नेभिगेशन
मुख्य समाचार

प्राध्यापक तथा शिक्षकहरु राजनीतिक गतिविधिमा संलग्न भए कारबाही गर्ने शिक्षामन्त्री पुनको चेतावनी

काठमाडौँ । शिक्षामन्त्री महावीर पुनले प्राध्यापक, शिक्षकहरु राजनीतिक गतिविधिमा संलग्न रहेको पाइएमा कारवाही गर्ने चेतावनी दिएका छन् । मन्त्री पुनले विज्ञप्ती जारी गर्दै शिक्षक तथा प्राध्यापकहरु राजनीतिक गतिबिधिमा संलग्न भएका कारण शिक्षाको गुणस्तर खस्किएको भन्ने गुनासो आएका कारण त्यसतर्फ ध्यानाकर्षण भएको बताएका हुन् । 

त्यस्तै शिक्षक, प्राध्यापक तथा कर्मचारीका बिभिन्न संघसंगठनहरुलाई शिक्षा मन्त्रालयले मान्यता नदिने भएको छ । 

CG

उनले विज्ञप्तीमा कुनै पनि पेशागत ऐनहरुले त्यस्तो सेवामा कार्यरत कसैलाई पनि पेशागत हकहित र अधिकार प्राप्तिको लागि सौदावाजी गर्ने बाहेक अन्य राजनीतिक गतिविधिमा संलग्न हुने अधिकार नदिएको र भएको पाइएमा पदबाट बर्खास्त गर्न सकिनेसम्मको कानुनी व्यवस्था रहेको अवगत गराएका छन् । 

‘बिभिन्न राजनीतिक दलका नियमावलीमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा भातृसंगठन वा शुभेच्छुक संस्थाका रुपमा उल्लेख गरिएको शिक्षक, प्राध्यापक तथा कर्मचारीका बिभिन्न संघसंगठनहरुलाई मन्त्रालयले मान्यता नदिने निर्णय गरेको जानकारी गराउँछु ।’ विज्ञप्तीमा भनिएको छ । 

उनले त्यस्ता संघ संगठनहरुलाई गैरराजनीतिक चरित्रको, स्वतन्त्र र व्यवसायिक प्रकृतिको बनाउने प्रयोजनार्थ सोही बमोजिमको कानुनी प्रबन्धसहित पुनर्गठन गर्न समेत आह्वान गरेका छन् । आफ्नो पेशागत कर्तब्य, नैतिक दायित्व, आचरण, शिक्षा क्षेत्रको संवेदनशिलता र विद्यालय र विश्वविद्यालय शान्ति क्षेत्रको मर्म विपरितका क्रियाकलाप गरेको पाइएमा प्रचलित कानुन बमोजिम कारबाही गर्न मन्त्रालयले कुनै कसर बाँकी नराख्ने समेत शिक्षामन्त्री पुनले बताएका छन् । 


 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
त्रिविको ५१औँ दीक्षान्त समारोह आज

त्रिविको ५१औँ दीक्षान्त समारोह आज

समारोहमा नोबेल पुरस्कार विजेता जापानी प्राध्यापक ताकाआकी काजिता प्रमुख अतिथिका रूपमा सहभागी हुनेछन् । टोकियो विश्वविद्यालयमा आबद्ध उनले सन् २०१५ को भौतिकशास्त्रतर्फ नोबेल पुरस्कार प्राप्त गरेका थिए ।
क्रिश्चियन धर्मावलम्बीले आज ‘क्रिसमस डे’ मनाउँदै

क्रिश्चियन धर्मावलम्बीले आज ‘क्रिसमस डे’ मनाउँदै

पवित्र आत्माबाट गर्भवती भई कुमारी मरियमबाट जन्मएको भनिएका येशु ख्रीष्टले तीन मुख्य खुसियाली दिएको नेपाल ख्रिष्टियन महासङ्घका अध्यक्ष सिबी गहतराजले जानकारी दिए । उनले मुक्ति, प्रेम र शान्ति...
आजको विदेशी मुद्राको विनिमयदर

आजको विदेशी मुद्राको विनिमयदर

युरोपियन युरो एकको खरिदर १६९ रुपैयाँ ०९ पैसा र बिक्रीदर १६९ रुपैयाँ ७९ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिदर १९३ रुपैयाँ ७४ पैसा र बिक्रीदर १९४ रुपैयाँ ५५...
निर्वाचन आयोगद्वारा निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा जारी

निर्वाचन आयोगद्वारा निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा जारी

निर्वाचनमा स्वतन्त्रता, स्वच्छता, निष्पक्षता, पारदर्शिता, मितव्ययिता तथा भयमुक्त वातावरण कायम राख्न निर्वाचन आचारसंहिताको मस्यौदा जारी गरिएको आयोगले जनाएको छ ।