नेभिगेशन
समाज

फागुन २१ को निर्वाचनले संविधानलाई सही मार्गमा ल्याउनेः कांग्रेस महामन्त्री थापा

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आगामी फागुन २१ को निर्वाचनले संविधानलाई सही मार्गमा ल्याउने बताएका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनले सोमबार सामाजिक सञ्जालमार्फत निर्वाचनबाटै नयाँ संसद्  र यसले संविधानलाई सही मार्गमा ल्याउने उल्लेख गरेका हुन । महामन्त्री थापाले भने, “संविधानलाई सही मार्गमा ल्याउने फागुन २१ को निर्वाचन मात्र एक मात्र बाटो हो, यसमा कुनै अलमल छैन ।”

Ncell
Extreme Energy

उनले नेपाली कांग्रेसको तर्फबाट प्रधानमन्त्रीको उपस्थितिमा सम्पन्न सर्वदलीय बैठकमा पार्टीको निर्णय स्पष्टरूपमा प्रस्तुत गरिसकेको बताएका छन् । महामन्त्री थापाले कांग्रेसको केन्द्रीय कार्यसमितिमा अहिले भइरहेको अलमल निर्वाचनको विषयका सन्दर्भमा नभएको स्पष्ट पारे ।

उनले निर्वाचनअघि पार्टीको अधिवेशन गरे अधिवेशनबाट आउने नेपाली कांग्रेसको नीति र नेतृत्वले मात्र कांग्रेसलाई निर्वाचन लड्न योग्य बनाउने पनि उल्लेख गरेका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
गगनले अघि सारेको कस्तो कांग्रेसको  खाका

गगनले अघि सारेको कस्तो कांग्रेसको खाका

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले ‘राष्ट्रिय पुनर्जागरण र समुन्नतिको आगामी दशक’को दृष्टिकोण अघि सारेका छन्।
गगनलाई अमरेशको कटाक्ष : पार्टीको जिम्मा ठग र भ्रष्टाचारीलाई सुम्पिएपछि नेताहरू बाहिरिए

गगनलाई अमरेशको कटाक्ष : पार्टीको जिम्मा ठग र भ्रष्टाचारीलाई सुम्पिएपछि नेताहरू बाहिरिए

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद  डा. अमरेशकुमार सिंहले कांग्रेसका सभापति गगनकुमार थापाको आलोचना गरेका छन् ।
आज कहाँ-कहाँ वर्षा र हिमपातको सम्भावना?

आज कहाँ-कहाँ वर्षा र हिमपातको सम्भावना?

आज कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भू-भागका थोरै स्थानमा मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको छ।