नेभिगेशन
सबै कुरा

रामेश्वर थापालाई १० हजार जरिवाना तिराउने प्राधिकरणको निर्णय

११ भदौ, काठमाडौं । सिम्रिक एयरका अध्यक्ष रामेश्वर थापालाई नोपाल नागरिक उड्डयन प्राधिकरणले १० हजार रुपैयाँ जरिवाना गराएको छ । अध्यक्ष थापाले प्राधिकरणको कार्यमा बाधा पुर्याएको भन्दै जरिवाना गरिएको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

थापाले प्राधिकरणको हवाई आकाशलाई सुरक्षित बनाउन गरेका आदेश तथा निर्देशनको कार्यान्वयनमा पटक–पटक अवरोध गरी विद्यमान कानूनको बर्खिलाप हुने गरी काम गरेको बताइएको छ । 

Ncell
Extreme Energy

थापाले नेपाल नागरिक उड्डयन प्राधिकरणले गरेको विभिन्न सुरक्षा निर्देशनहरुको विरुद्धमा श्रृखलाबद्धरुपमा प्रत्यक्ष/अप्रत्यक्ष संलग्न भई विभिन्न माध्यम प्रयोग गरी गलत प्रचार गरि जनतामा भ्रम पैदा गरेको, प्राधिकरणले गरिहेको काम कारवाहीमा संन्देह उत्पन्न गराएर अडिटलाई प्रभाव पार्ने/नकरात्मक सन्देश दिने कार्य गरी प्राधिकरणको कानुनी प्राधिकार कार्यान्वयनमा अवरोध गरेको लगायतको आरोप लगाइएको छ । 

थापालाई प्राधिकरणले मिति २०८० भाद्र १ गते ७ दिने स्पस्टीकरण सोधेकोमा सो पत्रको जवाफ तोकेको समयावधि भित्र पेश नगरी प्राधिकरणको आदेश तथा निर्देशनको समेत अवज्ञा गरेका कारण नेपाल नागरिक उड्डयन प्राधिकरण ऐन, २०५३ को दफा २५ को उपदफा (२) बमोजिम १० हजार रुपैयाँ जरिवाना गरिएको हो । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
४८ दशमलव ५७ अङ्कले बढ्यो नेप्से परिसूचक

४८ दशमलव ५७ अङ्कले बढ्यो नेप्से परिसूचक

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ४८ दशमलव  ५७ अङ्कले बढेर दुई हजार ६३३ दशमलव ६२ मा पुगेको छ ।
कृष्णभीरमा बिहीबारदेखि दुईतर्फी यातायात सञ्चालन हुने

कृष्णभीरमा बिहीबारदेखि दुईतर्फी यातायात सञ्चालन हुने

सडक विभागका सिनियर डिभिजनल इन्जिनियर तथा नागढुङ्गा–नौबिसे–मुग्लिन सडकखण्डका आयोजना संयोजक सुरेश पौडेलका अनुसार बाढीका कारण उक्त सडकखण्डमा क्षति पुगेको थियो । त्यसलगत्तै पूर्वाधार विकास मन्त्रालयले आवश्यक अध्ययन गरेको...
आईसीयूमा अन्तर्वार्ताः संसदमा उठ्यो प्रोटोकलको प्रश्न

आईसीयूमा अन्तर्वार्ताः संसदमा उठ्यो प्रोटोकलको प्रश्न

आज बसेको प्रतिनिधिसभाको बैठकमा रास्वपा सांसद समीक्षा बाँस्कोटाले रसुवा बाढी परेर उद्धार गरिएका व्यक्तिको आईसीयूमा अन्तर्वार्ता लिएको विषयप्रति आपत्ति जनाइन् ।
नुवाकोटका बाढीपीडितलाई युगान्डाबाट आएका नेपालीको सहयोगमा बाँडियो राहत

नुवाकोटका बाढीपीडितलाई युगान्डाबाट आएका नेपालीको सहयोगमा बाँडियो राहत

नुवाकोटको देवीघाट र ढुङ्गे क्षेत्रका बाढीपीडित परिवारलाई ग्यास सिलिन्डर, चुलो, टेन्टलगायत राहत सामग्री वितरण गरिएको छ।