नेभिगेशन
मुख्य समाचार

‘जेनजी’ अगुवा र प्रशासनबीच वार्ता, सिमराको अवस्था सामान्य बन्दै

बारा ।  ‘जेनजी’ अगुवा र स्थानीय प्रशासनबीच यहाँ वार्ता सुरु भएको छ । सशस्त्र प्रहरी रुद्रवाहिनी पथलैयामा वार्ता सुरु भएको हो ।

वार्तामा ‘जेनजी’ पक्षबाट बारा संयोजक सम्राट उपाध्यायसहित १८ जना र प्रशासनका तर्फबाट प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रसहित सुरक्षा निकायका प्रमुखको सहभागिता रहेको सहायक प्रमुख जिल्ला अधिकारी पुरुषोत्तम भट्टराईले जानकारी दिए ।

CG

बाराको सिमरामा बुधबार ‘जेनजी’ र नेकपा (एमाले) कार्यकर्ताबीच विवाद भएपछि असामान्य अवस्था बनेको थियो । त्यसपछि यहाँ स्थानीय प्रशासनले दुई दिन ‘कफ्र्यू’ लगाउनुपरेको थियो । प्रदर्शन पक्षधरले आफूहरूलाई एमालेका नेता कार्यकर्ताले कुटपिट गरेको भन्दै संलग्नलाई पक्राउ गरी कारबाहीको माग गर्दै प्रदर्शन जारी राखेका थिए ।

घटनामा संलग्न भएको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेपछि यहाँको अवस्था सामान्य बन्दै गएको छ । शुक्रबार बिहानदेखि जनजीवन समान्य बन्दै गएको हो भने यातायात पनि पूर्ण रूपमा सञ्चालनमा रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

त्यस्तै,स्थानीय प्रशासनको आग्रहपछि अभियन्ता सुदन गुरुङ, ‘जेनजी’ नेता पुरुषोत्तम यादवलगायत काठमाडौँबाट मधेस आएका छन् । उनीहरु वार्तामा सहभागी भएपछि निष्कर्षमा पुगिने जनाइएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग

त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग

विश्वविद्यालयका स्ववियु सभापति दीपकराज जोशीका अनुसार विश्वविद्यालयलले परीक्षा प्रणाली विकेन्द्रीकरण नगर्दा मौका परीक्षा तथा स–साना कामका लागि पनि काठमाडौँ नै आउनुपर्ने विद्यार्थीको बाध्यता रहेको छ । उनले भने,...
नेपालगञ्ज विमानस्थलबाहिर शुभेच्छुक र समर्थकबाट घेरिएपछि बालेन शाह (तस्बिरहरु)

नेपालगञ्ज विमानस्थलबाहिर शुभेच्छुक र समर्थकबाट घेरिएपछि बालेन शाह (तस्बिरहरु)

सोमबार रास्वपाका वरिष्ठ नेता शाह नेपालगञ्ज विमानस्थल भएर सुदुरपश्चिम जानलागेका हुन । साह नेपालगञ्ज भएर सुदुरपश्चिम जाँदैछन् भन्ने कुरा थाहा पाएपछि बालेनका समर्थक र शुभेच्छुकहरु उनको स्वागतमा विमानस्थलमै...
सुदूरपश्चिममा १२ जना पूर्वमन्त्री चुनावी दौडमा

सुदूरपश्चिममा १२ जना पूर्वमन्त्री चुनावी दौडमा

नेपाली कांग्रेस, नेकपा (एमाले) र नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवारहरूमा सङ्घीय र प्रदेश सरकारमा सहभागी भइसकेका १२ जना पूर्वमन्त्री आसन्न चुनावी मैदानमा होमीएका हुन । कांग्रेसले सुदूरपश्चिम प्रदेशमा कञ्चनपुर...
लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायबाट पहिलो पटक  ६ जना प्रत्यक्ष उम्मेदवार

लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायबाट पहिलो पटक  ६ जना प्रत्यक्ष उम्मेदवार

यस अवसरमा सोमबार पार्टीले एक अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ । मंसिर ९ गते पार्टी निर्वाचन आयोगमा दर्ता भएसँगै लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायले पहिलोपटक आफ्नै पार्टी गठन...