नेभिगेशन
समाज

दुर्गा प्रसाई पक्राउको विरोधमा पञ्जीकरण विभागको वेबसाइट ह्याक

काठमाडौँ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको वेबसाइट ह्याक भएको छ । विभागले आधिकारीकरुपमा वेबसाइट ह्याक भएको अस्विकार गरेपनि २ घण्टा अघि विभागको वेबसाइटमा अस्वभाविक परिवर्तन देखिएको एक अधिकारीले बताए । उनका अनुसार विभागको वेबसाइटमा दुर्गा प्रसाई पक्राउको विरोध गर्दै सरकारलाई चेतावनी दिइको सूचना उल्लेख गरिएको थियो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

विभागका महानिर्देशक नमराज घिमिरेले भने वेबसाइटमा समस्या देखिएकाले अहिले प्राविधिक टिमले नियन्त्रण लिने प्रयास गर्दै छन् । अहिले वेबसाइट खोल्दा वेबसाइट मर्मतको क्रममा रहेको म्यासेज देखिन्छ । 

Ncell
Extreme Energy

विभागको वेबसाइटको भएको विवरण भने सुरक्षीत रहेको उनको दाबी छ । पञ्जीकरण विभाग २ करोड नेपालीको बायोमेट्रिक सहितको राष्ट्रिय परिचयपत्र लगाएका सरकारी विवरण राख्ने सरकारी संरचना हो । 
केहि दिन अघि विभागकै वेबसाइटमा भएको राष्ट्रिय पचिरयपत्रको विवरणलाई निर्वाचन आयोगसँग जोडेर अनलाई मतदाता नामावली दर्ता गर्न मिल्ने व्यवस्था गरिएको थियो । उक्त सिस्टम बनाउनका लागि सरकारी प्राधिकि तथा कर्मचारी बाहेक जेनजी आन्दोलनका नाममा सरकारसँग निकट रहेका केहि अभियान्ता तथा कलाकार सहभागी भएका थिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
प्रचण्ड भन्छन्– एमाले र मसालसँग समझदारी भइसक्यो

प्रचण्ड भन्छन्– एमाले र मसालसँग समझदारी भइसक्यो

नेकपा बागमती प्रदेश सम्पर्क कमिटीले आइतबार काठमाडौँ आयोजना गरेको कार्यक्रममा संयोजक प्रचण्डले वामपन्थीहरूको बीचमा र देशभक्तहरूसँग सहकार्य गर्न लगातार छलफल भइरहेको र एमाले र मसालसँग सहकार्यको समझदारी भइसकेको...
वडासम्मै पुग्यो कांग्रेस विवादः कटारी–३ मा बाबु गगनतिर, छोरा देउवातिर

वडासम्मै पुग्यो कांग्रेस विवादः कटारी–३ मा बाबु गगनतिर, छोरा देउवातिर

यहाँ एउटै परिवारका बाबु–छोरा नै कांग्रेसका दुई फरक धारबाट वडा सभापति बनेका छन्। ६६ वर्षीय बैजनाथ अधिकारी संस्थापन पक्ष (गगन थापा नेतृत्वको पक्ष)बाट वडा सभापति चयन भएका छन्...
जितिया पर्वअन्तर्गतको निराहार व्रत समापन

जितिया पर्वअन्तर्गतको निराहार व्रत समापन

सन्तानको दीर्घायु, सुस्वास्थ्य र समृद्धिको कामनासहित महिलाले मनाउने जितिया पर्वअन्तर्गतको निराहार व्रत समापन भएको छ ।