नेभिगेशन
समाज

जेन-जी अगुवा तथा अभियान्ताहरुको सामूहिक आह्वान: जेन-जी र वैकल्पिक शक्ति एक ठाउँमा उभिऔँ

काठमाडौँ । जेन-जी अगुवाहरू नै छिन्न भिन्न भएपछि सामाजिक अभियान्ताहरुले जेनजी सहित वैकल्पिक शक्तिहरू एक ठाउँमा उभिन आह्वान गरेका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

एक विज्ञप्ति जारी गर्दै जेन-जी आन्दोलनका सुरुवातकर्ता पुरुषोत्तम यादव सहित प्रवेश दाहाल, सुप्रीया शाही ठकुरी, सुजता जिसी, महेश जैसी, निरुता पौडेल, अबिन लिम्बु, टिकाराम लिम्बु, किरण लिम्बु, प्रकाश धामी, सुप्रसिद्ध सुबेदीले जेन-जी अगुवाहरू नै छुट्टाछुट्टै बाटोमा लाग्दो आन्दोलनका उपलब्धि गुम्ने खतरा रहेको जनाएका छन् । 

Ncell
Extreme Energy

उनीहरुसँगै अभियान्ता सागर ढकाल, सोम शर्मा, अजय श्रेष्ठ, हेमराज थापा, विजय कँडेल, सुसान्त वैदिक, प्रज्वल पौडेल, निकुुञ्ज भण्डारी, डम्बर साहु, अतीत बाबु रिजाल, रिवाज शर्माले ऐक्यबद्धता जनाएका छन् । 

विज्ञप्तिमा नयाँ सोच र आशा बोकेका जेन-जी लगायत वैकल्पिक शक्ति मानिएका दल तथा नेताहरू एक अर्कालाई स्वीकार गर्न नसक्दा जनताका विश्वास कमजोर हुँदै गएको अभियान्ताहरुको ठम्याई छ । 

त्यसैले सबै वैकल्पीक शक्ति र जेन-जीका अगुवाहरू आफ्ना व्यक्तिगत वा सामूहिक हठ र स्वार्थ त्यागेर एउटै मोर्चामा आएर छिन्नभिन्न रूपमा नभई एक मात्र सशक्त मूलधारको राजनीतिक शक्ति निमार्ण गर्नुपर्ने उनीहरूको माग छ । 

साथै उनीहरूले जेन-जी आन्दोलनलाई संस्थागत गराउन राष्ट्रपतिसँग सम्झौता हुनुपर्ने समेत माग गरेका छन् । 

यस्तै आन्दोलनमा सहभागीहरूलाई फौजदारी कानुनको दृष्टिकोणबाट नहेरी, आन्दोलनको मर्मबाट हेर्नुपर्ने र सोही अनुसार न्यायिक प्रक्रिया अवलम्बन गर्नुपर्ने उनीहरूको माग छ । उनीहरूले भनेका छन्, आन्दोलनकारीहरूलाई अनावश्यक थुना अभियोजन र त्रासबाट मुक्त गराउन सरकारसँग माग गर्दछौँ । 

उनीहरूले विदेशमा रहेका नेपालीहरूलाई फागुन २१ को निर्वाचन मत हाल्न पाउने व्यवस्था मिलाउन पनि आग्रह गरेका छन् ।  

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
परराष्ट्रमन्त्री खनाल 'प्रि–कोप लिडर्स इभेन्ट' मा सहभागी हुन फिजीमा

परराष्ट्रमन्त्री खनाल 'प्रि–कोप लिडर्स इभेन्ट' मा सहभागी हुन फिजीमा

परराष्ट्रमन्त्री शिशिर खनाल जलवायु परिवर्तनसम्बन्धी ‘प्रि–कोप लिडर्स इभेन्ट’ मा सहभागी हुन फिजीकाे नादि अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेका छन् । फिजी र टुभालुमा अक्टोबर ५ र ६ मा आयोजना हुने...
कांग्रेस किन सानो दल बन्यो, रास्वपाले कसरी ओभरटेक गर्‍यो ? गगनको निर्मम समीक्षाले देखाएका ६ कारण

कांग्रेस किन सानो दल बन्यो, रास्वपाले कसरी ओभरटेक गर्‍यो ? गगनको निर्मम समीक्षाले देखाएका ६ कारण

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टी कसरी सानो बन्यो भनेर निर्मम समीक्षा गरेका छन् । कांग्रेस कसरी सानो बन्यो र रास्वपाले कसरी ओभरटेक गरेर ठूलो पार्टी बन्यो भनेर...
केपी ओलीको पालादेखिको फाइल खोल्दै प्रतिभा रावल, प्रारम्भमै देखियो अनियमितता

केपी ओलीको पालादेखिको फाइल खोल्दै प्रतिभा रावल, प्रारम्भमै देखियो अनियमितता

भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले मन्त्रालयअन्तर्गत विगतमा भएका अनियमितताको अध्ययन थालेकी छिन् ।
कांग्रेस सभापतिमा उठ्नेले तिर्नुपर्छ ४० हजार उम्मेदवारी दस्तुर

कांग्रेस सभापतिमा उठ्नेले तिर्नुपर्छ ४० हजार उम्मेदवारी दस्तुर

नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदमा उम्मेदवारी दिनेले ४० हजार रुपैयाँ उम्मेदवारी दस्तुर तिर्नुपर्ने भएको छ।