नेभिगेशन
मुख्य समाचार

फागुन २१ को निर्वाचनले संविधानलाई सही मार्गमा ल्याउनेः कांग्रेस महामन्त्री थापा

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आगामी फागुन २१ को निर्वाचनले संविधानलाई सही मार्गमा ल्याउने बताएका छन् ।

उनले सोमबार सामाजिक सञ्जालमार्फत निर्वाचनबाटै नयाँ संसद्  र यसले संविधानलाई सही मार्गमा ल्याउने उल्लेख गरेका हुन । महामन्त्री थापाले भने, “संविधानलाई सही मार्गमा ल्याउने फागुन २१ को निर्वाचन मात्र एक मात्र बाटो हो, यसमा कुनै अलमल छैन ।”

उनले नेपाली कांग्रेसको तर्फबाट प्रधानमन्त्रीको उपस्थितिमा सम्पन्न सर्वदलीय बैठकमा पार्टीको निर्णय स्पष्टरूपमा प्रस्तुत गरिसकेको बताएका छन् । महामन्त्री थापाले कांग्रेसको केन्द्रीय कार्यसमितिमा अहिले भइरहेको अलमल निर्वाचनको विषयका सन्दर्भमा नभएको स्पष्ट पारे ।

उनले निर्वाचनअघि पार्टीको अधिवेशन गरे अधिवेशनबाट आउने नेपाली कांग्रेसको नीति र नेतृत्वले मात्र कांग्रेसलाई निर्वाचन लड्न योग्य बनाउने पनि उल्लेख गरेका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
आगामी निर्वाचनबारे पूर्वपदाधिकारीसँग परामर्शमा निर्वाचन आयोग

आगामी निर्वाचनबारे पूर्वपदाधिकारीसँग परामर्शमा निर्वाचन आयोग

कान्तिपथस्थित आयोगको केन्द्रीय कार्यालयमा सोमबार आगामी निर्वाचनलाई स्वच्छ, स्वन्तन्त्र, निष्पक्ष, भयरहित र मितव्ययी तुल्याउन विगतका अनुभव प्राप्त गर्ने उद्देश्यले परामर्श भइरहेको जनाइएको छ ।
‘पहाड पनि हिमालै थिए तर अहिले हिमाल पहाड जस्ता भए’

‘पहाड पनि हिमालै थिए तर अहिले हिमाल पहाड जस्ता भए’

“यो एकदमै राम्रो र रमाइलो ठाउँ थियो, पहाड हिमालझै थियो”, नरिमायाले आश्चार्य मान्दै भनिन्, “अहिले हिमाल पहाड हुन लाग्यो र पो ।” पछिल्लो १५ वर्षयता चार हजार १९०...
सोमबारदेखि तनहुँको तुरतुरे–चाम्बास सडक दैनिक छ घण्टा बन्द हुने

सोमबारदेखि तनहुँको तुरतुरे–चाम्बास सडक दैनिक छ घण्टा बन्द हुने

भानु नगरपालिकाको ढुकुर्दी क्षेत्रसम्म सडक विस्तारका लागि कात्तिक २४ गतेदेखि मङ्सिर ५ गतेसम्म दैनिक साढे ६ घण्टा बन्द हुन लागेको हो । सडक विस्तारका लागि सम्भावित दुर्घटना जोखिम...
एएफसी एसियन कप छनोटका लागि नेपाली टोलीको प्रशिक्षण सुरु(तस्बिरहरु)

एएफसी एसियन कप छनोटका लागि नेपाली टोलीको प्रशिक्षण सुरु(तस्बिरहरु)

गोलकिपर किरण चेम्जोङको कप्तानीमा नेपाली राष्ट्रिय फुटबल टोलीको घोषणा भएसँगै तयारी पनि सुरू भएको हो ।