नेभिगेशन
मुख्य समाचार

प्रहरीको पेस्तोल लुटपाट गरी आपराधिक गतिविधिमा संलग्न तीन जना पक्राउ

काठमाडौँ । गत भदौ २३ र २४ गतेको जेनजी युवाहरूको प्रदर्शनका क्रममा प्रहरी कार्यालयबाट हतियार (पेस्तोल) लुटपाट गरी विभिन्न आपराधिक गतिविधिमा संलग्न रहेको अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मकवानपुर बागमती गाउँपालिका–७ घर भई हाल काठमाडौँ महानगरपालिका–२८ बागबजार बस्ने २५ वर्षीय निकेश विक, मकवानपुर बागमती गाउँपालिका–७ घर भई काठमाडौँ बागबजार बस्ने २५ वर्षीय सुरज विक तथा बागलुङ ढोरपाटन नगरपालिका–३ घर भई हाल काठमाडौँ–२८ भृकुटीमण्डप बस्ने २५ वर्षीय बालकृष्ण गैरे रहेका काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिए । 

CG

उनले भने, “गत भदौ २३ र २४ गतेको जेनजी प्रदर्शनका क्रममा प्रहरी कार्यालयबाट हतियार लुटपाट गरी विभिन्न आपराधिक गतिविधिमा संलग्न रहेको भन्ने विशेष सूचनाका आधारमा निजहरूलाई पक्राउ गरिएको हो ।”

पक्राउ परेकाहरूबाट प्रहरीले सिएफ ९८–९००१०४००८२३६ नम्बरको पेस्तोल एक थान र सोही पेस्तोलको म्याग्जिन एक थान तथा टाइप ५४–५५०१११३३ नम्बरको पेस्तोल एक थान बरामद गरेको जनाइएको छ । 

पक्राउ परेका तीनै जनालाई हातहतियार तथा खरखजानासम्बन्धी कसुरमा थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर भद्रकाली, पठाइएको सूचना अधिकारी आचार्यले बताए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
पूर्वीनाकाबाट  १ अर्ब ३७ करोडको चिया निर्यात

पूर्वीनाकाबाट  १ अर्ब ३७ करोडको चिया निर्यात

मेची भन्सार कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईँका अनुसार समीक्षा  अवधिमा ४६ लाख ८८ हजार ९३२ किलोग्राम चिया भारततर्फ निर्यात भएको हो । गत आवको सोही अवधिको तुलनामा यो...
क्रिप्टो करेन्सीको कारोबार गर्ने एक जना पक्राउ, करिब २० करोडको अभौतिक कारोबार देखियो

क्रिप्टो करेन्सीको कारोबार गर्ने एक जना पक्राउ, करिब २० करोडको अभौतिक कारोबार देखियो

कारोबार गर्न प्रयोग भएको विभिन्न कम्पनीको मोबाइल दुई थानसहित नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । सेफलाई नियन्त्रणमा लिई अनुसन्धान गर्दा रु १९ करोड ८१ लाख ४९ हजार ५८१...
बङ्गलादेशसँग विस्तार हुँदै ऊर्जा सहकार्य, थप २० मेगावाट बिजुली नेपालबाट किन्ने

बङ्गलादेशसँग विस्तार हुँदै ऊर्जा सहकार्य, थप २० मेगावाट बिजुली नेपालबाट किन्ने

विसं २०८१ असोज १७ गते नेपालबाट ४० मेगावाट बिजुली निर्यातका लागि सम्झौता भएको थियो । सोही सम्झौतापछि भारतीय ग्रिडमार्फत बिजुली बङ्गलादेश निर्यात भइरहेको छ । नेपालका तर्फबाट नेपाल...
एनपिएल क्रिकेटः चार टोली मैदानमा उत्रने

एनपिएल क्रिकेटः चार टोली मैदानमा उत्रने

त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा पहिलो खेल ११ः४५ चितवन राइनोज र काठमाडौँ गोर्खाज तथा दोस्रो खेल अपराह्न ४ः०० कर्णाली याक्स र विराटनगर किङ्सबीच हुनेछ ।