नेभिगेशन
सबै कुरा

संसदीय समितिका सभापतिले के कस्ता सुविधा पाउँछन् ?

११ भदौ,काठमाडौं - ‘मिनी पार्लियामेन्ट’ का रूपमा लिइने संसदीय समितिको नेतृत्व चयनले सोमबार पुर्णता पाएको छ । प्रतिनिधिसभाअन्तर्गत गठित १०  विषयगत समिति सर्वसम्मतले पुर्णता पाएको हो। 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

संसदीय समितिमा निर्वाचित सभापतिका लागि राज्यले विशेष सेवा सुविधा छुट्याएको छ । जसअन्तर्गत उनीहरुले मासिक पारिश्रमिकअन्तर्गत ६९ हजार ३० रुपैयाँ पाउँछन् भने प्रतिमहिना एक हजार विशेष भत्ता तथा समितिको बैठकमा भाग लिएबापत प्रतिदिन एकहजार रुपैयाँ बैठक भत्ता पाउने व्यवस्था छ ।

Ncell
Extreme Energy

त्यस्तै सभापतिका लागि सरकारले छुट्टै सरकारी घरको व्यवस्था गरेको हुन्छ । यदि घर नभएको अवस्थामा उनीहरुलाई  मासिक २५ हजार ६ सय ८ र उपत्यकामा घर भएकालाई १२ हजार ५०० रुपैयाँ आवास सुविधा दिने व्यवस्था छ ।

त्यस्तै सरकारी घर प्रयोग गर्ने सभापतिलाई विद्युत्, धारा, इन्टरनेट, टेलिफोनको महसुल र पत्रपत्रिका शुल्कबापत प्रति महिना तीन हजार रुपैयाँ उपलब्ध हुनेछ ।

यसैगरि सभापतिलाई एक सवारी साधन र प्रति महिना २०० लिटर सवारी इन्धन र तीन–तीन महिनामा पाँच–पाँच लिटर मोबिल दिइने छ ।

त्यतिमात्र हैन, यदि सभापति संघीय संसद्को कामको सिलसिलामा नेपाल भित्र वा बाहिर भ्रमणमा जाँदा दैनिक तथा भ्रमण भत्ता दिइनेछ । कामको सिलसिलामा विदेशको भ्रमणमा जाँदा कूटनीतिक राहदानी दिने व्यवस्था छ । त्यस्तै सभापतिले आफ्नो कार्यकालभरी निजी सचिवालयका लागि ११ जना कर्मचारी राख्न पाउने छन् ।

प्रतिनिधिसभा निर्वाचनको ९ महिनापछि बल्ल पायो संसदीय समितिले पुर्णता



प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
संसद्‍मा किन पुगेन कोरम ? यसो भन्छिन् आशिका तामाङ

संसद्‍मा किन पुगेन कोरम ? यसो भन्छिन् आशिका तामाङ

प्रतिनिधि सभा बैठकमा कोरम नपुगेर बैठक स्थगित भएपछि अहिले सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीको आलोचना भइरहेको छ ।
बेलगाम रास्वपा सांसद, संसद्‍मा हाजिर गरेर भत्ता पकाउँदै टाप

बेलगाम रास्वपा सांसद, संसद्‍मा हाजिर गरेर भत्ता पकाउँदै टाप

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरु गैरजिम्मेवार बनेका छन् ।
सात संसदीय समितिको बैठक बस्दै, गृहको उजुरीदेखि कोपसम्म एजेण्डा

सात संसदीय समितिको बैठक बस्दै, गृहको उजुरीदेखि कोपसम्म एजेण्डा

विभिन्न सात वटा संसदीय समितिको बैठक बस्दैछ ।
राष्ट्रियसभाको बैठक बस्दै, एजेण्डामा छन् तीन विधेयक

राष्ट्रियसभाको बैठक बस्दै, एजेण्डामा छन् तीन विधेयक

संघीय संसद्, राष्ट्रियसभाको बैठक बस्दैछ ।