नेभिगेशन
समाज

सर्वोच्च अदालतमा आगजनी गर्ने ५ जना पक्राउ

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा सर्वोच्च अदालतमा आगजनी र तोडफोड गर्ने पाँच जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

पक्राउ पर्नेमा राजु परियार, कुमार पराजुली, सुशील श्रेष्ठ र ज्योति थापा घतानी रहेको आज आयोजित पत्रकार सम्मेलनमा जिल्ला प्रहरी परिसरका प्रवक्ता पवनकुमार भट्टराईले जानकारी दिए । प्रहरीले एक जनाको भने पहिचान खुलाएको छैन । 

Ncell
Extreme Energy

अदालतमा आगजनी गर्ने अन्य केहीको पहिचान भइसकेको जानकारी दिँदै उनले उनीहरुलाई पनि छिट्टै कानुनी दायरामा ल्याइने बताए। अदालतमा आगजनी गर्नेमाथि छानबिन गरी कारबाही गर्न सर्वोच्चले परिसरमा जाहेरी दिएको थियो । 

परिसरमा जेनजी आन्दोलनका क्रममा आगजनी, तोडफोड, आपराधिक उपद्रवसँग सम्बन्धित १०४ वटा जाहेरी परेको छ । त्यसमध्ये २२ व्यक्तिगत, ६६ वटा सरकारी कार्यालय र १६ वटा संस्थागत÷व्यापारिक प्रतिष्ठानको रहेको परिसरले जनाएको छ ।
 
आन्दोलनका क्रममा काठमाडौँमा मात्रै ४९ जनाको मृत्यु भएको प्रहरी तथ्याङ्क छ । त्यसमध्ये सात जनाको अझैसम्म पहिचान छैन । सो समयमा हराएका सात जनाको हुलिया प्राप्त भएको प्रहरीले जनाएको छ । 

“चुच्चेपाटीको भाटभटेनीमा सात वटा कङ्काल फेला परेका हुन्, जसले आशङ्का गर्नुभएको छ, फेला परेको शव पूर्णरुपले जलेकाले डिएनएनको नमुना पाउन सकिएन”, उनले भने, “पहिचानका लागि अन्य ठाउँमा पठाउने कि भनेर लागेको छौँ, सो शवको पहिचान नभएसम्म त्यसको यकीन गर्ने आधार देखिएन ।”

यसबीचमा विभिन्न कसुरमा १५४ वटा दर्ता भएको, २६७ जनालाई पक्राउ गरिएको, ८७ जना हाजिर जमानीमा छुटेका, ११३ जना हिरासतमा रहेको, ३३ जना धरौटीमा छुटेका छन् भने ४३ जना पुर्पक्षका लागि थुनामा पुगेका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
भारी हिमपात र निरन्तर वर्षाका कारण मनास्लु आरोहण नगरी फर्कन थाले आरोही

भारी हिमपात र निरन्तर वर्षाका कारण मनास्लु आरोहण नगरी फर्कन थाले आरोही

मनास्लु क्षेत्रमा भइरहेको निरन्तर वर्षापछि त्यस वरपर पाँच फिट बाक्लो हिमपात भइरहेको उनले जानकारी दिए । “यस्तो त कहिल्यै भएको थिएन । खै के भएको हो, पानी र...
भोटेकोशी बाढीपीडितको पुनःस्थापनाका लागि ३,२७९ रोपनी जग्गा पहिचान

भोटेकोशी बाढीपीडितको पुनःस्थापनाका लागि ३,२७९ रोपनी जग्गा पहिचान

समितिका अनुसार पहिचान गरिएका २७७ कित्ता जग्गाको कुल क्षेत्रफल ३,२७९ रोपनी दुई पैसा रहेको छ। जिल्लागत रूपमा रसुवामा १७७ कित्ता, नुवाकोटमा ९४ कित्ता र धादिङमा ६ कित्ता जग्गा...
त्रिपुरेश्वरमा बसमा आगो लगाउँदा मृत्यु भएका चालकको खुल्यो पहिचान

त्रिपुरेश्वरमा बसमा आगो लगाउँदा मृत्यु भएका चालकको खुल्यो पहिचान

मृत्यु हुने व्यक्ति मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ सिस्नेरीका २५ वर्षीय अर्जुन दोङ भएको पुष्टि भएको हो।
ब्युँतिँदै छ धुलिखेल जग्गा विकास आयोजना

ब्युँतिँदै छ धुलिखेल जग्गा विकास आयोजना

धुलिखेल नगरपालिका–४ स्थित बाँसघारी र छापगाउँमा सञ्चालित धुलिखेल एकीकृत जग्गा विकास आयोजना दुई दशकभन्दा लामो समयदेखि रोकिएपछि पुनः कार्यान्वयनको प्रक्रियामा अघि बढाइएको छ।