नेभिगेशन
मुख्य समाचार

२० दिन हिउँमा पुरिएका भारतीय बाबु छोरीको शव फेला

काठमाडौँ । मनाङमा कार्तिक ३ गतेदेखि सम्पर्कविहीन भएका भारतीय बाबु-छोरीको शव फेला परेको छ। उनीहरु कात्तिक ३ गतेदेखि हराइरहेका थिए । 

आज अपरान्ह २ बजे ५२ वर्षीय जिग्नेसकुमार लल्लुभाइ पटेल र १७ वर्षीया प्रियन्शा कुमारी पटेलको शव फेला परेको हो । नेपाली सेनाको नयाँ भैरवी दल गुल्मका सेनानी अनिल थापाको नेतृत्वमा खटिएको सशस्त्र प्रहरीसहितको सुरक्षा फौजले उनीहरुको शव फेला पारेको हो ।

CG

नेपाली सेनाकाअनुसार उनीहरुको शव गुम्बाबाट करीब सय मिटर माथि हिउँले पुरिएको अवस्थामा फेला पारेको हो। मनाङको ङिस्याङ गाउँपालिका–४ स्थित ग्याल्सेन होटलबाट कार्तिक ३ गते सोही गाउँपालिका–५ स्थित मलेरिपा गुम्बा घुम्न जान्छु भनि हिंडेका उनीहरु सम्पर्कविहीन भएका थिए । 
उनीहरुको शव अहिले मनाङको डिस्याङतर्फ ल्याउँदै गरिएको छ । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
भन्सार छली गरी अवैध तरिकाले नेपाल ल्याइएको नक्कली खुकुरी चुरोट बरामद

भन्सार छली गरी अवैध तरिकाले नेपाल ल्याइएको नक्कली खुकुरी चुरोट बरामद

नेपालगञ्जबाट सुर्खेततर्फ जाँदै गरेको गाडीमा शंका लागि तलासी गर्दा अन्दाजी बजार मूल्य १ लाख ७९ हजार बराबरको नककली खुकुरी चुरोट र लेडिज सुट बरामद गरेको हो । उक्त...
रास्वपाबाट राजनीतिमा सक्रिय भए प्रकाश सपुत

रास्वपाबाट राजनीतिमा सक्रिय भए प्रकाश सपुत

आफूले मैले बडो दुःख, संघर्ष, मेहेनेत र धैर्यताले टिकाएको कला सिर्जना मार्फत रिझाएका विभिन्न दलमा आस्था राख्ने थु्प्रै दर्शक स्रोताको मन दुखाएर रवि र बालेनसँग हातेमालो गरेको उल्लेख...
‘पोष्टमार्टम’का लगि अस्पतालमा राखिएको शव अर्कैले बुझेर अन्त्यष्टि गरेपछि...

‘पोष्टमार्टम’का लगि अस्पतालमा राखिएको शव अर्कैले बुझेर अन्त्यष्टि गरेपछि...

गत शनिबार आत्महत्या गरेको भनिएकी बानियाँको शव ‘पोष्टमार्टम’का लागि प्रादेशिक अस्पतालमा राखिएको थियो, तर अस्पतालले अर्कै परिवारलाई शव बुझायो ।
ज्ञानेन्द्र शाहद्वारा जानकी मन्दिरमा पूजापाठ

ज्ञानेन्द्र शाहद्वारा जानकी मन्दिरमा पूजापाठ

मन्दिरमा उनले विधिपूर्वक पूजा–अर्चना गर्दै देशमा शान्ति, समृद्धि र जनकल्याणको कामना गरेको जनाइएको छ । पूर्वराजा शाह धार्मिक विधिमासमेत सहभागी हुनुभएको थियो । उनको आगमनका क्रममा मन्दिर परिसरमा...