नेभिगेशन
सबै कुरा

प्रतिनिधिसभा निर्वाचनको ९ महिनापछि बल्ल पायो संसदीय समितिले पुर्णता

११ भदौ,काठमाडौं -‘मिनी पार्लियामेन्ट’ का रूपमा लिइने संसदीय समितिको नेतृत्व चयनले सोमबार पुर्णता पाएको छ । प्रतिनिधिसभाअन्तर्गत गठित १०  विषयगत समिति सर्वसम्मतले पुर्णता पाएको हो। 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

आइतबार दशमध्ये नौ समितिको सभापतिमा एकल उम्मेदवारी परेको थियो भने उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सभापतिमा दुई जनाको उम्मेदवारी परेको थियो । जसमा जनमतका अब्दुल खान र रास्वपाका गणेश पराजुलीको उम्मेदवारी थियो । तर निर्वाचनको अन्तिम क्षणमा रास्वपाका उम्मेदवार गणेश पराजुलीले उम्मेदवारी फिर्ता लिएपछि जनमतका अब्दुल खान सर्वसम्मत निर्वाचित भएका हुन् । 

Ncell
Extreme Energy

त्यस्तै अर्थ समितिको सभापतिमा नेपाली कांग्रेसका सन्तोष चालिसे, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको सभापतिमा जसपाका राजकिशोर यादव चयन भएका छन्।

कानून, न्याय तथा मानवअधिकार समितिको सभापतिमा माओवादी केन्द्रका विमला सुवेदी, कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको सभापतिमा नेपाली  कांग्रेसकी आरजु राणा देउवा, महिला तथा सामाजिक मामिला समितिको सभापतिमा किरणकुमार साह र राज्य व्यवस्था तथा सुशासन समितिमा रामहरि खतिवडा चयन भएका हुन्।

त्यसैगरी, पूर्वाधार विकास समितिको सभापतिमा राप्रपाका दीपकबहादुर सिंह, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको सभापतिमा एकीकृत समाजवादीका भानुभक्त जोशी र सार्वजनिक लेखा समितिको सभापतिमा एमालेका ऋषिकेश पोखरेल सर्वसम्मत निर्वाचित भएका हुन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
संसद्‍मा किन पुगेन कोरम ? यसो भन्छिन् आशिका तामाङ

संसद्‍मा किन पुगेन कोरम ? यसो भन्छिन् आशिका तामाङ

प्रतिनिधि सभा बैठकमा कोरम नपुगेर बैठक स्थगित भएपछि अहिले सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीको आलोचना भइरहेको छ ।
बेलगाम रास्वपा सांसद, संसद्‍मा हाजिर गरेर भत्ता पकाउँदै टाप

बेलगाम रास्वपा सांसद, संसद्‍मा हाजिर गरेर भत्ता पकाउँदै टाप

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरु गैरजिम्मेवार बनेका छन् ।
सात संसदीय समितिको बैठक बस्दै, गृहको उजुरीदेखि कोपसम्म एजेण्डा

सात संसदीय समितिको बैठक बस्दै, गृहको उजुरीदेखि कोपसम्म एजेण्डा

विभिन्न सात वटा संसदीय समितिको बैठक बस्दैछ ।
राष्ट्रियसभाको बैठक बस्दै, एजेण्डामा छन् तीन विधेयक

राष्ट्रियसभाको बैठक बस्दै, एजेण्डामा छन् तीन विधेयक

संघीय संसद्, राष्ट्रियसभाको बैठक बस्दैछ ।