नेभिगेशन
मुख्य समाचार

नेपालगञ्जमा अतिक्रमित घर टहरा हटाउन सुरु

नेपालगञ्ज । रत्न राजमार्ग आसपासमा अतिक्रमण गरी बनाइएका घर टहरा नेपालगञ्ज उपमहानगरपालिकाले बिहीबारदेखि हटाउन सुरु गरेको छ ।

उपमहानगरले बिपीचोकबाट धम्बोझी चोकसम्म राजमार्गदेखि २१ मिटरभित्रका घर टहरा हटाउन सुरु गरेको हो । नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले त्यस क्षेत्रमा अपाङ्गमैत्री संरचना निर्माणका लागि ठेक्का सम्झौता भइसकेकाले अतिक्रमण हटाउन सुरु गरिएको जानकारी दिए ।

CG

उनले हरियाली प्रवर्द्धन गर्न रुख बिरुवासमेत रोपिने उल्लेख गर्दै डेढवर्षमा गणेशमान चोकदेखि बिपीचोक र धम्बोझी चोकदेखि पुप्पलाल चोकसम्म पूर्वाधार निर्माण गरिने बताए । रु ४९ लाख ५० हजारमा सो ठेक्का लगाइएकाले हाल बिपीचोकदेखि धम्बोझी चोकसम्म अतिक्रमण हटाइने उनको भनाइ छ । उपमहानगरले यसअघि सार्वजनिक सूचना जारी गर्दै अतिक्रमण गरेका जग्गा खाली गर्न आग्रह गरेको थियो । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
सिरहाका चार निर्वाचन क्षेत्रमा नौ पूर्वमन्त्री चुनावी मैदानमा

सिरहाका चार निर्वाचन क्षेत्रमा नौ पूर्वमन्त्री चुनावी मैदानमा

क्षेत्र नं ४ मा पूर्वमन्त्रीहरूको बाक्लो उपस्थितिले यस क्षेत्रलाई सबैको चासोको केन्द्र बनाएको छ । सिरहा निर्वाचन क्षेत्र नं १ मा नेपाली कम्युनिष्ट पार्टीकातर्फबाट पूर्वसामान्य प्रशासनमन्त्री रामचन्द्र यादव...
प्रतिनिधिसभा निर्वाचन ३८ दिन बाँकीः संयुक्त निर्वाचन सञ्चालन केन्द्रले थाल्यो काम

प्रतिनिधिसभा निर्वाचन ३८ दिन बाँकीः संयुक्त निर्वाचन सञ्चालन केन्द्रले थाल्यो काम

आयोग परिसरमा स्थापना भएको सो केन्द्रमा निर्वाचनका सम्बन्धमा देखिने सबै प्रकारका समस्या तत्काल समाधान गरिने जनाइएको छ । आयोगले संयुक्त निर्वाचन सञ्चालन केन्द्र आइतबार मात्रै स्थापना गरेको हो...
‘फेक रेस्क्यू’को नक्कली कागजात बनाएर करोडौँ ठगी गरेको अभियोगमा ६ जना पक्राउ

‘फेक रेस्क्यू’को नक्कली कागजात बनाएर करोडौँ ठगी गरेको अभियोगमा ६ जना पक्राउ

ब्यूरो प्रमुख केसीले फेक रेस्क्यूको उजुरी अझै आइरहेको बताए । “विशेषगरी उच्च हिमाली क्षेत्रमा आउने विदेशी पर्यटकको उद्धार र उपचारको आवरणमा गैरकारोबार भएकाबारे उजुरी र विभिन्न सञ्चारमाध्यममा आएको...
राष्ट्रियसभा निर्वाचनः एमाले–कांग्रेस गठबन्धनकै उम्मेदवारहरु बिजयी

राष्ट्रियसभा निर्वाचनः एमाले–कांग्रेस गठबन्धनकै उम्मेदवारहरु बिजयी

आइतबार सातै प्रदेशमा १८ पदका लागि भएकाको मतदानका एमाले–कांग्रेस गठबन्धनका उम्मेदवारहरु बिजयी भएका हुन् । कोशी प्रदेशमा कांग्रेसका सुनिलबहादुर थापा निर्विरोध निर्वाचित भएका हुन । निर्वाचनपछि एमालेका सोम...

भर्खरै