नेभिगेशन
मुख्य समाचार

जेन-जी अगुवा तथा अभियान्ताहरुको सामूहिक आह्वान: जेन-जी र वैकल्पिक शक्ति एक ठाउँमा उभिऔँ

काठमाडौँ । जेन-जी अगुवाहरू नै छिन्न भिन्न भएपछि सामाजिक अभियान्ताहरुले जेनजी सहित वैकल्पिक शक्तिहरू एक ठाउँमा उभिन आह्वान गरेका छन् । 

एक विज्ञप्ति जारी गर्दै जेन-जी आन्दोलनका सुरुवातकर्ता पुरुषोत्तम यादव सहित प्रवेश दाहाल, सुप्रीया शाही ठकुरी, सुजता जिसी, महेश जैसी, निरुता पौडेल, अबिन लिम्बु, टिकाराम लिम्बु, किरण लिम्बु, प्रकाश धामी, सुप्रसिद्ध सुबेदीले जेन-जी अगुवाहरू नै छुट्टाछुट्टै बाटोमा लाग्दो आन्दोलनका उपलब्धि गुम्ने खतरा रहेको जनाएका छन् । 

उनीहरुसँगै अभियान्ता सागर ढकाल, सोम शर्मा, अजय श्रेष्ठ, हेमराज थापा, विजय कँडेल, सुसान्त वैदिक, प्रज्वल पौडेल, निकुुञ्ज भण्डारी, डम्बर साहु, अतीत बाबु रिजाल, रिवाज शर्माले ऐक्यबद्धता जनाएका छन् । 

विज्ञप्तिमा नयाँ सोच र आशा बोकेका जेन-जी लगायत वैकल्पिक शक्ति मानिएका दल तथा नेताहरू एक अर्कालाई स्वीकार गर्न नसक्दा जनताका विश्वास कमजोर हुँदै गएको अभियान्ताहरुको ठम्याई छ । 

त्यसैले सबै वैकल्पीक शक्ति र जेन-जीका अगुवाहरू आफ्ना व्यक्तिगत वा सामूहिक हठ र स्वार्थ त्यागेर एउटै मोर्चामा आएर छिन्नभिन्न रूपमा नभई एक मात्र सशक्त मूलधारको राजनीतिक शक्ति निमार्ण गर्नुपर्ने उनीहरूको माग छ । 

साथै उनीहरूले जेन-जी आन्दोलनलाई संस्थागत गराउन राष्ट्रपतिसँग सम्झौता हुनुपर्ने समेत माग गरेका छन् । 

यस्तै आन्दोलनमा सहभागीहरूलाई फौजदारी कानुनको दृष्टिकोणबाट नहेरी, आन्दोलनको मर्मबाट हेर्नुपर्ने र सोही अनुसार न्यायिक प्रक्रिया अवलम्बन गर्नुपर्ने उनीहरूको माग छ । उनीहरूले भनेका छन्, आन्दोलनकारीहरूलाई अनावश्यक थुना अभियोजन र त्रासबाट मुक्त गराउन सरकारसँग माग गर्दछौँ । 

उनीहरूले विदेशमा रहेका नेपालीहरूलाई फागुन २१ को निर्वाचन मत हाल्न पाउने व्यवस्था मिलाउन पनि आग्रह गरेका छन् ।  

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
नक्कली भूटानी शरणार्थी प्रकरणमा संलग्न रन्जनकुमार खरेल पक्राउ

नक्कली भूटानी शरणार्थी प्रकरणमा संलग्न रन्जनकुमार खरेल पक्राउ

सिआइबीका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक शिवकुमार श्रेष्ठले खरेल उक्त नक्क्ली भूटानी शरणार्थी ठगी घटनामा नगद तथा चेकमार्फत रकम जम्मा गर्ने, ओसारपसार गर्ने, गैरकानुनी रुपमा ठगी तथा कागजात कीर्ते...
दल दर्ताका लागि निर्वाचन आयोगको कार्यालय पुग्यो, नेपाली कम्युनिष्ट पार्टी(तस्बिरहरु)

दल दर्ताका लागि निर्वाचन आयोगको कार्यालय पुग्यो, नेपाली कम्युनिष्ट पार्टी(तस्बिरहरु)

आइतबार नेपाली कम्युनिस्ट पार्टीका नेताहरु बर्षमान पुन, राजेन्द्र पाण्डे, देब गुरुङलगाएतका नेताहरु निर्वाचन आयोग पुगेर दल दर्ताका लागि आवश्यक कागजातहरु बुझाएका हुन । त्यस्तै नेपाली कम्युनिस्ट पार्टीका नेता...
दल दर्ताका लागि नेपाली कम्युनिष्ट पार्टीले आयोगमा बुझायो विवरण

दल दर्ताका लागि नेपाली कम्युनिष्ट पार्टीले आयोगमा बुझायो विवरण

आइतबार नेपाली कम्युनिस्ट पार्टीका नेताहरु बर्षमान पुन, राजेन्द्र पाण्डे, देब गुरुङलगाएतका नेताहरु निर्वाचन आयोग पुगेर दल दर्ताका लागि आवश्यक कागजातहरु बुझाएका हुन ।

भर्खरै