नेभिगेशन
समाज
रास्वपा विस्तारित बैठक

रास्वपाले 'चितवन घोषणा पत्र २०८२' जारी गर्ने

चितवन(सौराहा)। राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले चितवन घोषणा पत्र २०८२ जारी गर्ने भएको छ । सौराहामा जारी केन्द्रीय समितिको विस्तारित बैठक लगत्तै घोषणा पत्र जारी गर्ने तयारी भएको रास्वपाका प्रवक्ता मनिष झाले जानकारी दिए । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

शुक्रवारबाट जारी बैठकमा प्रस्तुत प्रतिवेदनमाथि समुहगतरुपमा छलफल भइरहेको छ । पहिलो दिने कार्यवाहक सभापति डोलप्रसाद(डिपी)अर्यालले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन, महामन्त्री कविन्द्र बुर्लाकोटीले पेस गरेको साङ्गठनिक प्रतिवेदनमाथि शुक्रवार रातिसम्म छलफल चलेको थियो । 
दोस्रो दिन उपसभापति डा.स्वर्णिम वाग्लले रास्वपाको वाचा पत्रको खाका पेस गर्दै छन् । त्यसभन्दा अघि सभापति रवि लामिछानेमाथि भएको राजनीतिक प्रतिशोध विरुद्ध जनताको हस्ताक्षर अभियानको प्रतिवेदन पेस हुने छ । केन्द्रीय सदस्य तथा हस्ताक्षर अभियानका संयोजक दीपकराज बोहोराले उक्त प्रतिवेदन पेस गर्ने छन् । 

Marvel

केन्द्रीय सदस्य गणेश पराजुली तथा केन्द्रीय विभाग प्रमुख रवी किरण अधिकारीले निर्वाचन क्षेत्र स्तरीय स्वमूल्याङ्कन फारम पेस गर्ने छन् भने सहमहामन्त्री विपिन कुमार आचार्यले उम्मेदवार छनोट विधि सम्बन्धी प्रस्तुत गर्ने कार्यसूची रहेको छ । त्यसपछि प्रतिनिधिहरूले छलफलबाट दिएको सुझाव समेटेर घोषणा पत्र तयारी गरिने प्रवक्ता झाले बताए । 

नेता कार्यकर्ताहरूको तीव्र आकाङ्क्षा बिच भएको विस्तारित बैठकले पार्टी भित्र उठेका विचारहरूको सम्बोधन गर्दै, पार्टीको महाधिवेशन, रास्वपाको राजनीतिक रोड म्याप तथा निर्वाचन केन्द्रित घोषणापत्र जारी गर्ने तयारी भएको रास्वपाले जनाएको छ । 

सौराहामा जारी बैठकमा बैठकमा पार्टी केन्द्रीय सदस्य, सचिवालय सदस्य, सल्लाहकार परिषद्का सदस्य, केन्द्रीय विभागका पदाधिकारी, प्रदेशका सचिवालय सदस्य, प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय सभापति, जिल्ला सभापति, विदेशमा रहेका पार्टी सङ्गठनका पदाधिकारी तथा पालिकाका सभापतिहरूसहित ५ सय बढी प्रतिनिधि सहभागी छन् । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
दाङका ८ भूमिहिन परिवारले पाए लालपुर्जा

दाङका ८ भूमिहिन परिवारले पाए लालपुर्जा

लामो समयदेखि आफ्नो नाममा जग्गाको स्वामित्व नपाएका स्थानीयले जग्गाधनी पुर्जा प्राप्त गरेसँगै उनीहरू कानुनी रूपमा जग्गाधनी बनेका छन्।
सुपर सोपर रोलर प्रयोग गरेर सुकाइँदै  त्रिवि क्रिकेट मैदान

सुपर सोपर रोलर प्रयोग गरेर सुकाइँदै  त्रिवि क्रिकेट मैदान

रोलर प्रयोग गरेर पानी हटाउने काम गरिएको हो । सुपर सोपरले क्रिकेट मैदानमा जमेको पानी सोस्ने र मैदानलाई छिटो सुकाउन मद्दत गर्छ ।
बडीमालिका हिमपात अपडेटः एक जनाको उद्धार, एकको खोजी जारी

बडीमालिका हिमपात अपडेटः एक जनाको उद्धार, एकको खोजी जारी

प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजालले हिमपातमा फसेका युवकको हेलिकप्टरमार्फत उद्धार गरी सदरमुकाम मार्तडीमा पुर्‍याइएको बताए । उनका अनुसार ती युवकको स्वास्थ्य अवस्था भने सामान्य छ ।
त्रिवि क्रिकेट मैदानबाट मोटरको प्रयोग गरेर पानी निकालिँदै (तस्बिरहरू)

त्रिवि क्रिकेट मैदानबाट मोटरको प्रयोग गरेर पानी निकालिँदै (तस्बिरहरू)

उनका अनुसार बिहीबार रातिदेखि परेको वर्षाका कारण कीर्तिपुरस्थित त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट मैदान पूरै भिजेको छ । खेल रद्द भएसँगै चितवन र लुम्बिनीले एकएक अङ्क बाँडेका छन् । क्यानका...