नेभिगेशन
समाज

सामाजिक सुरक्षाको दायरामा आउन निजी सञ्चारमाध्यमलाई सञ्चारमन्त्रीको आह्वान

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले सामाजिक सुरक्षाको दायरामा आउन निजी सञ्चारमाध्यमलाई आह्वान गरेका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बिहीबार मन्त्रालयमा सञ्चारकर्मीसंग कुरा गर्दै मन्त्री खरेलले निजी सञ्चार माध्यममा समेत योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम कार्यान्वयन गर्न आह्वान गरेका हुन । कानूनमा नै औपचारिक क्षेत्र सामाजिक सुरक्षाको दायरामा आउनुपर्ने व्यवस्था रहेको उनले बताए ।

Ncell
Extreme Energy

उनले सामाजिक सुरक्षाको दायरामा आउदा सञ्चारमाध्यमलाई कुनै घाटा नहुने जिकिर गरे । त्यस्तै उनले सबै सरकारी सञ्चार माध्यममा योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम प्रारम्भ गरिएको जानकारी दिए । सार्वजनिक सेवा प्रसारण नेपाल, राष्ट्रिय समाचार समिति, गोरखापत्र, प्रेस काउन्सिल नेपाल र न्यूनतम पारिश्रमिक निर्धारण समितिमा कार्यरत सबै सञ्चारकर्मी तथा कर्मचारीहरूमा सामाजिक सुरक्षा कार्यक्रम कार्यान्वयन हुने गरी द्विपक्षीय सम्झौता भएको उनले बताए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्ग आज पनि बन्द

नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्ग आज पनि बन्द

सडकमा रोकिएर बसेका पोखरातर्फ जाने र नारायणगढतर्फ आउने सवारीसाधनलाई आज दिउँसो पार गराइएको छ । दुवै सडकका विभिन्न ठाउँहरूमा ढुङ्गा र लेदोसहितको पहिरो खसिरहेकाले सञ्चालनमा ल्याउन नसकिएको उनले...
कांग्रेस अधिवेशनमा बाढीको प्रभाव, क्षेत्रीय अधिवेशन १३ गतेसम्म

कांग्रेस अधिवेशनमा बाढीको प्रभाव, क्षेत्रीय अधिवेशन १३ गतेसम्म

जारी वर्षा र बाढीको असर कांग्रेस महाधिवेशनमा पनि परेको छ । निर्धारित समयभित्र सबै पालिकामा अधिवेशन सम्पन्न नहुँदै क्षेत्रीय अधिवेशन पनि प्रभावित भएको छ ।
कोरला नाका क्षेत्रमा बेमौसमी हिमपात, लोमान्थाङ आसपासका बस्तीमा भारी वर्षा

कोरला नाका क्षेत्रमा बेमौसमी हिमपात, लोमान्थाङ आसपासका बस्तीमा भारी वर्षा

कोरलानाका क्षेत्रमा हिमपात भएसँगै निकासी तथा पैठारीका कन्टेनर ढुवानीका साधनलाई आवतजावतमा समस्या देखिएको छ । बर्सेनि हिउँदयाम सुरु हुँदै गर्दा उपल्लो मुस्ताङको कोरलानाका क्षेत्रमा असोज महिनामै हिमपात भएको...