नेभिगेशन
समाज

प्राध्यापक तथा शिक्षकहरु राजनीतिक गतिविधिमा संलग्न भए कारबाही गर्ने शिक्षामन्त्री पुनको चेतावनी

काठमाडौँ । शिक्षामन्त्री महावीर पुनले प्राध्यापक, शिक्षकहरु राजनीतिक गतिविधिमा संलग्न रहेको पाइएमा कारवाही गर्ने चेतावनी दिएका छन् । मन्त्री पुनले विज्ञप्ती जारी गर्दै शिक्षक तथा प्राध्यापकहरु राजनीतिक गतिबिधिमा संलग्न भएका कारण शिक्षाको गुणस्तर खस्किएको भन्ने गुनासो आएका कारण त्यसतर्फ ध्यानाकर्षण भएको बताएका हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

त्यस्तै शिक्षक, प्राध्यापक तथा कर्मचारीका बिभिन्न संघसंगठनहरुलाई शिक्षा मन्त्रालयले मान्यता नदिने भएको छ । 

Ncell
Extreme Energy

उनले विज्ञप्तीमा कुनै पनि पेशागत ऐनहरुले त्यस्तो सेवामा कार्यरत कसैलाई पनि पेशागत हकहित र अधिकार प्राप्तिको लागि सौदावाजी गर्ने बाहेक अन्य राजनीतिक गतिविधिमा संलग्न हुने अधिकार नदिएको र भएको पाइएमा पदबाट बर्खास्त गर्न सकिनेसम्मको कानुनी व्यवस्था रहेको अवगत गराएका छन् । 

‘बिभिन्न राजनीतिक दलका नियमावलीमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा भातृसंगठन वा शुभेच्छुक संस्थाका रुपमा उल्लेख गरिएको शिक्षक, प्राध्यापक तथा कर्मचारीका बिभिन्न संघसंगठनहरुलाई मन्त्रालयले मान्यता नदिने निर्णय गरेको जानकारी गराउँछु ।’ विज्ञप्तीमा भनिएको छ । 

उनले त्यस्ता संघ संगठनहरुलाई गैरराजनीतिक चरित्रको, स्वतन्त्र र व्यवसायिक प्रकृतिको बनाउने प्रयोजनार्थ सोही बमोजिमको कानुनी प्रबन्धसहित पुनर्गठन गर्न समेत आह्वान गरेका छन् । आफ्नो पेशागत कर्तब्य, नैतिक दायित्व, आचरण, शिक्षा क्षेत्रको संवेदनशिलता र विद्यालय र विश्वविद्यालय शान्ति क्षेत्रको मर्म विपरितका क्रियाकलाप गरेको पाइएमा प्रचलित कानुन बमोजिम कारबाही गर्न मन्त्रालयले कुनै कसर बाँकी नराख्ने समेत शिक्षामन्त्री पुनले बताएका छन् । 


 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
यस्तो छ कांग्रेस निर्वाचन कार्यतालिका, मतदान कहाँकहाँ?

यस्तो छ कांग्रेस निर्वाचन कार्यतालिका, मतदान कहाँकहाँ?

नेपाली कांग्रेसको निर्वाचन समितिले १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ।
परराष्ट्रमन्त्री खनाल 'प्रि–कोप लिडर्स इभेन्ट' मा सहभागी हुन फिजीमा

परराष्ट्रमन्त्री खनाल 'प्रि–कोप लिडर्स इभेन्ट' मा सहभागी हुन फिजीमा

परराष्ट्रमन्त्री शिशिर खनाल जलवायु परिवर्तनसम्बन्धी ‘प्रि–कोप लिडर्स इभेन्ट’ मा सहभागी हुन फिजीकाे नादि अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेका छन् । फिजी र टुभालुमा अक्टोबर ५ र ६ मा आयोजना हुने...
कांग्रेस किन सानो दल बन्यो, रास्वपाले कसरी ओभरटेक गर्‍यो ? गगनको निर्मम समीक्षाले देखाएका ६ कारण

कांग्रेस किन सानो दल बन्यो, रास्वपाले कसरी ओभरटेक गर्‍यो ? गगनको निर्मम समीक्षाले देखाएका ६ कारण

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टी कसरी सानो बन्यो भनेर निर्मम समीक्षा गरेका छन् । कांग्रेस कसरी सानो बन्यो र रास्वपाले कसरी ओभरटेक गरेर ठूलो पार्टी बन्यो भनेर...
केपी ओलीको पालादेखिको फाइल खोल्दै प्रतिभा रावल, प्रारम्भमै देखियो अनियमितता

केपी ओलीको पालादेखिको फाइल खोल्दै प्रतिभा रावल, प्रारम्भमै देखियो अनियमितता

भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले मन्त्रालयअन्तर्गत विगतमा भएका अनियमितताको अध्ययन थालेकी छिन् ।