नेभिगेशन
मुख्य समाचार

नक्कली भूटानी शरणार्थी प्रकरणमा संलग्न रन्जनकुमार खरेल पक्राउ

काठमाडौँ । नक्कली भूटानी शरणार्थी ठगी प्रकरणमा संलग्न रहेका एक प्रतिवादीलाई प्रहरीले पक्राउ गरी अदालतमा पेस गरेको छ ।

उक्त प्रकरणमा संलग्न भई फरार रहेका मधेस प्रदेशको रौतहटस्थित फतुवा हर्साह–९ स्थायी घर भएका ४२ वर्षीय रन्जनकुमार खरेललाई पक्राउ गरिएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले जानकारी दिएको छ ।

CG

सिआइबीका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक शिवकुमार श्रेष्ठले खरेल उक्त नक्क्ली भूटानी शरणार्थी ठगी घटनामा नगद तथा चेकमार्फत रकम जम्मा गर्ने, ओसारपसार गर्ने, गैरकानुनी रुपमा ठगी तथा कागजात कीर्ते गरी पीडितहरुबाट असुल गरी प्राप्त भएको रकम लिने गिरोहरुसँग मिलेमतो गरी ठगी अपराधमा संलग्न रहेका बताए । 

उक्त घटनाको ठगी, कीर्ते र सङ्गठित अपराधमा संलग्न रही फरार हुँदै आएका खरेललाई गोप्य सूचनाका आधारमा पक्राउ गरी थप आवश्यक कारबाहीका लागि आज काठमाडौँ जिल्ला अदालतमा पेस गरिएको प्रवक्ता श्रेष्ठले बताए ।  

खरेलविरुद्ध आर्थिक वर्ष २०७९÷८० मा जिल्ला प्रहरी परिसर काठमाडौँमा नक्कली भूटानी शरणार्थी ठगी प्रकरणमा ठगी, लिखत कीर्ते, राज्यविरुद्ध र सङ्गठित अपराध कसुरमा मुद्दा दर्ता गरिएको थियो । त्यसपछि उनी फरार हुँदै आएका थिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
मनाङका रास्वमा उम्मेदवारले धोका दिए, टिकट लिएर बेपत्ता भए

मनाङका रास्वमा उम्मेदवारले धोका दिए, टिकट लिएर बेपत्ता भए

पार्टीलाई नियोजित रुपमा ति उम्मेदवारले धोका दिएको भन्दै रास्वपाले ऐतिहासिक १६५ क्षेत्रमा निर्वाचन लड्ने धोको अपुरो बनेको बताएको छ। उम्मेदवारी दर्ता गर्ने समयसम्म पार्टीको सम्पर्कमा रहेका गुरुङ, एकासी...
कर्णालीका १२ निर्वाचन क्षेत्रमा यी हुन रास्वपाका १२ उम्मेदवार

कर्णालीका १२ निर्वाचन क्षेत्रमा यी हुन रास्वपाका १२ उम्मेदवार

सो निर्वाचन क्षेत्रमा रास्वपाले यसपटक १२ वटै निर्वाचन क्षेत्रमा आफ्ना उम्मेदवार उठाएको हो । एक निर्वाचन क्षेत्र रहेको सल्यानमा ललितकुमार चन्द, डोल्पामा देव सिंह ऐडी, मुगुमा राजेन्द्र बहादुर...