नेभिगेशन
समाज

गृहमन्त्री एमालेजस्तो लाग्यो, जेनजीसँग स्प्रिड मिलेनः सुदन गुरुङ

काठमाडौँ । जेनजी अगुवा तथा हामी नेपालका संयोजक सुदन गुरुङले गृहमन्त्री ओमप्रकाश अर्यालयको स्प्रिड जेनजीसँग नमिलेको दाबी गरेका छन् । बिहीबार नेपाल स्काउटको जग्गामा बनेको संरचना हटाउने क्रममा पुगेका गुरुङले गृहमन्त्री अर्यालले जेनजी आन्दोलनको माग बमोजिम काम गर्न नसकेको उल्लेख गर्दै भने,'हामीसँग उहाँ स्प्रिड नमिले जस्तो लाग्यो ।'

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

साथै उनले गृहमन्त्री अर्याल एमालेजस्तो लाग्न थालेको टिप्पणी समेत गरे । उनले अर्याललाई आन्दोलनकै क्रमबाट मात्रै चिनेको उल्लेख गर्दै अहिले चुनाव मात्रै भन्दै ढाँट्ने काम गरेको आरोप लगाए । 

Ncell
Extreme Energy

उनले भने, ‘उहाँको एजेण्डा भनेको चुनावमात्र रहेछ, हाम्रो एजेण्डा भनेको देशलाई न्याय हो र व्यवस्था परिवर्तन हो । यो व्यवस्थामा हामी चुनावमा जान्छौँ र ? देशलाई न्याय नभई हामीलाई न्याय नभई हामी चुनाव हुनै दिँदैनौँ । उहाँले त जेन्जीहरुलाई समातिराख्नु भएको, यतापट्टि पोलिटिकल पार्टीकालाई छोएको पनि छैन । मलाई त कहिलेकहिले उहाँ त एमालेको पो हो कि जस्तो लाग्छ, हाम्रो गृहमन्त्रीज्यू ।’
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
बाढीपहिरोको जोखिम बढेपछि २५ जिल्लामा दुई दिन सवारी सञ्चालनमा रोक

बाढीपहिरोको जोखिम बढेपछि २५ जिल्लामा दुई दिन सवारी सञ्चालनमा रोक

अविरल वर्षाका कारण बाढी, पहिरो तथा सडक अवरुद्ध हुनसक्ने र त्यसबाट सम्भावित दुर्घटना तथा क्षति हुनसक्ने जोखिमलाई ध्यानमा राखेर तराई, भित्री मधेस, पहाड तथा हिमाली क्षेत्रका २५ जिल्लामा...
पाल्पामा पहिरोले दुई घर भत्किए, एक महिला बेपत्ता

पाल्पामा पहिरोले दुई घर भत्किए, एक महिला बेपत्ता

निरन्तर वर्षाका कारण घरभन्दा माथि निर्माण गरिएको नयाँ मोटरबाटोबाट लेदोसहित ढुङ्गामाटो बगेर आउँदा स्थानीय केसुराम सारुमगर र रामबहादुर उचईका कच्ची घर पहिराले ढलाएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी...
नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्ग आज पनि बन्द

नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्ग आज पनि बन्द

सडकमा रोकिएर बसेका पोखरातर्फ जाने र नारायणगढतर्फ आउने सवारीसाधनलाई आज दिउँसो पार गराइएको छ । दुवै सडकका विभिन्न ठाउँहरूमा ढुङ्गा र लेदोसहितको पहिरो खसिरहेकाले सञ्चालनमा ल्याउन नसकिएको उनले...
कांग्रेस अधिवेशनमा बाढीको प्रभाव, क्षेत्रीय अधिवेशन १३ गतेसम्म

कांग्रेस अधिवेशनमा बाढीको प्रभाव, क्षेत्रीय अधिवेशन १३ गतेसम्म

जारी वर्षा र बाढीको असर कांग्रेस महाधिवेशनमा पनि परेको छ । निर्धारित समयभित्र सबै पालिकामा अधिवेशन सम्पन्न नहुँदै क्षेत्रीय अधिवेशन पनि प्रभावित भएको छ ।