नेभिगेशन
मुख्य समाचार

दल दर्ताका लागि नेपाली कम्युनिष्ट पार्टीले आयोगमा बुझायो विवरण

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीले दल दर्ताका लागि आवश्यक कागजातहरु निर्वाचन आयोगमा बुझाएको छ ।

आइतबार नेपाली कम्युनिस्ट पार्टीका नेताहरु बर्षमान पुन, राजेन्द्र पाण्डे, देब गुरुङलगाएतका नेताहरु निर्वाचन आयोग पुगेर दल दर्ताका लागि आवश्यक कागजातहरु बुझाएका हुन ।

नेपाली कम्युनिस्ट पार्टी आवद्ध दलका प्रतिनिधिहरुले विधान, माइनुट, नयाँ पार्टीको घोषणापत्र लगाएतका कागजात बुझाइएको नेता राजेन्द्र पाण्डेले जानकारी दिए । सवै कागजात पुरा गरेर आयोगलाई दिएको भन्दै छिटै दल दर्ताको प्रमाणपत्र प्राप्त हुने उनले बताए ।

त्यस्तै नेपाली कम्युनिस्ट पार्टीका नेता बर्षमान पुनले पार्टीले निरन्तर कम्युनिष्ट एकतालाई जारी राख्ने बताए । जनार्दन शर्मा, घनश्याम लगाएत लगाएत कम्युनिष्ट नेताहरु एउटै बाटोमा रहेपनि आफुहरु मूल बाटोमा लाग्दा जनार्दन र घनश्याम घुम्तीमा नै अल्मलिएको उनले बताए ।

उनले सवै नेताहरुलाई एकतामा सहभागी हुन आह्वान समेत गरेका छन् । उनले छुटेका नेताहरु पनि एक दिन कम्युनिष्ट एकतामा आउने विश्वास व्यक्त गरे ।

माओवादी, नेकपा एकीकृत समाजवादी लगाएत १० बामपन्थी दलबीचको एकतापछि बनेको नेपाली कम्युनिस्ट पार्टीले यसअघि नै दल दर्ताका लागि आयोगमा निवदेन दिएको थियो । दल दर्ताका लागि केहि कागजात अपुग भएपछि आयोगले माग गरे बमोजिमको कागजात सो पार्टीले उपलव्ध गराएको हो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
नक्कली भूटानी शरणार्थी प्रकरणमा संलग्न रन्जनकुमार खरेल पक्राउ

नक्कली भूटानी शरणार्थी प्रकरणमा संलग्न रन्जनकुमार खरेल पक्राउ

सिआइबीका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक शिवकुमार श्रेष्ठले खरेल उक्त नक्क्ली भूटानी शरणार्थी ठगी घटनामा नगद तथा चेकमार्फत रकम जम्मा गर्ने, ओसारपसार गर्ने, गैरकानुनी रुपमा ठगी तथा कागजात कीर्ते...
दल दर्ताका लागि निर्वाचन आयोगको कार्यालय पुग्यो, नेपाली कम्युनिष्ट पार्टी(तस्बिरहरु)

दल दर्ताका लागि निर्वाचन आयोगको कार्यालय पुग्यो, नेपाली कम्युनिष्ट पार्टी(तस्बिरहरु)

आइतबार नेपाली कम्युनिस्ट पार्टीका नेताहरु बर्षमान पुन, राजेन्द्र पाण्डे, देब गुरुङलगाएतका नेताहरु निर्वाचन आयोग पुगेर दल दर्ताका लागि आवश्यक कागजातहरु बुझाएका हुन । त्यस्तै नेपाली कम्युनिस्ट पार्टीका नेता...
जेन-जी अगुवा तथा अभियान्ताहरुको सामूहिक आह्वान: जेन-जी र वैकल्पिक शक्ति एक ठाउँमा उभिऔँ

जेन-जी अगुवा तथा अभियान्ताहरुको सामूहिक आह्वान: जेन-जी र वैकल्पिक शक्ति एक ठाउँमा उभिऔँ

नयाँ सोच र आशा बोकेका जेन-जी लगायत वैकल्पिक शक्ति मानिएका दल तथा नेताहरू एक अर्कालाई स्वीकार गर्न नसक्दा जनताका विश्वास कमजोर हुँदै गएको अभियान्ताहरुको ठम्याई छ ।

भर्खरै