नेभिगेशन
मुख्य समाचार

लुम्बिनीलाई सात विकेटले हराउदै सुदुरपश्चिम विजयी

काठमाडौँ । काठमाडौँमा जारी नेपाल प्रिमियर लिग(एनपिएल)मा बिहीबार भएको पहिलो खेलमा सुदुरपश्चिम रोयल्स विजयी भएको छ ।

सुदुरपश्चिमले लुम्बिनीलाई सात विकेटले प्राजित गरेको हो । टस जितेर फिल्डीङ रोजेको सुदुरपश्चिमले लुम्बिनीलाई १९.४ ओभरको १४३ रन दिएको थियो । लुम्बिनी लाइन्सले दिएको लक्ष्यलाई सुदुरपश्चिम रोयल्सले १८.२ ओभर खेल्दै तीन विकेटको क्षतिमै भेटाएको हो ।

CG

लगातार चार जितपछि ८ अंक जोडेर शीर्ष स्थानमा रहेको सुदूरपश्चिम प्लेअफ नजिक समेत पुगेको छ । यता पहिलो खेलमै जित हात पार्दै सानदार सुरुवात गरेको लुम्बिनीले त्यस यताका तीन खेलमा हार व्यहोरेको हो । ४ खेल बाट २ अंक जोडेको लुम्बिनीको प्लेअफ पुग्ने सम्भावना निकै कम देखिन्छ । सुदूरपश्चिमका विनोद भण्डारीले अविजति ६९ रन बनाए । भण्डारीले ४९ बल खेल्दै ५ चौका र ४ छक्का प्रहार गरे । जारी सिजनमा भण्डारीले पहिलो अर्धशतक प्रहार गरे ।

त्यस्तै, बिहीबारको दोस्रो खेलमा अनिल शाह नेतृत्वको साविक विजेता जनकपुर र कुशल भुर्तेलको कप्तानीमा पोखरा जित आफ्नो पोल्टामा पार्ने दाउमा छन् ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
डिजेल र मट्टीतेलको मूल्य लिटरमै ३ रुपैयाँले बढ्यो

डिजेल र मट्टीतेलको मूल्य लिटरमै ३ रुपैयाँले बढ्यो

निगमले पेट्रोल र खाना पकाउने ग्यासको मूल्य यथावत राखेको छ  भने हवाई इन्धन आन्तरिक र बाह्य दुवैतर्फको मूल्य घटेको छ। निगमकाअनुसार डिजेल र मट्टीतेलको मूल्य लिटरमा ३ रुपैयाँले...
‘नयाँ खोज्ने नाममा देशलाई राजनीतिक चलखेलको प्रयोगशाला बनाउनु हुँदैन’–कांग्रेस

‘नयाँ खोज्ने नाममा देशलाई राजनीतिक चलखेलको प्रयोगशाला बनाउनु हुँदैन’–कांग्रेस

प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ को सन्दर्भमा जानकारी दिन कांग्रेसले आज पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले नयाँ खोज्ने नाममा देशलाई प्रयोशाला बनाउन नहुने धारणा राखे...
संसद् पुनस्थापनाको मुद्दा अबिलम्व फैसला गर्न एमाले अध्यक्ष ओलीको माग

संसद् पुनस्थापनाको मुद्दा अबिलम्व फैसला गर्न एमाले अध्यक्ष ओलीको माग

उनले सरकारले जे गर्दा पनि हुन्छ भन्ने सोच्यो भने त्यो देश र सरकारकै लागि पनि अनिष्ट हुने चेतावनी दिए । फागुन २१ गते निर्वाचनको मिति तय गरिएपनि हिमाली...
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै

हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै

अवरुद्ध नेपाल–चीन जोड्ने कोरला सडकअन्तर्गत आज बिहानदेखि हिउँ पन्छाएर लोमान्थाङसम्मको सडक सञ्चालनमा ल्याइएको छ । जिल्ला प्रशासन कार्यालयसहित लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाको संयुक्त पहलमा कालीगण्डकी करिडोर (बेनी–जोमसोम–कोरला)...