नेभिगेशन
मुख्य समाचार

अपराजित रहँदै ‘प्लेअफ’मा पुग्ने लक्ष्य छः विनोद भण्डारी

काठमाडौं । सुदूरपश्चिम रोयल्सका खेलाडी विनोद भण्डारीले आफ्नो टिम अपराजित रहँदै प्लेअफमा पुग्ने लक्ष्यमा रहेको बताएका छन् ।

लुम्बिनी लायन्सलाई ७ विकेटले हराउँदै लगातार चौथो जितसहित सुदूरपश्चिम प्लेअफ नजिक पुगेको छ । आज सम्पन्न खेलपछि सञ्चारकर्मीसँगको कुराकानीमा भण्डारीले अपराजित रहँदै प्लेअफ पुग्ने लक्ष्यमा रहेको बताए  । “सुदूरपश्चिम साविक उपविजेता टोली समेत हो,” उनले भने, “अहिलेलाई हाम्रो लक्ष्य अपराजित रहँदै प्लेअफमा पुग्ने हो । त्यसपछि मात्रै फाइनल र च्याम्पियनका लागि सोच्छौँ ।”

CG

लुम्बिनीलाई ७ विकेटले हराएको खेलमा विनोदले उत्कृष्ट ब्याटिङ गर्दै अविजित ६९ रनको योगदान गरे । उनले ‘प्लेयर अफ दी म्याच’ पाए । त्यसैगरी लगातार तेस्रो हार व्यहोरेको लुम्बिनीका कप्तान रोहित पौडेलले बाँकी खेलमा राम्रो गर्दै प्लेअफमा पुग्ने दाबी गरे । उनले भने, “अब हामीले तीन खेल खेल्न बाँकी छ । ती खेलहरूमा जित निकालेर प्लेअफमा पुग्छौँ भन्ने विश्वास छ ।”

सुदूरपश्चिम लगातार चौथो जित निकालेर ८ अङ्कका साथ शीर्ष स्थानमा छ । चारमध्ये एक खेल मात्रै जितेको लुम्बिनी दुई अङ्कसहित छैटौँ स्थानमा छ । लुम्बिनीले प्लेअफमा पुग्न बाँकी तीन खेल जित्नैपर्ने दबाब छ । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
डिजेल र मट्टीतेलको मूल्य लिटरमै ३ रुपैयाँले बढ्यो

डिजेल र मट्टीतेलको मूल्य लिटरमै ३ रुपैयाँले बढ्यो

निगमले पेट्रोल र खाना पकाउने ग्यासको मूल्य यथावत राखेको छ  भने हवाई इन्धन आन्तरिक र बाह्य दुवैतर्फको मूल्य घटेको छ। निगमकाअनुसार डिजेल र मट्टीतेलको मूल्य लिटरमा ३ रुपैयाँले...
‘नयाँ खोज्ने नाममा देशलाई राजनीतिक चलखेलको प्रयोगशाला बनाउनु हुँदैन’–कांग्रेस

‘नयाँ खोज्ने नाममा देशलाई राजनीतिक चलखेलको प्रयोगशाला बनाउनु हुँदैन’–कांग्रेस

प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ को सन्दर्भमा जानकारी दिन कांग्रेसले आज पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले नयाँ खोज्ने नाममा देशलाई प्रयोशाला बनाउन नहुने धारणा राखे...
संसद् पुनस्थापनाको मुद्दा अबिलम्व फैसला गर्न एमाले अध्यक्ष ओलीको माग

संसद् पुनस्थापनाको मुद्दा अबिलम्व फैसला गर्न एमाले अध्यक्ष ओलीको माग

उनले सरकारले जे गर्दा पनि हुन्छ भन्ने सोच्यो भने त्यो देश र सरकारकै लागि पनि अनिष्ट हुने चेतावनी दिए । फागुन २१ गते निर्वाचनको मिति तय गरिएपनि हिमाली...
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै

हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै

अवरुद्ध नेपाल–चीन जोड्ने कोरला सडकअन्तर्गत आज बिहानदेखि हिउँ पन्छाएर लोमान्थाङसम्मको सडक सञ्चालनमा ल्याइएको छ । जिल्ला प्रशासन कार्यालयसहित लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाको संयुक्त पहलमा कालीगण्डकी करिडोर (बेनी–जोमसोम–कोरला)...