नेभिगेशन
मुख्य समाचार

देवीनगरमा सार्वजनिक जग्गा अतिक्रमण गरी बनेका संरचनामा महानगरले चलायाे डोजर

काठमाडौँ । काठमाडौँँ महानगरपालिकाको वडा नम्बर १० स्थीत देवीनगरमा सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचना भत्काएको छ । 

देवीनगरमा भद्रकुमारी स्पोट्र्स पार्क बनाउने स्थानमा सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण भएका संरचनालाई काठमाडौं महानगरले डोजर लगाएर भत्काएको हो । 

CG

महानगरपालिकाको वडा नम्बर १० देवीनगर (धोवीखोला करिडोर खण्ड)मा रहेको सार्वजनिक जग्गामा भद्रकुमारी घले स्पोर्टस पार्क निर्माणका लागि केहिदिन अघि शिलान्यास गरिएको थियो । 

पार्क बनाउने स्थानलाई खालि गर्न शुक्रबार महानगरले सार्वजनिक जग्गा अतिक्रमण गरि बनाएका संरचना हटाएको काठमाडौं महानगर प्रहरी बलका एसपी मनोज प्रसाद लामिछानेले जानकारी दिए । 

पार्क बनाउन लागिएको जमिनको क्षेत्रफल ५ रोपनी १० आना २ पैसा अर्थात २ हजार ८८० वर्गमिटर रहेको महानगरले जनाएको छ । पार्कभित्र खुला व्यायामशाला, व्याटमिन्टन कोर्ट, फुटसल मैदान समेत निर्माण हुने महानगरले जानकारी दिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
किरण वेबरेजका व्यवस्थापकको घाँटी रेटेर हत्या

किरण वेबरेजका व्यवस्थापकको घाँटी रेटेर हत्या

सर्लाही धनकौल घर भएका ४२ वर्षीय राम किशोर सिंहको गएराति हत्या भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डीएसपी विजयराज पण्डितले जानकारी दिए । डीएसपी पण्डितका अनुसार मृतक सिंह...
एनपिएलमा चौध खेल सकिदा चौध अर्धशतक र एक शतकको ‘रेकर्ड’

एनपिएलमा चौध खेल सकिदा चौध अर्धशतक र एक शतकको ‘रेकर्ड’

चौध खेल समाप्त हुँदा १४ अर्धशतक र एक शतक प्रहारको ‘रेकर्ड’ बनेको छ । एनपिएलमा हालसम्म नेपाली खेलाडीले शतक प्रहार गर्न सकेका छैनन् । जारी सिजनमा प्रहार भएका...
श्रीलङ्कामा भीषण बाढी–पहिरो, ५६ जनाको मृत्यु

श्रीलङ्कामा भीषण बाढी–पहिरो, ५६ जनाको मृत्यु

गत हप्तादेखि लगातार बिग्रिँदो मौसमका कारण श्रीलङ्का सङ्कटमा परिरहेको छ । बिहीबार परेको मुसलधारे वर्षाले घर, खेत तथा सडकहरू जलमग्न भएका छन् भने थुप्रै स्थानमा पहिरो खस्दा जनधनको...
हिंसापीडितको उद्धार र संरक्षणमा अग्रसर आदर्श गृहले आफ्नै भवन बनाउँदै

हिंसापीडितको उद्धार र संरक्षणमा अग्रसर आदर्श गृहले आफ्नै भवन बनाउँदै

हरिहर सन्यास आश्रम, देवघाटका पिठाधीश एवं शन्त समाज नेपालका अध्यक्ष १००८ स्वामी ज्ञानानन्द सरस्वती महाराजको प्रमुख आतिथ्यमा शुक्रबार भवनको शिलन्यास गरिएको छ ।