नेभिगेशन
मुख्य समाचार

दुर्गा प्रसाई पक्राउको विरोधमा पञ्जीकरण विभागको वेबसाइट ह्याक

काठमाडौँ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको वेबसाइट ह्याक भएको छ । विभागले आधिकारीकरुपमा वेबसाइट ह्याक भएको अस्विकार गरेपनि २ घण्टा अघि विभागको वेबसाइटमा अस्वभाविक परिवर्तन देखिएको एक अधिकारीले बताए । उनका अनुसार विभागको वेबसाइटमा दुर्गा प्रसाई पक्राउको विरोध गर्दै सरकारलाई चेतावनी दिइको सूचना उल्लेख गरिएको थियो । 

विभागका महानिर्देशक नमराज घिमिरेले भने वेबसाइटमा समस्या देखिएकाले अहिले प्राविधिक टिमले नियन्त्रण लिने प्रयास गर्दै छन् । अहिले वेबसाइट खोल्दा वेबसाइट मर्मतको क्रममा रहेको म्यासेज देखिन्छ । 

विभागको वेबसाइटको भएको विवरण भने सुरक्षीत रहेको उनको दाबी छ । पञ्जीकरण विभाग २ करोड नेपालीको बायोमेट्रिक सहितको राष्ट्रिय परिचयपत्र लगाएका सरकारी विवरण राख्ने सरकारी संरचना हो । 
केहि दिन अघि विभागकै वेबसाइटमा भएको राष्ट्रिय पचिरयपत्रको विवरणलाई निर्वाचन आयोगसँग जोडेर अनलाई मतदाता नामावली दर्ता गर्न मिल्ने व्यवस्था गरिएको थियो । उक्त सिस्टम बनाउनका लागि सरकारी प्राधिकि तथा कर्मचारी बाहेक जेनजी आन्दोलनका नाममा सरकारसँग निकट रहेका केहि अभियान्ता तथा कलाकार सहभागी भएका थिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
सरकारलाई स्वर्णिमको आग्रहः सहकारी छानबिन समितिले बुझाएको प्रतिवेदनको पाना नम्बर ४४९ फेरि पढिदिनुस्

सरकारलाई स्वर्णिमको आग्रहः सहकारी छानबिन समितिले बुझाएको प्रतिवेदनको पाना नम्बर ४४९ फेरि पढिदिनुस्

‘संसदले पेश गरेको त्यस्तो प्रकृतिको छानबिन रिपोर्ट तयार भएको २, ३ घण्टामै क्याविनेटमा लगेर कारवाही गराएको ओली सरकारको नियतबारे अहिले आम जनातालाई छर्लङ्ग थाहा भईसकेको छ । ४०...
शान्तिविरुद्धको कसुरमा प्रसाईंलाई ४ दिन हिरासतमा राख्न आदेश

शान्तिविरुद्धको कसुरमा प्रसाईंलाई ४ दिन हिरासतमा राख्न आदेश

जिल्ला प्रशासन कार्यालय काठमाडौंले सार्वजनिक शान्तिविरुद्धको कसुरमा प्रसाईंलाई ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो । म्याद थपका लागि प्रसाईंलाई मंगलबार जिल्ला सरकारी वकीलको कार्यालय...
कृषिमन्त्रीको नेतृत्वमा कोप–३० मा सहभागिताः जलवायु न्यायका लागि आह्वान

कृषिमन्त्रीको नेतृत्वमा कोप–३० मा सहभागिताः जलवायु न्यायका लागि आह्वान

ब्राजिलको बेलेममा जारी सम्मेलनमा नेपालले सबै राष्ट्रहरूको राष्ट्रिय निर्धारित योगदान (एनडिसी) प्रतिवेदन पेस गर्ने, अभिसन्धिबाट भएका दायित्व पूरा गर्ने र जलवायु न्यायसम्बन्धी अन्तरराष्ट्रिय न्यायालयको परामर्शात्मक रायलाई सम्मान गर्ने...
जिल्ला प्रशासन कार्यालय अगाडि आन्दोलनमा उत्रिएका दुर्गा प्रसाँईका समर्थक(तस्बिरहरु)

जिल्ला प्रशासन कार्यालय अगाडि आन्दोलनमा उत्रिएका दुर्गा प्रसाँईका समर्थक(तस्बिरहरु)

उनीहरुले विभिन्न नारा लगाउदैं दुर्गा प्रसाँइलाई तत्काल विनासर्त रिहाइ गर्न सरकार संग माग गरेका छन् ।

भर्खरै