नेभिगेशन
मुख्य समाचार

आफ्नै प्रहरी र प्रशासनसहितको स्वायत्त मधेश प्रदेश घोषणा गरौँः डा. सिके राउत

काठमाडौँ । जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले मधेश प्रदेशको स्वायत्तता घोषणा गर्नुपर्ने बताएका छन् । उनले आफ्नै प्रहरी र प्रशासनसहितको सरकार गर्नुपर्ने बताएका हुन । ‘डराएर सदियौँ नेपाली शासकको गुलामी गर्यौँ, अब खुलेर बोलौँ ।’ उनले भनेका छन् । 

मधेश प्रदेशमा नयाँ मुख्यमन्त्रीका रुपमा एमालेका सरोज कुमार यादव नियुक्त भएपछि उनले फेसबुकमार्फत यस्तो अभिव्यक्ति सार्वजनिक गरेका हुन् । उनले धेश प्रदेश सभाको बैठक सडकमा नै  डाकेर भए पनि मधेश प्रदेशलाई स्वायत्त घोषणा गर्न आह्वान गरेको छन् । उनले अहिलेको संघीय सरकार पनि संविधान अनुसार बनेको छ र ? भन्ने प्रश्न गर्दै मधेश प्रदेश सभाको दुई तिहाईको सभासदको समर्थनमा मधेशलाई स्वायत्त घोषणा गर्न मिल्ने दावी गरेका छन् । 
यस्तो छ उनको अभिव्यक्तिः 

CG

मधेश प्रदेश सभाको बैठकबाट मधेश प्रदेशको स्वाययत्ता घोषणा गरौं, आफ्नै प्रदेश प्रहरी र प्रशासनसहितको सरकार गठन गरौं। डराएर सदियौं नेपाली शासकको गुलामी गर्यौं, अब खुलेर बोलौं।  

संविधानलाई धज्जी उडाउँदै नेपाली औपनिवेशक शासकले खटाएका प्रदेश प्रमुख, सभामुख, निर्वाचन आयोग र उनीहरूको अदालतले जे पनि गर्न मिल्छ, मधेशका पार्टीलाई छिन्नभिन्न पार्ने, पानस कटेजमा गएर सपथग्रहण  गराउने, मधेश पक्षधर नेता, कार्यकर्ता र समर्थकमाथि प्रतिशोधसाध्दै दमन गर्ने काम गर्छ  भने हामीले मधेश प्रदेश सभाको बैठक सडकमा नै  डाकेर भए पनि मधेश प्रदेशलाई स्वायत्त घोषणा गरौं।  अहिलेको संघीय सरकार नै कुन संविधान अनुसार बनेको छ र ? आन्दोलनको माग बमोजिम बनेको छ।  त्यसैले हामीले पनि मधेशी जनताको चाहना बमोजिम मधेश प्रदेश सभाको दुई तिहाईको सभासदको समर्थनमा मधेशलाई स्वायत्त घोषणा गर्न पक्कै मिल्छ। 

५४% जनसंख्या भएको मधेश मुठ्ठीभर नेपाली शासकको जागिर होइन, उनीहरूले भीखजस्तो दिने, अनि हामीले लिइराख्ने। उनीहरूले चलखेल गरिराख्ने, हामीले टुलुटुलु हेरिराख्ने। 

मधेश हाम्रो हो र यहाँ हाम्रो आफ्नै शासन हुनैपर्छ।  सिंहदरबारबाट पठाइएका प्रदेश प्रमुख, सभामुख, निर्वाचन आयुक्त, अख्तियार, प्रहरी, सचिवसहितका कर्मचारी  लगाएर ५४% जनसंख्या भएको मधेशलाई एक हुन नदिने, छिन्नभिन्न गरिराख्ने, दमन गरिराख्ने र सधैं गुलाम बनाइराख्ने षड्यन्त्र विरुद्ध  पूर्ण स्वायत्तताको आन्दोलनको उद्घोष जरूरी छ।  नेपाली औपनिवेशिक शासनको अन्त्य गर्ने सही मौका यही हो। 

जय स्वराज

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
भन्सार छली गरी अवैध तरिकाले नेपाल ल्याइएको नक्कली खुकुरी चुरोट बरामद

भन्सार छली गरी अवैध तरिकाले नेपाल ल्याइएको नक्कली खुकुरी चुरोट बरामद

नेपालगञ्जबाट सुर्खेततर्फ जाँदै गरेको गाडीमा शंका लागि तलासी गर्दा अन्दाजी बजार मूल्य १ लाख ७९ हजार बराबरको नककली खुकुरी चुरोट र लेडिज सुट बरामद गरेको हो । उक्त...
रास्वपाबाट राजनीतिमा सक्रिय भए प्रकाश सपुत

रास्वपाबाट राजनीतिमा सक्रिय भए प्रकाश सपुत

आफूले मैले बडो दुःख, संघर्ष, मेहेनेत र धैर्यताले टिकाएको कला सिर्जना मार्फत रिझाएका विभिन्न दलमा आस्था राख्ने थु्प्रै दर्शक स्रोताको मन दुखाएर रवि र बालेनसँग हातेमालो गरेको उल्लेख...
‘पोष्टमार्टम’का लगि अस्पतालमा राखिएको शव अर्कैले बुझेर अन्त्यष्टि गरेपछि...

‘पोष्टमार्टम’का लगि अस्पतालमा राखिएको शव अर्कैले बुझेर अन्त्यष्टि गरेपछि...

गत शनिबार आत्महत्या गरेको भनिएकी बानियाँको शव ‘पोष्टमार्टम’का लागि प्रादेशिक अस्पतालमा राखिएको थियो, तर अस्पतालले अर्कै परिवारलाई शव बुझायो ।
ज्ञानेन्द्र शाहद्वारा जानकी मन्दिरमा पूजापाठ

ज्ञानेन्द्र शाहद्वारा जानकी मन्दिरमा पूजापाठ

मन्दिरमा उनले विधिपूर्वक पूजा–अर्चना गर्दै देशमा शान्ति, समृद्धि र जनकल्याणको कामना गरेको जनाइएको छ । पूर्वराजा शाह धार्मिक विधिमासमेत सहभागी हुनुभएको थियो । उनको आगमनका क्रममा मन्दिर परिसरमा...