नेभिगेशन
मुख्य समाचार

एनपिएलः पोखराद्वारा जनकपुर सामु १५६ रनको लक्ष्य

काठमाडौँ । जारी नेपाल प्रिमियर लिग(एनपिएल)मा पोखरा एभेन्जर्सले जनकपुर बोल्ट्स सामु १५६ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

टस जितेर पहिले ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १५५ रन जोडेको हो । व्याटिङ तर्फ पोखराका युगान्डाका सुमित वर्माले २९ बल खेल्दै २ चौका र ४ छक्का मद्दतमा सर्वाधिक ५० रन बनाए । अन्य खेलाडीहरुमा दिनेश खरेलले ३९, तृतराज दासले २९ र एडम रोसिङग्टनले २४ रन जोडे ।

CG

पोखराका कप्तान कुशल भुर्तेल भने पहिलो बलमै पबेलियन फर्किएका थिए । बलिङ तर्फ सञ्जय कृष्णमुर्तीले ४ ओभरमा २१ रन खर्चेर ३ विकेट लिए । भने, कप्तान अनिल शाह र ललित राजवंशीले समान एक र एक विकेट लिएका छन् । त्यस्तै आजै भएको पहिलो खेलमा सुदुरपश्चिम रोयल्सले लुम्बिनी लाइन्सलाई सात विकेटले पराजित गरेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
डिजेल र मट्टीतेलको मूल्य लिटरमै ३ रुपैयाँले बढ्यो

डिजेल र मट्टीतेलको मूल्य लिटरमै ३ रुपैयाँले बढ्यो

निगमले पेट्रोल र खाना पकाउने ग्यासको मूल्य यथावत राखेको छ  भने हवाई इन्धन आन्तरिक र बाह्य दुवैतर्फको मूल्य घटेको छ। निगमकाअनुसार डिजेल र मट्टीतेलको मूल्य लिटरमा ३ रुपैयाँले...
‘नयाँ खोज्ने नाममा देशलाई राजनीतिक चलखेलको प्रयोगशाला बनाउनु हुँदैन’–कांग्रेस

‘नयाँ खोज्ने नाममा देशलाई राजनीतिक चलखेलको प्रयोगशाला बनाउनु हुँदैन’–कांग्रेस

प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ को सन्दर्भमा जानकारी दिन कांग्रेसले आज पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले नयाँ खोज्ने नाममा देशलाई प्रयोशाला बनाउन नहुने धारणा राखे...
संसद् पुनस्थापनाको मुद्दा अबिलम्व फैसला गर्न एमाले अध्यक्ष ओलीको माग

संसद् पुनस्थापनाको मुद्दा अबिलम्व फैसला गर्न एमाले अध्यक्ष ओलीको माग

उनले सरकारले जे गर्दा पनि हुन्छ भन्ने सोच्यो भने त्यो देश र सरकारकै लागि पनि अनिष्ट हुने चेतावनी दिए । फागुन २१ गते निर्वाचनको मिति तय गरिएपनि हिमाली...
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै

हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै

अवरुद्ध नेपाल–चीन जोड्ने कोरला सडकअन्तर्गत आज बिहानदेखि हिउँ पन्छाएर लोमान्थाङसम्मको सडक सञ्चालनमा ल्याइएको छ । जिल्ला प्रशासन कार्यालयसहित लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाको संयुक्त पहलमा कालीगण्डकी करिडोर (बेनी–जोमसोम–कोरला)...