नेभिगेशन
मुख्य समाचार

नहुने चुनावको पैरवी गरेर एमालेले समय खेर नफाल्नेः महासचिव पोखरेल

काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नहुने चुनावको पैरवी गरेर एमालेले समय खेर नफाल्ने बताएका छन् ।

प्रेस चौतारी रुपन्देहीले सोमबार बुटवलमा आयोजना गरेको अन्तक्र्रियामा महासचिव पोखरेलले एमाले चुनावबाट भाग्ने पार्टी नभएको तर नहुने चूनावको पैरवी गरेर एमालेले समय खेर नफाल्ने बताएका हुन ।

CG

उनले वर्तमान सरकारको क्रियाकलाप चुनावप्रति केन्द्रीत नरहेको आरोप समेत लगाए । निर्वाचन आयोगले मात्रै चुनावको कुरा गरेर चुनाव नहुने भन्दै महासचिव पोखरेलले सरकार पनि गम्भीर हुनुपर्ने धारणा राखेका थिए ।

अन्य राजनीतिक दलहरुले पनि जेनजी पुस्ता रिसाउलान भनेर चुनाव–चुनाव भनिरहेको उनको भनाइ छ । उनले नेपाल प्रहरीको मनोवल उच्च नबनाएसम्म चुनावको वातावरण बन्न नसक्ने जिकिर गरे ।

पोखरेलले प्रतिनिधिसभाको पुनस्र्थापनाको एजेन्डासहित एमाले अहिले जनतामाझ गइरहेको जिकिर गरे । त्यस्तै महासचिव पोखरेलले बाह्य शक्ति, नेपालको राजनीतिमा आफ्ना सत्ता आकांक्षा पुरा नभएर कुण्ठित बन्न पुगेका राजनीतिक दलहरु, बैकल्पिक शक्ति निर्माण गर्ने नाममा अराजकता मच्चाइरहेकाहरुले जेनजी आन्दोलनलाई ध्वस्तात्मक बनाउने काम गरेको आरोप लगाए । जेनजी आन्दोलनमा षडयन्त्र गर्नेहरुको परिचान गरि दोषिलाई कारवाही गर्नुपर्ने उनको भनाइ छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न

समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न

जनक शिक्षा सामग्री केन्द्र लिमिटेड सानोठिमीमा सोमबार समानुपातिकतर्फको दुई करोड आठ लाख ५० हजार प्रति मतपत्र छपाइकार्य सम्पन्न भएको केन्द्रका प्रबन्ध निर्देशक यदुनाथ पौडेलले जानकारी दिए ।
राष्ट्रियसभा सदस्यको निर्वाचनः लुम्बिलीमा १६ जनप्रतिनिधिको मत बदर

राष्ट्रियसभा सदस्यको निर्वाचनः लुम्बिलीमा १६ जनप्रतिनिधिको मत बदर

यसैगरी नगरपालिका प्रमुख तथा उपप्रमुख र गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्षसमेत गरी २१७ मध्ये २०८ जना प्रतिनिधिले राष्ट्रियसभा सदस्यका लागि मतदान गरेका थिए । जसमा १० मत बदर भएको...
आचारसंहिता उल्लंघनका उजुरीमाथि आयोगद्वारा स्पष्टीकरण माग

आचारसंहिता उल्लंघनका उजुरीमाथि आयोगद्वारा स्पष्टीकरण माग

त्यसको जवाफ पनि प्राप्त भएको छैन । यसै विषयमा आयोगले राष्ट्रिय खेलकुद परिषद्लाई पनि दुई दिनभित्र स्पष्टीकरण पेस गर्ने गरी माघ ८ गते नै स्पष्टीकरण सोधेको थियो ।...