नेभिगेशन
सबै कुरा

संसदीय समितिका सभापतिले के कस्ता सुविधा पाउँछन् ?

११ भदौ,काठमाडौं - ‘मिनी पार्लियामेन्ट’ का रूपमा लिइने संसदीय समितिको नेतृत्व चयनले सोमबार पुर्णता पाएको छ । प्रतिनिधिसभाअन्तर्गत गठित १०  विषयगत समिति सर्वसम्मतले पुर्णता पाएको हो। 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

संसदीय समितिमा निर्वाचित सभापतिका लागि राज्यले विशेष सेवा सुविधा छुट्याएको छ । जसअन्तर्गत उनीहरुले मासिक पारिश्रमिकअन्तर्गत ६९ हजार ३० रुपैयाँ पाउँछन् भने प्रतिमहिना एक हजार विशेष भत्ता तथा समितिको बैठकमा भाग लिएबापत प्रतिदिन एकहजार रुपैयाँ बैठक भत्ता पाउने व्यवस्था छ ।

Extreme Energy

त्यस्तै सभापतिका लागि सरकारले छुट्टै सरकारी घरको व्यवस्था गरेको हुन्छ । यदि घर नभएको अवस्थामा उनीहरुलाई  मासिक २५ हजार ६ सय ८ र उपत्यकामा घर भएकालाई १२ हजार ५०० रुपैयाँ आवास सुविधा दिने व्यवस्था छ ।

त्यस्तै सरकारी घर प्रयोग गर्ने सभापतिलाई विद्युत्, धारा, इन्टरनेट, टेलिफोनको महसुल र पत्रपत्रिका शुल्कबापत प्रति महिना तीन हजार रुपैयाँ उपलब्ध हुनेछ ।

यसैगरि सभापतिलाई एक सवारी साधन र प्रति महिना २०० लिटर सवारी इन्धन र तीन–तीन महिनामा पाँच–पाँच लिटर मोबिल दिइने छ ।

त्यतिमात्र हैन, यदि सभापति संघीय संसद्को कामको सिलसिलामा नेपाल भित्र वा बाहिर भ्रमणमा जाँदा दैनिक तथा भ्रमण भत्ता दिइनेछ । कामको सिलसिलामा विदेशको भ्रमणमा जाँदा कूटनीतिक राहदानी दिने व्यवस्था छ । त्यस्तै सभापतिले आफ्नो कार्यकालभरी निजी सचिवालयका लागि ११ जना कर्मचारी राख्न पाउने छन् ।

प्रतिनिधिसभा निर्वाचनको ९ महिनापछि बल्ल पायो संसदीय समितिले पुर्णता



प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
राष्ट्रपतिले गुरु पुरोहितबाट लगाए दसैंको टीका र जमरा

राष्ट्रपतिले गुरु पुरोहितबाट लगाए दसैंको टीका र जमरा

राष्ट्रपति रामचन्द्र पौडेलले शुभसाइतमा यस वर्षको दसैंको टीका, प्रसाद र जमरा ग्रहण गरेका छन् ।
प्रहरी दिवसमा शुभकामना दिँदै के भने बालेनले ?

प्रहरी दिवसमा शुभकामना दिँदै के भने बालेनले ?

७१औं प्रहरी दिवसका अवसरमा शुभकामना सन्देश पठाउँदै प्रधानमन्त्री बालेनले प्रहरीलाई अझ सक्षम बनाउन नीतिगत मार्गदर्शन, कानुनी सहजता, आधुनिक तालिम र पूर्वाधार विकासलाई प्राथमिकता दिइएको बताएका छन्।