नेभिगेशन
समाज

क्रिप्टो करेन्सीको कारोबार गर्ने एक जना पक्राउ, करिब २० करोडको अभौतिक कारोबार देखियो

काठमाडौँ । नेपाल प्रहरीले अवैध रूपमा क्रिप्टो करेन्सीको कारोबार गरेको आरोपमा काठमाडौँ महानगरपालिका–१५ डल्लु बस्ने मोहम्मद सेफलाई पक्राउ गरेको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

जिल्ला प्रहरी परिसर काठमाडौँका सूचना अधिकारी पवनकुमार भट्टराईका अनुसार अभौतिक मुद्रा किप्टो करेन्सीको कारोबार गरिरहेको भन्ने सूचनाका आधारमा बारा कलैया नगरपालिका घर भई काठमाडौँको डल्लु बस्दै आएका सेफलाई पक्राउ गरिएको हो ।

Ncell
Extreme Energy

कारोबार गर्न प्रयोग भएको विभिन्न कम्पनीको मोबाइल दुई थानसहित नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । सेफलाई नियन्त्रणमा लिई अनुसन्धान गर्दा रु १९ करोड ८१ लाख ४९ हजार ५८१ भन्दा बढी बराबरको अभौतिक कारोबार भएको पाइएको प्रहरीको भनाइ छ ।

प्रहरीले अभौतिक मुद्राको प्रयोग गर्न नहुनेसम्बन्धी कसुरमा काठमाडौँ जिल्ला अदालतबाट पाँच दिनको समेत म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
रास्वपाको ‘उद्गमस्थल’ चितवनमा पार्टीको राष्ट्रिय महाधिवेशनले जिल्लावासी उत्साहित

रास्वपाको ‘उद्गमस्थल’ चितवनमा पार्टीको राष्ट्रिय महाधिवेशनले जिल्लावासी उत्साहित

सो पार्टीका सभापति रवि लामिछाने तीनपटक चितवन जिल्लाबाट भारी मतका साथ निर्वाचित हुँदै आएका छन्। पार्टीका संस्थापक सभापति लामिछानेको चितवन गृहजिल्ला भने होइन । तर निर्वाचनका हिसाबले सभापति...
यस कारण महत्त्वपूर्ण छ रास्वपाको चितवन महाधिवेशन

यस कारण महत्त्वपूर्ण छ रास्वपाको चितवन महाधिवेशन

रवि र रास्वपाको जीवनमा चितवनको बेग्लै महत्व छ, बेग्लै सम्बन्ध छ । रवि संकटमा पर्दा चितवनले उनलाई साथ दिइरहेको छ । चितवनका जनता रविप्रति यति ‘क्रेजी’ छन् कि...
धितोपत्र बोर्डको अध्यक्षमा डा.गोपाल भट्ट नियुक्त

धितोपत्र बोर्डको अध्यक्षमा डा.गोपाल भट्ट नियुक्त

नेपाल धितोपत्र बोर्डको अध्यक्षमा डा. गोपाल भट्ट नियुक्त भएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको मन्त्रिपरिषद्को बैठकले भट्टलाई धितोपत्र बोर्डको अध्यक्षमा नियुक्त गरेको हो ।
नेप्से परिसूचकमा झिनो अङ्कको बृद्धि

नेप्से परिसूचकमा झिनो अङ्कको बृद्धि

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक एक दशमलव ६३ अङ्कले उकालो लागेर दुई हजार सात सय दुई दशमलव ११ मा पुगेको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने...