नेभिगेशन
समाज

चालुआवका लागि अन्नपूर्णमा एक सय ५६ योजना छनौट

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले चालु आर्थिक वर्ष २०८२ र ०८३ मा कार्यान्वयन गर्ने एक सय ५६  योजना छनौट गरेको छ । रु. १६ करोड २७ लाख ८३ हजार बजेट बिनियोजन भएका तीन योजना कार्यान्वयनका लागि सर्वेक्षण, लागत अनुमान तयार, उपभोक्ता समिति गठन, ठेक्का आव्हान र सम्झौताको प्रक्रीया अघि बढाएको हो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

पालिका स्तरका २४ सहित एक सय ५६ वटा योजना मध्य हालसम्म तीन योजनाको सम्झौता, एकको अन्तिम भुक्तानी, ४४ को सर्वेक्षण, ३० को लागत अनुमान तयार र सात को ठेक्का आव्हान भएको प्रमुख प्रशासकीय अधिकृत कपिल पाण्डेले जानकारी दिए ।

Ncell
Extreme Energy

आगामी पुष महिनाभित्र सम्झौता र आगामी वैशाख महिनासम्म अन्तिम भुक्तानी गर्ने लक्ष्य अनुसार योजना कार्यान्वयनमा जुटेको उनले बताए । गाउँपालिकाले प्राथमिकता दिएका सडक तर्फ भिरकाटे–दोवा, पोखरेबगर–चित्रे, तातोपानी–भुरुङ, बिच्छान–लिस्ने, घार खेलमैदान र रातोपानी कुण्ड संरक्षण योजनाको ठेक्का आव्हान भएको छ ।

सडक स्तरोन्नति, पदमार्ग, पर्यटन पूर्वाधार, सामुदायिक भवन, खानेपानी, सिचाई, खेलमैदान, पहिरो तथा नदी नियन्त्रण सम्बन्धी योजनाहरु धेरै छन् ।

यसअघिका वर्षमा ठेक्का सम्झौता भएका प्रभा र पाउद्धार माविको भवन, रुप्से झरना पूर्वाधार, सेकार्कु तातोपानी निर्माण र खिवाङ–घराम्दी सडक योजनालाई यस वर्ष सम्पन्न गर्ने लक्ष्य राखिएको गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले बताए ।

जग्गा प्राप्ति सम्बन्धी प्रक्रिया पुरा गरेर चालु आर्थिक वर्षदेखिनै प्रशासकीय भवन निर्माण शुरु गर्न जुटेको उनले बताए । वडा न. ७ को कार्यालय भवन बनाउन महभिरमा जग्गा प्राप्ति भइसकेकोले निर्माण प्रक्रीया अघि बढाउने अध्यक्ष पुनले बताए ।

यसैगरी यस वर्ष रु. दुई करोड १२ लाख ७५ हजार आन्तरिक आम्दानी गर्ने लक्ष्य राखेको अन्नपूर्ण गाउँपालिकाले पहिलो चौमासिकमा रु. एक करोड ३७ लाख पाँच हजार राजस्व संकलन गरेको छ ।

पर्यटकीय स्थलहरु पुनहिल, भुरुङ्ग– तातोपानी, पाउद्वार तातोपानी र रातोपानी तातोपानी कुण्डलाई आय ठेक्कामा लगाएर रु। करोड १५ लाख २१ हजार ८० आम्दानी भएको छ ।

गाउँपालिकाले पर्यटकीय स्थलहरुको सञ्चालन, प्रवेश शुल्क, होटल र चिया पसल सञ्चालनका लागि आय ठेक्का लगाएर चालु आव।मा उक्त आम्दानी गरेको उपाध्यक्ष दिवा तिलीजा पुनले बताए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
काठमाडौँमा भारतीय सेनाध्यक्षलाई स्वागत (तस्बिरहरु)

काठमाडौँमा भारतीय सेनाध्यक्षलाई स्वागत (तस्बिरहरु)

उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली सेनाका उच्च अधिकारीहरुले स्वागत गरे ।
आफ्नो कुरा भन्ने हिम्मत नभएकाले बीपीको नाम लिएका छन्ः गगन थापा

आफ्नो कुरा भन्ने हिम्मत नभएकाले बीपीको नाम लिएका छन्ः गगन थापा

‘बीपी कोइरालाको मेलमिलापको सन्दर्भ अहिले व्यापक आइरहेको छ । नेताहरुले फेरि रातारात बीपीलाई सम्झनु भएको छ’ थापाले भने ‘यहाँ अहिले कोसँग के मिलाउनु परेको छ, कोसँग कानेखुसी गर्नु...
काठमाडौँ आइपुगे भारतीय सेनाध्यक्ष सेठ

काठमाडौँ आइपुगे भारतीय सेनाध्यक्ष सेठ

भारतीय सेनाध्यक्ष धिरज सेठ काठमाडौँ आइपुगेका छन् । उनी नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलको निमन्त्रणामा नेपालको चार दिने औपचारिक भ्रमणमा आएका हुन् ।
देउवाको ‘अन्तिम’ सम्बोधनः अदालतको निर्णय हाम्रो पक्षमा आयो भने फेरि भेटौंला

देउवाको ‘अन्तिम’ सम्बोधनः अदालतको निर्णय हाम्रो पक्षमा आयो भने फेरि भेटौंला

लगातार तीन दिनसम्म भेलामा सहभागी भएका देउवाले अबको भेट भने अदालतको निर्णयपछि हुने संकेत गरे । त्यो पनि आफ्नो पक्षमा निर्णय आएमा । उनले भने– ‘अदालतको निर्णय हाम्रो...