नेभिगेशन
समाज
रास्वपा विस्तारित बैठक

रास्वपाले 'चितवन घोषणा पत्र २०८२' जारी गर्ने

चितवन(सौराहा)। राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले चितवन घोषणा पत्र २०८२ जारी गर्ने भएको छ । सौराहामा जारी केन्द्रीय समितिको विस्तारित बैठक लगत्तै घोषणा पत्र जारी गर्ने तयारी भएको रास्वपाका प्रवक्ता मनिष झाले जानकारी दिए । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

शुक्रवारबाट जारी बैठकमा प्रस्तुत प्रतिवेदनमाथि समुहगतरुपमा छलफल भइरहेको छ । पहिलो दिने कार्यवाहक सभापति डोलप्रसाद(डिपी)अर्यालले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन, महामन्त्री कविन्द्र बुर्लाकोटीले पेस गरेको साङ्गठनिक प्रतिवेदनमाथि शुक्रवार रातिसम्म छलफल चलेको थियो । 
दोस्रो दिन उपसभापति डा.स्वर्णिम वाग्लले रास्वपाको वाचा पत्रको खाका पेस गर्दै छन् । त्यसभन्दा अघि सभापति रवि लामिछानेमाथि भएको राजनीतिक प्रतिशोध विरुद्ध जनताको हस्ताक्षर अभियानको प्रतिवेदन पेस हुने छ । केन्द्रीय सदस्य तथा हस्ताक्षर अभियानका संयोजक दीपकराज बोहोराले उक्त प्रतिवेदन पेस गर्ने छन् । 

Ncell
Extreme Energy

केन्द्रीय सदस्य गणेश पराजुली तथा केन्द्रीय विभाग प्रमुख रवी किरण अधिकारीले निर्वाचन क्षेत्र स्तरीय स्वमूल्याङ्कन फारम पेस गर्ने छन् भने सहमहामन्त्री विपिन कुमार आचार्यले उम्मेदवार छनोट विधि सम्बन्धी प्रस्तुत गर्ने कार्यसूची रहेको छ । त्यसपछि प्रतिनिधिहरूले छलफलबाट दिएको सुझाव समेटेर घोषणा पत्र तयारी गरिने प्रवक्ता झाले बताए । 

नेता कार्यकर्ताहरूको तीव्र आकाङ्क्षा बिच भएको विस्तारित बैठकले पार्टी भित्र उठेका विचारहरूको सम्बोधन गर्दै, पार्टीको महाधिवेशन, रास्वपाको राजनीतिक रोड म्याप तथा निर्वाचन केन्द्रित घोषणापत्र जारी गर्ने तयारी भएको रास्वपाले जनाएको छ । 

सौराहामा जारी बैठकमा बैठकमा पार्टी केन्द्रीय सदस्य, सचिवालय सदस्य, सल्लाहकार परिषद्का सदस्य, केन्द्रीय विभागका पदाधिकारी, प्रदेशका सचिवालय सदस्य, प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय सभापति, जिल्ला सभापति, विदेशमा रहेका पार्टी सङ्गठनका पदाधिकारी तथा पालिकाका सभापतिहरूसहित ५ सय बढी प्रतिनिधि सहभागी छन् । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
धाप ड्याम कति जोखिममा, सरकारी अध्ययन टोलीले के निकाल्यो निष्कर्ष ?

धाप ड्याम कति जोखिममा, सरकारी अध्ययन टोलीले के निकाल्यो निष्कर्ष ?

लगातारको वर्षापछि ड्यामको उत्तरतर्फ, सिन्धुपाल्चोकको हैबुङतर्फ सडकमुनि पहिरो गएको छ। पहिरोका कारण सडक किनारमा बनाइएको ग्याबिन वाल भासिएको छ भने ह्युम पाइपको जोर्नीमा समेत क्षति पुगेको छ।
१५औँ महाधिवेशनमा उत्साहपूर्वक सहभागी हुन कांग्रेस सभापति थापाको आह्वान

१५औँ महाधिवेशनमा उत्साहपूर्वक सहभागी हुन कांग्रेस सभापति थापाको आह्वान

सभापति थापाले मंगलबार ‘हार्दिक आह्वान’ जारी गर्दै असोज ३ र ४ गते हुने वडा अधिवेशनमा सक्रियतापूर्वक सहभागी हुन कांग्रेसजनलाई आग्रह गरेका हुन्। उनका अनुसार १५औँ महाधिवेशन असोज १६...
सभापति लामिछानेले बोलाए सर्वदलीय बैठक

सभापति लामिछानेले बोलाए सर्वदलीय बैठक

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सर्वदलीय बैठक बोलाएका छन् ।
बङ्गलादेशमा आवामी लिगका सात नेताविरुद्ध मृत्युदण्डको फैसला

बङ्गलादेशमा आवामी लिगका सात नेताविरुद्ध मृत्युदण्डको फैसला

अदालतले उनीहरूलाई हत्या तथा मानवताविरुद्धको अपराध र हत्याका लागि उक्साएको अभियोगमा दोषी ठहर गरेको हो। सजाय सुनाइएकामध्ये आवामी लिगका पूर्वमहासचिव ओबैदुल कादेर र पूर्वमन्त्री मोहम्मद अली अराफात रहेका  ...