा सहभागी गराउने निर्णय गरेको थियो । 

रास्वपाका प्रवक्ता मनिष झाका अनुसार केन्द्रीय सदस्य, प्रदेशका पदाधिकारी, जिल्ला सभापति, अधिवेशन भएका पालिकाका सभापतिहरू प्रतिनिधिकारुपमा सहभागी हुने छ । यस्तै सबै निर्वाचन क्षेत्रका क्षेत्रीय सभापतिहरू पनि प्रतिनिधिकारुपमा विस्तारित बैठकमा सहभागी हुन् छन् ।  ५ सय ५० भन्दा धेरै प्रतिनिधि सहभागी हुने झाले जानकारी दिए ।

लेबी नतिर्ने प्रतिनिधि हुन नपाउने 
रास्वपाका प्रवक्ता मनिष झाका अनुसार बैठकमा सहभागी हुनेहरूले सचिवालयमा १५ सय रुपैयाँ तिरेर प्रतिनिधि कार्ड लिनु पर्ने छ । कार्ड नलिनेले बैठकमा सहभागी हुन पाउने छैनन् । 

खाना खाजा पार्टीको, बास आफ्नै खर्चमा 
विस्तारित बैठकमा सहभागी हुन चितवन पुग्ने प्रतिनिधिहरूका लागि रास्वपाले खाना खाजाको व्यवस्थापन गरेको छ भने आवासका लागि सहजीकरण गरे पनि आफ्नै खर्चमा बस्नु पर्ने छ । 
मूल आयोजक समितिका संयोजक हरि ढकालका अनुसार बिहान देखि रातीसम्मको खाना तथा खाजा बैठक स्थलमै व्यवस्थापन गरिएको छ । सौराहाका ५० बढी होटेलमा प्रतिनिधहरुको बसोबासको व्यवस्था मिलाइएको छ । तर बासको खर्च भने प्रतिनिधि स्यमंले तिर्नुपर्ने छ । 

 र्‍याट र चितवन सदस्यहरू स्वयंसेवक
रास्वपाले बैठक अवधीभरका लागि २ सय सदस्य भएको स्वयंसेवक टिम बनाएको छ । पदाधिकारी तथा प्रतिनिधिहरूका आवागमन व्यवस्थापन देखि बैठक स्थल भित्र बाहिरको व्यवस्थापनका लागि रास्वपाको र्‍यापिड एक्सन टिम तथा चितवनका जिल्ला सदस्य तथा वडा अध्यक्षहरू स्वयंसेवकको भूमिकामा रहने छन् ।

विस्तारित बैठकमा मूल त कार्यवाहक सभापति डिपी अर्यालले राजनीतिक प्रतिवेदन, उपसभापति डा.स्वर्णिम वाग्लेले निर्वाचन लक्षित वाचा पत्र र सहमहामन्त्री विपिन कुमार आचार्यले उम्मेदवार छनोटको प्रक्रिया बारे जानकारी गराउने छन् । त्यसपछि छलफल सुरु हुने  रास्वपाले जनाएको छ । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
भोटेकोशी भेलबाढीपछि ल्हेन्दे खोलाको माथिल्लो जलाधारमा बने दुई नयाँ हिमताल

भोटेकोशी भेलबाढीपछि ल्हेन्दे खोलाको माथिल्लो जलाधारमा बने दुई नयाँ हिमताल

गत भदौ १० गतेको विनाशकारी बाढीपछि रसुवाको ल्हेन्खे खोलाको माथिल्लो जलाधार क्षेत्रमा दुई नयाँ हिमताल बनेका छन्।
सुन तोलामा १२०० रुपैयाँ बढ्यो, चाँदीको मूल्य पनि उकालो

सुन तोलामा १२०० रुपैयाँ बढ्यो, चाँदीको मूल्य पनि उकालो

नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबारको तुलनामा आइतबार छापावाल सुनको मूल्य तोलामा १ हजार २०० रुपैयाँ बढेको हो।
भोटेकोशी बाढीले १८ विद्यालयमा क्षति,  बनाउन ४ अर्बभन्दा बढी लाग्ने

भोटेकोशी बाढीले १८ विद्यालयमा क्षति, बनाउन ४ अर्बभन्दा बढी लाग्ने

भोटेकोशी बाढीबाट रसुवा, नुवाकोट र धादिङका १८ वटा विद्यालयमा क्षति पुगेको छ। तीमध्ये ११ वटा विद्यालय पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् भने विद्यालयका भवन तथा शैक्षिक सम्पत्तिमा मात्रै...