नेभिगेशन
सबै कुरा

यती, ओम्नी र गिरीबन्धु टी इस्टेटमा छानबिन गर्न सरकारलाई ओलीको चुनौती

११ भदौ, काठमाडौं - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारलाई यती, ओम्नी र गिरीबन्धु टी–इस्टेट प्रकरणमा छानबिन गर्न चुनौती दिएका छन् । सोमबार राजधानीमा आयोजित जनप्रतिनिधिसँग केपी ओली कार्यक्रममा बोल्दै उनले यी प्रकरणमा छानबिन गर्दा आफूलाई केही फरक नपर्ने बताएका हुन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

 उनी भन्छन्, ‘त्यतिबेलादेखि अहिलेसम्म छानबिन गर भनिराखेका छौं त । के यती होल्डिङस, यती होल्डिङस भनेर कराइरहेको, गर न त छानबिन अनि जाऊ आफैं जेलमा’, उनले थपे, ‘वाइडबडीको छानबिन गर, जेल जाऊ । अस्तिसम्म ललितानिवास ललिता निवास भन्दै थिए । अहिले कस्तै भागारे भाग छ । कोही यताबाट कोही उताको ढोकाबाट भागाभाग छ ।’

Ncell
Extreme Energy

त्यस्तै सत्तापक्षद्वारा आफूलाई ललिता निवासको विषयमा निरन्तर आरोप लगाइरहेपनि सत्तापक्ष आफैँ त्यस प्रकरणमा फसिरहेको उनले बताएका छन् । उनले गिरिबन्धु टी इस्टेटको जग्गा पहिले कानुनविना नै बिक्री भएकामा आफूले कानुन बनाएर व्यवस्थित गरेको समेत दाबी गरेका छन् ।

‘विना कानुन ०५३ सालमा १९ विघा जमिन बेच्न दिइएको थियो कमिसन खाएर, त्यसको छानबिन गर । २०६० कि कति सालमा बिना कानुन ५१ बिघा जमिन बेच्न दिइएको थियो, कमिसन खाएर । हामीले कानुन बनाइदिएका हौं । अब उपरान्त कानुनसम्मत गर भनेर भनेका छौं ।’ उनले भनेका छन् । 

त्यस्तै उनले पूर्वराजा ज्ञानेन्द्र शाहले ‘कू’ गर्दा आफ्नो पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पानी ट्यांकीमा पैसा लुकाएको भ्रम विरोधीहरूले फैलाएको समेत दाबी गरेका छन्।  

‘ज्ञानेन्द्र शाहले कू गरेको, ईश्वर पोखरेललाई थुन्दा पानीट्यांकीभरी पैसा लुकायो रे, कहाँ गयो त त्यो पैसा, ज्ञानेन्द्रकहाँ गयो कि कहाँ गयो ?,’ उनले भने, ‘ट्यांकीको पैसा हाजिर गर। फिर्ता गर ट्यांकीको पैसा कति थियो। ईश्वर पोखरेललाई थुन्दा ट्यांकीमा पैसा थियो भने त्यो पैसा कहाँ गयोरु पैसा त थियो होला नि त्यहाँ ?’

त्यस्तै कार्यक्रमलाई सम्बोधन गर्दै उनले  नेकपा एमाले कमिसनका पछाडि हिँड्ने पार्टी नभएको र महान उद्देश्यका लागि हिँड्ने पार्टी भएको समेत बताए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
संसद्‍मा किन पुगेन कोरम ? यसो भन्छिन् आशिका तामाङ

संसद्‍मा किन पुगेन कोरम ? यसो भन्छिन् आशिका तामाङ

प्रतिनिधि सभा बैठकमा कोरम नपुगेर बैठक स्थगित भएपछि अहिले सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीको आलोचना भइरहेको छ ।
बेलगाम रास्वपा सांसद, संसद्‍मा हाजिर गरेर भत्ता पकाउँदै टाप

बेलगाम रास्वपा सांसद, संसद्‍मा हाजिर गरेर भत्ता पकाउँदै टाप

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरु गैरजिम्मेवार बनेका छन् ।
सात संसदीय समितिको बैठक बस्दै, गृहको उजुरीदेखि कोपसम्म एजेण्डा

सात संसदीय समितिको बैठक बस्दै, गृहको उजुरीदेखि कोपसम्म एजेण्डा

विभिन्न सात वटा संसदीय समितिको बैठक बस्दैछ ।
राष्ट्रियसभाको बैठक बस्दै, एजेण्डामा छन् तीन विधेयक

राष्ट्रियसभाको बैठक बस्दै, एजेण्डामा छन् तीन विधेयक

संघीय संसद्, राष्ट्रियसभाको बैठक बस्दैछ ।