नेभिगेशन
समाज

देवीनगरमा सार्वजनिक जग्गा अतिक्रमण गरी बनेका संरचनामा महानगरले चलायाे डोजर

काठमाडौँ । काठमाडौँँ महानगरपालिकाको वडा नम्बर १० स्थीत देवीनगरमा सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचना भत्काएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

देवीनगरमा भद्रकुमारी स्पोट्र्स पार्क बनाउने स्थानमा सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण भएका संरचनालाई काठमाडौं महानगरले डोजर लगाएर भत्काएको हो । 

Ncell
Extreme Energy

महानगरपालिकाको वडा नम्बर १० देवीनगर (धोवीखोला करिडोर खण्ड)मा रहेको सार्वजनिक जग्गामा भद्रकुमारी घले स्पोर्टस पार्क निर्माणका लागि केहिदिन अघि शिलान्यास गरिएको थियो । 

पार्क बनाउने स्थानलाई खालि गर्न शुक्रबार महानगरले सार्वजनिक जग्गा अतिक्रमण गरि बनाएका संरचना हटाएको काठमाडौं महानगर प्रहरी बलका एसपी मनोज प्रसाद लामिछानेले जानकारी दिए । 

पार्क बनाउन लागिएको जमिनको क्षेत्रफल ५ रोपनी १० आना २ पैसा अर्थात २ हजार ८८० वर्गमिटर रहेको महानगरले जनाएको छ । पार्कभित्र खुला व्यायामशाला, व्याटमिन्टन कोर्ट, फुटसल मैदान समेत निर्माण हुने महानगरले जानकारी दिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
कांग्रेस महाधिवेशनः सभापतिमा गगनको पल्ला भारी हुँदा महामन्त्रीमा महाभिडन्तको संकेत

कांग्रेस महाधिवेशनः सभापतिमा गगनको पल्ला भारी हुँदा महामन्त्रीमा महाभिडन्तको संकेत

गत वर्षको जेनजी आन्दोलनका कारण उलटपुलट भएको पार्टी हो कांग्रेस । जेनजी आन्दोलनले सरकार र संसद ढाल्यो, त्यही आन्दोलनको असरले कांग्रेसको नेतृत्व पनि ढाल्यो । गत पुसमा भृकुटीमण्डपमा...
निर्वासनबाट स्वदेश आगमनपछि बिपीले पहिलो सार्वजनिक सम्बोधन गरेको स्थलमा कांग्रेसको १५औँ महाधिवेशन

निर्वासनबाट स्वदेश आगमनपछि बिपीले पहिलो सार्वजनिक सम्बोधन गरेको स्थलमा कांग्रेसको १५औँ महाधिवेशन

महाविधेशनको तयारीसम्बन्धी जानकारी दिन आज यहाँ आयोजित पत्रकार सम्मेलनमा देवराज चालिसेले भने, “यो यसकारण पनि ऐतिहासिक महाधिवेशन हो, जुन महाधिवेशनको प्रक्रियाबाट नवपुस्ताका ४४ हजार युवा जिम्मेवारीमा आएका छन्...
१५औँ महाधिवेशनलाई ‘नेता चयन’मा सीमित नराखी ‘नीति चयन’ को रूपमा अघि बढाउने प्रयत्न छः कांग्रेस

१५औँ महाधिवेशनलाई ‘नेता चयन’मा सीमित नराखी ‘नीति चयन’ को रूपमा अघि बढाउने प्रयत्न छः कांग्रेस

महाधिवशेनको तयारीबारे जानकारी दिन उद्घाटनस्थल खुल्लामञ्चमा पत्रकार सम्मेलन गर्दै कांग्रेस प्रवक्ता देवराज चालिसेले महाधिवेशनलाई केवल नेता चयनमा मात्र सीमित नराखी ‘नीति चयन’ को अधिवेशनका रूपमा अघि बढाउने प्रयत्न...
कालीगण्डकी बाढीले २६६ मेगावाटका जलविद्युत् आयोजना प्रभावित, २१६ मेगावाट राष्ट्रिय प्रणाली बाहिर

कालीगण्डकी बाढीले २६६ मेगावाटका जलविद्युत् आयोजना प्रभावित, २१६ मेगावाट राष्ट्रिय प्रणाली बाहिर

हाइड्रो सपोर्ट प्रालि प्रवर्द्धक रहेको ६६ दशमलव तीन मेगावाट क्षमताको मध्यकालीगण्डकी जलविद्युत् आयोजनामा बाढीले सबैभन्दा बढी क्षति पुर्‍याएको छ । निर्माणाधीन आयोजनाको बाँध, सुरुङ, आवास, मेसिनरी तथा उपकरण,...

भर्खरै