नेभिगेशन
मुख्य समाचार

गृहमन्त्री एमालेजस्तो लाग्यो, जेनजीसँग स्प्रिड मिलेनः सुदन गुरुङ

काठमाडौँ । जेनजी अगुवा तथा हामी नेपालका संयोजक सुदन गुरुङले गृहमन्त्री ओमप्रकाश अर्यालयको स्प्रिड जेनजीसँग नमिलेको दाबी गरेका छन् । बिहीबार नेपाल स्काउटको जग्गामा बनेको संरचना हटाउने क्रममा पुगेका गुरुङले गृहमन्त्री अर्यालले जेनजी आन्दोलनको माग बमोजिम काम गर्न नसकेको उल्लेख गर्दै भने,'हामीसँग उहाँ स्प्रिड नमिले जस्तो लाग्यो ।'

साथै उनले गृहमन्त्री अर्याल एमालेजस्तो लाग्न थालेको टिप्पणी समेत गरे । उनले अर्याललाई आन्दोलनकै क्रमबाट मात्रै चिनेको उल्लेख गर्दै अहिले चुनाव मात्रै भन्दै ढाँट्ने काम गरेको आरोप लगाए । 

CG

उनले भने, ‘उहाँको एजेण्डा भनेको चुनावमात्र रहेछ, हाम्रो एजेण्डा भनेको देशलाई न्याय हो र व्यवस्था परिवर्तन हो । यो व्यवस्थामा हामी चुनावमा जान्छौँ र ? देशलाई न्याय नभई हामीलाई न्याय नभई हामी चुनाव हुनै दिँदैनौँ । उहाँले त जेन्जीहरुलाई समातिराख्नु भएको, यतापट्टि पोलिटिकल पार्टीकालाई छोएको पनि छैन । मलाई त कहिलेकहिले उहाँ त एमालेको पो हो कि जस्तो लाग्छ, हाम्रो गृहमन्त्रीज्यू ।’
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
भन्सार छली गरी अवैध तरिकाले नेपाल ल्याइएको नक्कली खुकुरी चुरोट बरामद

भन्सार छली गरी अवैध तरिकाले नेपाल ल्याइएको नक्कली खुकुरी चुरोट बरामद

नेपालगञ्जबाट सुर्खेततर्फ जाँदै गरेको गाडीमा शंका लागि तलासी गर्दा अन्दाजी बजार मूल्य १ लाख ७९ हजार बराबरको नककली खुकुरी चुरोट र लेडिज सुट बरामद गरेको हो । उक्त...
रास्वपाबाट राजनीतिमा सक्रिय भए प्रकाश सपुत

रास्वपाबाट राजनीतिमा सक्रिय भए प्रकाश सपुत

आफूले मैले बडो दुःख, संघर्ष, मेहेनेत र धैर्यताले टिकाएको कला सिर्जना मार्फत रिझाएका विभिन्न दलमा आस्था राख्ने थु्प्रै दर्शक स्रोताको मन दुखाएर रवि र बालेनसँग हातेमालो गरेको उल्लेख...
‘पोष्टमार्टम’का लगि अस्पतालमा राखिएको शव अर्कैले बुझेर अन्त्यष्टि गरेपछि...

‘पोष्टमार्टम’का लगि अस्पतालमा राखिएको शव अर्कैले बुझेर अन्त्यष्टि गरेपछि...

गत शनिबार आत्महत्या गरेको भनिएकी बानियाँको शव ‘पोष्टमार्टम’का लागि प्रादेशिक अस्पतालमा राखिएको थियो, तर अस्पतालले अर्कै परिवारलाई शव बुझायो ।
ज्ञानेन्द्र शाहद्वारा जानकी मन्दिरमा पूजापाठ

ज्ञानेन्द्र शाहद्वारा जानकी मन्दिरमा पूजापाठ

मन्दिरमा उनले विधिपूर्वक पूजा–अर्चना गर्दै देशमा शान्ति, समृद्धि र जनकल्याणको कामना गरेको जनाइएको छ । पूर्वराजा शाह धार्मिक विधिमासमेत सहभागी हुनुभएको थियो । उनको आगमनका क्रममा मन्दिर परिसरमा...