नेभिगेशन
समाज

नहुने चुनावको पैरवी गरेर एमालेले समय खेर नफाल्नेः महासचिव पोखरेल

काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नहुने चुनावको पैरवी गरेर एमालेले समय खेर नफाल्ने बताएका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

प्रेस चौतारी रुपन्देहीले सोमबार बुटवलमा आयोजना गरेको अन्तक्र्रियामा महासचिव पोखरेलले एमाले चुनावबाट भाग्ने पार्टी नभएको तर नहुने चूनावको पैरवी गरेर एमालेले समय खेर नफाल्ने बताएका हुन ।

Ncell
Extreme Energy

उनले वर्तमान सरकारको क्रियाकलाप चुनावप्रति केन्द्रीत नरहेको आरोप समेत लगाए । निर्वाचन आयोगले मात्रै चुनावको कुरा गरेर चुनाव नहुने भन्दै महासचिव पोखरेलले सरकार पनि गम्भीर हुनुपर्ने धारणा राखेका थिए ।

अन्य राजनीतिक दलहरुले पनि जेनजी पुस्ता रिसाउलान भनेर चुनाव–चुनाव भनिरहेको उनको भनाइ छ । उनले नेपाल प्रहरीको मनोवल उच्च नबनाएसम्म चुनावको वातावरण बन्न नसक्ने जिकिर गरे ।

पोखरेलले प्रतिनिधिसभाको पुनस्र्थापनाको एजेन्डासहित एमाले अहिले जनतामाझ गइरहेको जिकिर गरे । त्यस्तै महासचिव पोखरेलले बाह्य शक्ति, नेपालको राजनीतिमा आफ्ना सत्ता आकांक्षा पुरा नभएर कुण्ठित बन्न पुगेका राजनीतिक दलहरु, बैकल्पिक शक्ति निर्माण गर्ने नाममा अराजकता मच्चाइरहेकाहरुले जेनजी आन्दोलनलाई ध्वस्तात्मक बनाउने काम गरेको आरोप लगाए । जेनजी आन्दोलनमा षडयन्त्र गर्नेहरुको परिचान गरि दोषिलाई कारवाही गर्नुपर्ने उनको भनाइ छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
कृष्णभीर माथिको डाँडामा रुख काट्न थालियो

कृष्णभीर माथिको डाँडामा रुख काट्न थालियो

भित्तो पट्टिको डाँडाको भागलाई सफा गरेपछि कहाँबाट बाटो खोल्ने भन्ने एकिन गर्न सकिने मिश्रले बताए ।
भोटेकोशी बाढीपीडित व्यवसायीका लागि सरकारले ल्यायो यस्तो पुनरुत्थान प्याकेज

भोटेकोशी बाढीपीडित व्यवसायीका लागि सरकारले ल्यायो यस्तो पुनरुत्थान प्याकेज

सरकारले भोटेकोशी बाढीबाट प्रभावित उद्योग, व्यापार, व्यावसायिक प्रतिष्ठान तथा आर्थिक गतिविधिको पुनरुत्थानका लागि राहत, कर छुट, ऋण तथा ब्याज सहुलियत र बीमा दाबी भुक्तानीमा सहज हुने गरी प्याकेज...
माथिल्लो त्रिशूली ‘थ्री ए’ को टनेलभित्र नेपाली सेना प्रवेश, उद्धार प्रयास जारी

माथिल्लो त्रिशूली ‘थ्री ए’ को टनेलभित्र नेपाली सेना प्रवेश, उद्धार प्रयास जारी

माथिल्लो त्रिशूली थ्री ‘ए’ जलविद्युत् आयोजनाको पावर हाउसतर्फ उद्धारका लागि नेपाली सेना टनेलभित्र प्रवेश गर्न सफल भएको छ ।
संसद्लाई फेरि एक साता विश्राम

संसद्लाई फेरि एक साता विश्राम

सभामुख डोलप्रसाद (डीपी) अर्यालले अर्को बैठक २०८३ भदौ २४ गते बुधबार दिनको १ बजे बस्ने गरी स्थगित गरे ।